नेपाली सिनेमालाई अन्तराष्ट्रिय पहिचान दिन ग्लोबल फिल्म अर्वाड– यज्ञलाल श्रेष्ठ
अमेरिकाको सान फ्रान्सिस्कोमा नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म चौथो संस्करणको ग्लोबल नेपाली फिल्म अर्वाड हुदैछ । आफनै नाम, शान र पहिचान भन्ने नारा सहित हुन लागेको अर्वाड नेपाली कलाकारहरु जमघट कुम्भमेलाको रुपमा हेरिएको छ । अर्वाड कार्यक्रममा नेपाल देखि अमेरिकामा रहेका कलाकारहरुको अभुतपुर्व जमघट हुदैछ ।
नेपाली चलचित्रलाई सम्मान संगै पुरस्कार र प्रोत्साहन गर्ने उद्देश्य सहित हुन लागेको अवार्डले नेपाली सिनेमाको अन्तराष्ट्रिय बजारमा प्रर्वद्धन गर्ने उद्देश्य राखेको छ । यस अघि तीन अर्वाडहरु सफलताका साथ सम्पन्न भइसकेका छन् । ग्लोबल नेपाली फिल्म अर्वाड एलएलसि अमेरिका,नेपाल फिल्म सोसाइटी, मुख्य आयोजक रहेको छ । कार्यक्रममा ८८४८ मिडिया हाउस र हिमालय फाउन्डेसन सहआयोजक रहेका छन् ।
कार्यक्रम निर्माण संयोजक निर्देशक नारायण पुरी, राजु बजाज र एसबाबु सन्दिप तथा फिल्म साेसाईटी नेपालका अध्यक्ष कृष्ण मल्ल नेपाल कार्यक्रम संयोजक मधु श्रेष्ठ, नेपाल फिल्म अर्वाडका अध्यक्ष नवराज श्रेष्ठ र कलाकारको संयोजक श्याम भट्टराई रहेका छन् । अवार्डकाे प्रबन्धकमा प्रमेश ढकाल रहेका छन् । त्यसाे त अमेरिकामा ठुलो इभेन्टको रुपमा हेरिएको ग्लोबल नेपाली फिल्म अर्वाडको सेरोफेरोमा रहेर मुख्य आयोजक गोल्डेन स्टेट मुभी मेकर एलएल सिका अध्यक्ष यज्ञलाल श्रेष्ठ संग युएस नेपाल पोष्ट ले गरेको कुराकानी–
१, चौथो ग्लोबल नेपाली फिल्म अर्वाडको तयारी कस्तो भइरहेको छ ?
अर्वाडको तयारी युद्धस्तरमा भइरहेको छ । विभिन्न प्रायोजक , सहयोगी तथा संघसंस्थालाई पत्रचार धमाधम भइरहेको छ । अर्वाडलाई कसरी सम्पन्न गर्ने विषयमा विभिन्न व्यक्तित्वहरु संग छलफल र सुझाव सकलन गर्ने काम भइरहेको छ । यसपटक विगतमा भन्दा अर्वाड भव्य हुने अपेक्षा गरेका छौ ।
अर्वाडलाई सम्पन्न गर्न यस क्षेत्रका नेपाली समुदायहरुले पनि चासो र सरोकार राख्दै सहयोग गरिरहेका छन् । अर्वाडका लागी हामी अन्तिम तयारीमा छौ ।
२, कलाकारहरुको जमघट कस्तो हुनेछ ?
खासमा यो अर्वाड सबै नेपाली कलाकारहरुको जमघट हुने कुम्भ मेला जस्तै हो । यहा“ नेपाल देखि अमेरिकामा रहेका नेपाली कलाकारहरुको सहभागी हुनेछ । पुरानो पुस्ताका राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ देखि पछिल्लो पुस्ताका अनमोल केसी, वर्षा राउत लगायतका कलाकाहरु आउदै हुनुहुन्छ । नेपालबाट पुराना देखि नया पुस्तका गरी झण्डै २० जना कलाकाहरुको अर्वाडमा सहभागीता हुनेछ । त्यस्तै अमेरिकामा रहेका ५६ जना कलाकारलाई निम्तो पठाइरसकेका छौ । सबै विद्याका कलाकारहरुको सहभागिता अर्वाडमा हुनेछ ।
३, अर्वाडको मुख्य आकर्षण के छ ?
खासगरी अहिले अर्वाड हुन गइरहेको हल नै महंगो छ । हलिउडका कार्यक्रम हुने युसी थिएटरमा अर्वाड हुदैछ । जुन हल १५ सय जनाको क्षमता छ । हलिउडका कलाकारको पनि अर्वाडमा सहभागीता हुनेछ । नेपालदेखि आउने र अमेरिकामा रहेका कलाकारहरुले कार्यक्रममा भिन्न प्रस्तुती दिदै सहभागीलाई मनोरञ्जन दिनेछन् । यस पटक बढी भन्दा बढी पछिल्लो पुस्ताका नया कलाकारलाई समावेश गरेका छौ । केवल अर्वाड दिने मात्र नभई मनोरञ्जनको पक्षलाई बढी जोड दिदै कार्यक्रम गरेका छौ ।
४, कार्यक्रमको खर्च कसरी व्यवस्थापन गर्नु भएको छ ?
यस पटक अर्वाड कार्यक्रम केही खर्चिलो हुने छ । सबै गरेर कुल एक लाख डलर खर्च हुने अनुमान गरेका छौ । कार्यक्रमको अधिकाश खर्च गोल्डेन स्टेट मुभी मेकर एलएलसि तथा हिमालय फाउन्डेसनले गरेको छ । केही विज्ञापनबाट पनि उठनेछ । कार्यक्रममा घाटा भए पनि संस्थाले व्यहोर्नेछ । रकम बचत भयो भने यहा“को नेपाली समाजको कम्युनिटी सेन्टर तथा नेपालमा बन्दै गरेका विद्यालयलाई सहयोग जानेछ ।
५, अर्वाड गर्नुको मुख्य उद्देश्य के हो ?
नेपाली सिनेमालाई अन्तराष्ट्रिय स्तरमा पहिचान संगै सिनेकर्मिहरुलाई सम्मान, सिनेमाको बजार प्रर्वद्धन, चलचित्र पर्यटन अन्तरक्रिया तथा पर्यटन वर्ष २०२० मा नेपालमा अधिक पर्यटन भित्राउन प्रचारप्रसार गर्ने उद्देश्य छ ।
अर्वाडकै दोस्रो दिन यहाको डाउनटाउनमा एक घण्टा सवारी आवतजावत बन्द गरेर नेपाली संस्कृति तथा झाकीहरु देखाएर भ्रमण वर्ष २०२० को भव्य प्रवद्धर्न गर्ने कार्यक्रम राखिएको छ । सिनेकर्मीलाई एउटै थलोमा उभ्याएर नेपाली सिनेमको अन्तराष्टिय बजारमा प्रर्वद्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।