सुनिल शाह, २०१९–२०२१ गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष हुन । यस अघिको कार्याकालमा उनी वरिष्ठ उपाध्यक्ष थिए । पछिल्लो पटक एनआरएनए अमेरिकामा देखिएका समस्या र विभिन्न घटनाक्रमहरुको विषयमा हामीले अध्यक्ष शाह सग कुराकानी गर्ने प्रयास गरेका छौ । एनआरएनए अमेरिकाको गतिविधी, विवाद लगायतका विषयमा उनीसंग युएसनेपाल पोष्टका शिव शर्माले गरेको वार्तालापको सारसंक्षेप-

 

१, एनआरएनए प्रति जनमानसमा आक्रोस बढीरहेको छ , किन होला ?
सबैले भन्दा पनि कतिले बिरोध गरे भन्ने कुरा हो । आक्रोस विरोध भनेको संस्थाप्रति नै नकारात्मक भाव भएर होला जस्तो मलाई लाग्दैन । संस्थाप्रति केही बोल्नु भनेको घृणा भन्दा पनि माया हो जस्तो लाग्छ । त्यो भनेको संस्थालाई कसरी बचाउन सकिन्छ भनेर व्यक्ति गरिएका प्रतिकृया हुन, आक्रोस हैन संस्थालाई बचाउन मायाले भनिएका कुराहरु हुन । संस्थाप्रति गरिने कृया प्रतिकृयाले नै संस्थालाई बलियो बनाउन मदत गर्छ । जनमानसबाट आएका कुराहरुलाई हामीले मनन गरेर कमी कमजोरीलाई सच्चाएर अघि बढनुपर्छ । हामी प्रवासीहरु सबैको साझा संस्था भएकाले यसलाई बचाउने दायित्व हाम्रो हो । यसरी व्यक्त गरिएको मायालाई गाली आक्रोसको रुपमा हामीले लिएका छैनौ ।

सुनिल शाह

२,एनआरएनएको काम खादामाला, आसन र भाषणमा सिमित रहयो भन्छन् त ?
यो बिल्कुलै गलत कुरा हो । एनआरएनएको काम निति निर्मांण गर्ने हैन । नत कानुन बनाउने नै हो । मुख्यत ःएनआरएनलाई सबै भन्दा पहिला नेपाली समाजमा भएका समस्याहरुको पहिचान हुनुपर्छ । पहिचान भएपछि नै समस्याहरुको समाधानका लागी पहल गरिदिने हो । एनआरएन भनेको एउटा विशुद्ध सामाजिक संस्था हो । समस्याको पहिचान विना त केही काम हुदैन । यो भएन , त्यो भएन भनेर आरोप लगाउन त जे लगाए नि भयो । विदेशको व्यस्त जीवन, काम र घरपरिवारको समय कटाएर संस्थामा लागिएको छ,, यसमा कसैको कुनै व्यक्तिगत स्वार्थ पनि छैन । यसर्थ नेपाली समुदायमा देखिएका समस्याको निक्यौल गरी समाधान तर्फ एनआरएनए सधै कटिवद्ध छ । औपचारिक केही कार्यक्रममा सहभागी हुदैमा यस्ता आरोपहरु लगाइ हाल्नुपर्छ जस्तो मलाई लाग्दैन ।

३, तपाई एनआरएनएमा निर्वाचित भएर आएपछि उल्लेख्य के काम भए त  

एनआरएनएलाई सबैको साझा संस्थाको रुपमा विकास गर्न हामी लागीरहेका छौ । हामीले प्रवासी नेपालीहरुको हितका लागी विभिन्न कमिटीहरु निर्माण गरेका छौ । टाक्सफोर्स, आइडीकार्ड, विद्यार्थी तथा युथ लगायतका कमिटीहरु निर्माण गरेका छौ । कमिटीहरुले सम्बन्धीत क्षेत्रमा कामहरु अगाडी बढाइरहेको छ । कमिटीहरुले गरेका कामहरुको नतिजा बिस्तारै तपाईहरुले पनि थाहा पाउनुहुनेछ ।
दोहोरो नागरिकताको विषयलाई जोडतोडका साथ अगाडी बढाइरहेका छौ । एनआरएनले गर्ने भनेको समस्याको पहिचानका लागी पहल गर्ने हो । हामीले आवाज उठाइदिने हो । हामीले कानुन लेखेर काम गर्ने हैन ।
आउदो जुलाई ४ मा एनआरएनएको साधारणसभा गदंैछौ र त्यहा“ सबैलाई उपस्थितिका लागी निम्तो दिएर विभिन्न एजेन्डाका बारेमा छलफल चलाउनेछौ । उपस्थित भएर सबैले बहस गरौ ।
एनआरएनए अमेरिकाको अर्को मुद्धा भनेको आइसिसिमा अमेरिकाबाट प्रतिनिधित्व गराई निर्वाचित गराउनु थियो । त्यो विषयमा पनि हामीले अमेरिकाबाट तीन जना निर्वाचित गराउन सफल भएका छौ ।

४,एनआरएनए भित्रै पनि गुटबन्धी हाबी हुदै गएको गुनासो पनि व्यापक सुनिन्छ । यथार्थ के हो ?
व्यक्तिगत रुपमा कोही कसैले गुटबन्धी गर्छ भने त्यो हाम्रो सरोकारको विषय हैन । यसरी गरिने गुटबन्धीमा व्यक्तिको कुरा आउछ, संस्थाको हैन । संस्थामा गुटबन्धी भयो भनेर कसैले विरोध गर्छन भने त्यो पनि व्यक्तिको अधिकार हो ।
एनआरएनए संस्थाभित्र मेरो कार्याकाल सुरु भएपछि त्यो गुट उपगुट भएको मलाई लाग्दैन र त्यस्तो हुन पनि दिइने छैन । आरोप लगाउनलाई त जसले जे लगाए पनि भईहाल्छ । म सबैलाई के प्रष्ट पार्न चाहन्छु भने संस्थामा गरिने निर्णय सबैको सहमतिमा हुन्छ र भइरहेको पनि छ । संस्थाका पदाधिकारी बीच त्यस्तो कुनै पनि किसिमको विभाजन छैन र त्यस्तो हुन पनि दिनेछैनौ ।

५,एनआरएनएमा राजनिति पनि हाबी भयो भन्छन् त ?

(हास्दै) हामीले केको लागी संस्थामा राजनिति गर्नु कदापी राजनिति छैन । हरेक व्यक्तिमा राजनिति प्रति आ“स्था हुन्छ । व्यक्तिले गर्ने राजनितिलाई एनआरएनएसंग जोडेर हेर्नु पनि छ भएन । व्यक्तिगत रुपमा कसैले राजनिति गरे होला, त्यो फरक कुरा हो । तर संस्थालाई जोडेर कसैले पनि राजनिति गरेका छैनन । हरेकको पार्टीगत रुपमा आ–आफनो आस्था होला, तर संस्थाभित्र रहेपछि त्यो सबै बाहिर राख्नुपर्छ र हामीले राजनिति भन्दा माथि उठेर संस्थालाई हेरेका छौ । यो एउटा सामाजिक संस्था भएकाले कुनै पनि हालतमा राजनितिकरण गदैनौ र गरेका पनि छैनौ ।

सुनिल शाह

६, डेलिगेटस छान्ने विषयमा पनि त विवाद भएको थियो त ? तपाई पनि विवादको बेला सम्पर्कबिहीन भएको कुरा बाहिर आएको नि त्यो बेला ?

हामीले प्रकृयागत रुपमै डेलिगेटस छानेका हौ । सहमतिमै सबैलाई समेटने कोसिस गरेका थियौ । सबैलाई समेटने क्रममा केही विवाद हुनुलाई ठुलो इस्यु बनाउनुपर्छ जस्तो मलाई लाग्दैन । डेलिगेटसको हामीले सबैलाई मिलाएर चौथौ लिष्ट निकालेकै हो । कसैलाई काखा र कसैलाई पाखा हामीले गरेका थिएनौ । नियम र प्रकृया अनुसार नै डेलिगेटस छानिएको हो । म सम्पर्कबिहीन भएको हैन, चौथो लिष्ट निकालेपछि मेरो इर्मरजेन्सी काम परेर नेपाल जानु परेको थियो । प्रकृयागत रुपमा सबै काम सकेर म नेपाल गएको हु“, । काम गर्दा आरोप लाग्नु र लगाइनु स्वभाविक हो ।

७, तर तपाईकै संस्थाका केही सदस्यले डेलिगेटस विषयमा सामाजिक संजालमा असन्तुष्टि जाहेर गरेका थिए त ?
सामाजिक संजालमा कसले के लेख्यो त्यो त हामीलाई थाहा भएन । यदि केही कुरामा चित्त नबुझेको भए त संस्थागत रुपमा नै असन्तुष्टि आउनु प¥यो नि । त्यो बेला संस्थामा लिखित रुपमा केही आएको छैन । व्यक्तिगत सामाजिक संजालमा लेखेको आधारलाई हामीले मान्ने कुरा भएन । त्यो त संस्थामा लिखित रुपमा आउनु पर्छ । संस्थामा त यो विषयमा कुनै लिखित जानकारी त आएको थिएन । सामाजिक संजालमा लेखेको कुरालाई लिएर संस्थामा असन्तुष्टि भयो भनेर भन्न मिल्दैन ।

८ पछिल्लो समय एनआरएनएमा फेसबुक फेक आइडी विषयमा आएको उजुरीको यथार्थ के हो ?
फेसबुक फेक आइडीको विषयमा छानवीनका लागी आजीवन सदस्य प्रशन्न संग्रौलाले निवेदन दिएपछि चार दिनभित्र हामीले बैठक बसेर छलफल ग¥यौ । यथार्थ बाहिर ल्याउन छानविन समिति पनि बनेको छ । आरोप लागेकालाई छानवीनका लागी ४५ दिन पदीय जिम्मेवारीबाट बाहिर राखेका छौ । दोषी जोसुकै भए पनि संस्थागत रुपमा कार्वाहीको भागिदार बन्नुपर्छ ।
फेरी कानुन हातमा लिने हामी अदालत त हैनौ, तर पनि संस्थाको विधि र विधान अनुसार दोषीलाई संस्थाले गर्ने कार्वाही गर्छ । अहिले नै यो दोषी र उ निर्दोष भनेर भन्न मिल्दैन । छानवीन समितिले छानवीन गरेपछि यस विषयको यथार्थ बाहिर आउछ ।

९, फेक फेसबुक आइडी बनाएर सामाजिक व्यक्तित्वहरुको चरित्र हत्या गर्नेहरुलाई के गर्नुपर्छ ?
यहाँ फेसकुक फेक आइडी बनाएर अरुको बारेमा नकारात्मक लेख्ने प्रवृत्ति धेरै छ । मेरै बारेमा पनि केहीले लेख्दै आएका छन् र लेखिरहेका छन् । यो ज्यादै नै विकराल समस्याको रुपमा आएको छ । फेक आइडी चलाउनेको हामी पनि साथी बन्नु हुदैन । साथी बन्दा पनि बिचार पु¥याउनुपर्छ । हामी सभ्य नागरिकले यस्तो गरेको सुहाउदैन । फेक आइडी खोलेर अरुको चरित्र हत्या कसैले पनि गर्नु हुदैन । यसरी अरुको चरित्र हत्या गर्ने सबै खराब हुन । अरुको बदनाम गर्नेलाई कडा सजाय हुनुपर्छ र कानुनी कार्वाहीको भागीदार हुनुपर्छ ।

१०, संस्थामै बसेका कतिपय व्यक्तिहरुले नै संस्थाकै आ“च आउने खालका फेसबुक पोस्ट गरेको देखिन्छ । त्यस्तलाई एनआरएनरले के गर्छ ?
संस्थामै बसेका व्यक्तिहरुले संस्थाकै विरुद्ध लेख्नेलाई हामीले एउटा नियम बनाएका छौ । महासचिवको संयोजकत्वमा अनुशासन कमिटी बनाउदैछो । एउटा गाइडलाइन पनि बनाएर संस्थामा बसेर संस्थाकै विरुद्ध जाइलाग्नेलाई कार्वाहीको दायरामा ल्याउछौ । संस्थालाई आ“च पुराउनेलाई संस्थामा बस्नुको औचित्य रहदैन । अपराध गर्नेले सजाय पाउनुपर्छ र हाम्रो अनुशासन कमिटीले पनि त्यही अनुसार यस्तो कार्य गर्नेलाई कार्वाहीको प्रकृया अघि बढाउछ ।

सुनिल शाह

११, एनआरएनए अमेरिकामा सदस्य बन्ने संख्या न्युन देखियो ? यो हाडड्राइभ र पेनड्राइभको कुरा के हो ?
निश्चय पनि बिगतमा भएको पेनड्राइभ र हाडड्राइभका कारणले पनि सदस्य संख्या कमी भएको हो । यसमा पनि हामीले अहिले सुधारको पहल थालेका छौ । ‘पेनड्राइभ’ र डाटा लिक भएको विषयमा पनि छानवीवन समिति बनाएका छौ । सबै नेपालीहरुलाई संस्थामा अटाउने वातावरण तय गर्न सदस्य सुधारको अभियानमा लागेका छौ । निश्चय पनि अहिले एनआरएनए अमेरिकाको सदस्य संख्या १० हजार पनि पुगेको छैन । यो ज्यादै नै कम हो । हामीले ‘हाडड्राइभ’ र ‘पेनड्राइभको’ समस्या समाधान गरेर सदस्य वृद्धी गर्ने तर्फ लाग्नेछौ । आगामी निर्वाचन सम्म हामीले २० हजार भन्दा बढी एनआरएनए अमेरिकाका सदस्य पु¥याउने लक्ष्य लिएका छौ ।

१२ अन्तयमा अमेरिकाका नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
एनआरएनए भनेको हामी सबैको संस्था हो । प्रवासमा बसेका हामी सबै एनआरएनए हौ । संस्थाप्रति हामी कसैले पनि पुर्वाग्रह राख्नु हुदैन । कमी कमजोरीलाई सबै मिलेर सुधार गर्ने हो । एनआरएनएलाई हामी सबै मिलेर बनाउने हो ।
सबैजना संस्थामा आवद्ध भएर एनआरएनएलाई हामी सबैको साझा संस्थाको रुपमा विकास गर्न लागौ । त्रुटीहरु छन् भने हामी पनि सुधार गर्न अवश्य लाग्नेछौ र सबै गैरआवासिय नेपालीहरु एनआरएनलाई बलियो संस्थाको रुपमा विकास गर्न लागौ भन्न चाहन्छु । प्रवासको व्यस्त समयका बाबजुत पनि हामी सस्थामा लागेका छौ र यसमा कसैको केही स्वार्थ छैन । यसर्थ एनआरएन प्रति सबैको सकारात्मक धारण रहोस र हामी पनि त्यसका लागी सदैव लागीरहनेछौ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected