दिनेश शर्मा, नेपाली समाज टेक्ससको २०२०–२०२२ का लागी नवनिर्वाचित अध्यक्ष हुन । अध्यक्षको अर्को कुनै प्रतिस्पर्धी नउठेपछि उनको मात्र मनोनयन परेपछि उनी निर्विरोध भएका हुन । पुर्वी धरानमा जन्मेका शर्माले उच्च शिक्षा भने भारतको बम्बईबाट गरेका हुन ।
जागीरे पिता बम्बईमा रहेकाले पनि उनले जीवनको धेरै समय त्यता व्यतित गरे । बम्बइबाट नै उनले सिभिल इन्जिनियरिङको पढाई पुरा गरे । अवसरहरु खोज्ने क्रममा सन् २००१ मा ‘एचवान’ भिषा मा अमेरिका आए । टेक्ससको फोटवर्थ बस्दै आएका शर्मा जनरल मोर्टसमा सुचना प्रविधी हेर्छन् अर्थात उनी आइटीका जागीरे हुन ।
१८ वर्ष देखि अमेरिका बस्दै आएका शर्मा डा प्रेम अधिकारी अध्यक्ष भएको कार्याकालदेखि नै नेपाली समाज टेक्ससको सदस्य भएर काम गदै आएका थिए । त्यो भन्दा पनि उनी नेपाली समाज टेक्ससको हेल्थ क्याम्प कोर्डिनेटर भएर हाल सम्म काम गदै आए ।
१९९८ मा स्थापना भएको नेपाली समाज टेक्ससको वर्तमान अध्यक्ष शर्मा संग अबको नेपाली समाज टेक्ससको गतिविधी र भावी योजनाका बारेमा युसनेपाल पोष्टका शिव शर्माले गरेको कुराकानीको सम्पादित अंश-


१, यति ठुलो नेपाली समाजको नेतृत्व लिएपछि कस्तो अनुभव भइरहेको छ ?
एउटा गहन जिम्मेवारी बहन गरेको अनुभूत भइरहेको छ । यसका साथै नेपाली समाजलाई के के गर्न सकिन्छ भन्ने चुनौती पनि थपिएको छ । नेतृत्व लिने ठुला कुरा हैन, समाजका लागी के गर्न सकिन्छ त्यो ठुलो कुरा हो जस्तो लाग्छ । नेपाली समाजको नेतृत्वमा नरहदा पनि वर्षो देखि समाजको हरेक गतिविधीमा आफुले सकेको सहयोग गदै आएको थिए ।
नेतृत्व लिएपछि अझै समाजप्रतिको उत्तरदायित्वलाई बोध गराएको महसुस हुन्छ । अब समाजका लागी पहिला भन्दा बढी समय दिनुपर्छ । केवल पदको आशक्तिले मात्र नभई नेपाली समाजका लागी केही गर्न सक्छुकी भनेर नेतृत्वमा आएको छु । सबैको साथ र सहयोग लिएर अगाडी बढन सकिन्छ भन्ने लागेको छ ।

२, राजनितिक भागबन्डामा समाजको नया समिति बनाइयो भन्छन् नि
(लामो हा“सो) त्यस्तो राजनितिक भाग लगाएर समिति बन्यो भन्ने मलाई लाग्दैन । आखिर त्यसो भने पनि नराम्रो त हैन । सबै पार्टि मिलेर अगाडी बढनु राम्रै त हो । सबै मिलेर जानुलाई नराम्रो भन्न पनि त मिलेन । नेपाली समाज भनेको एउटा विशुद्ध समाजिक संस्था हो । हरेकको आ–आफनो पार्टिगत आस्था होला । तर समाजमा नेतृत्व लिइसकेपछि दलगत स्वार्थी जसले पनि त्याग्नै पर्छ । मैले पनि जनम्पर्क समिति ड्यालस च्याप्टरको महासचिव थिए र समाजको अध्यक्ष भएपछि त्यता राजीनामा दिइसकेको छु । नेपाली समाजको संस्थागत हितका लागी कुनै पनि हालतमा राजनिति हाबी हुदैन । सबै जना एकजुट भएर नेपाली समाजको लागी काम गर्न तत्पर हुनेछौ ।

३, यसपटक नेपाली समाज टेक्ससमा उम्मेदवार शुल्क महंगो भएको व्यापक जनगुनासो आयो । यसमा तपाईको राय के छ ?
निश्चय पनि मैले पनि सामाजिक संजाल देखि मिडियामा सर्वसाधारणले गरेको गुनासो देखेको थिए । हो पनि समाजको आजीवन सदस्य शुल्क पनि एक सय बाट पा“च गुना बढेर ५सय भएको छ । यसलाई मैले गंभीर रुपमा लिएको छु । यस बारेमा सबैसंग छलफल गरेर शुल्कमा एकरुपता ल्याउने प्रयास रहनेछ ।
त्यस्तै पदाधिकारी शुल्कलाई पनि कम गर्नेतर्फ अग्रसर रहनेछौ । नेपाली समाज भनेको सबै तह र तप्काका नेपालीले नेतृत्वमा आउने वातवारण बन्नुपर्छ । केवल व्यापारी तथा ठुला जागीर मात्र हैन साधारण काम गर्नेहरुको पनि नेपाली समाजको नेतृत्व तहमा पुगेर काम गर्ने अबसर पाउनुपर्छ । यसैले पनि पदाधिकारी शुल्कलाई हामीले मिलाउनुपर्छ । के कारणले बढी भएको हो , यसबारेमा छलफल गरेर शुल्क निर्धारणमा बिचार विर्मश गर्नेछौ ।
४, टेक्ससमा नेपाली समुदायको अवस्थालाई कसरी हेर्नु भएको छ ?
ग्यास स्टोरको काम गदै यहा धेरै नेपालीहरु अहिले राम्रा व्यवसाय भइसकेका छन् । उच्च तहका जागीरे नेपाली पनि छन् । यहाका नेपाली समुदाय मेहनती र इमान्दार छन् । धेरै उन्नति गरिसकेका छन् । अहिले धेरै ग्यास स्टोर, मोटेल, रेष्टुरा देखि रियलस्टेट लगायतका व्यवसायमा यहा“ नेपाली जमीसकेका छन् ।
सामान्यदेखि केही उच्च तहसम्म पुगेका नेपाली पनि छन् । पछिल्लो क्रममा अन्यत्र राज्यबाट पनि अवसर खोज्दै टेक्ससमा आउने नेपालीहरु बढीरहेको छ । बसोबास र कुनै व्यापार व्यवसाय गर्न अन्यत्र भन्दा सहज भएकाले पनि नेपालीहरुको बसोबास टेक्ससमा बढ्दोछ । समग्रमा भन्दा टेक्ससमा नेपालीहरुको अवस्था दिनप्रतिदिन उकालो लागीरहेको छ ।
५ ,अबको नेपाली समाज कस्तो हुनेछ ? तपाईका भावी योजनाहरु के के छन् त
नेपाली समाजलाई अगाडी बढाउन अब हामी कम्मर कसेर अगाडी बढनुपर्छ । नेपाली समाजले संचालन गदै आएको नेपाली पाठशालालाई केही फरक तवरले संचालन गर्ने योजना छ । भर्खर अमेरिका आइसकेपछि व्यस्कहरुलाई अंग्रेजी भाषाले पिरोल्छ । सुरुमा भाषाकै कारण समस्या झेल्नुपर्छ । त्यसो समस्या नहोस भन्नका लागी हामीले उनिहरुका लागी अंग्रेजी भाषाको कक्षा समेत संचालन गर्दछौ । नेपालमा केवल विपद पर्दा नेपाली समाजले सुरुदेखि नै आर्थिक सहयोग संकलन गदै आएको छ । सहयोग पनि गरेको छ । हामीले अब ‘हेल्प टु नेपाल’ भन्ने अभियान नै संचालन गरेर नेपालमा विद्यालय अस्पताल, पुस्तकालय लगायत विभिन्न सामाजिक काममा हातेमालो गर्नेछौ । महावीर पुनको अभियानलाई पनि हामीले सक्दो सहयोग गर्नेछौ । २०१० को अमेरिकी जनगणनामा टेक्ससमा धेरै नेपाली भएर पनि जम्मा दुई सय जनाले नाम लेखाएका थिए । यसपटकको जनगणनामा धेरै नेपालीहरुलाई सहभागी गराउन पहल गर्नेछौ । गनुपर्ने योजनाहरु धेरै छन् ।


६ ,निवर्तमान अध्यक्ष ज्युले सामुदायिक भवन बनाउने योजना बनाउनु भएको थियो । यसलाई तपाइले के गर्नुहुन्छ ?
अवश्य पनि यसका लागी हामीले पनि पहल अगाडी बढाउनेछौ । टेक्ससमा नेपालीहरुको जनसंख्या बढदैछ । अहिले नेपाली मन्दिरमा हुने कार्यक्रमहरुमा बढदो चापले ठाउ“को अभाव भइरहेको सबैलाई थाहा नै छ ।
नेपाली समाज बृहत भइसकेको अवस्थाले पनि सामुदायिक भवनको आवश्यक महसुस सबैले गरेका छन् । यो अब आवश्यक पनि छ ।स्वास्थ्य शिविर सेमिनार, अन्तरक्रिया लगायतका कार्यक्रमहरु गर्नका लागी भाडा लिएर अन्यत्र गर्नु भन्दा आफनै भवन भए अवश्य पनि सजिलो हुन्छ । यसलाई छलफल र सबैको राय लिएर योजना बनाउनेछौ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected