अमेरिकामा पहिलो पटक आयोजित मिस नेपाल युएसकी विजेता सृजिता बस्नेतले मिस मेरिल्यान्ड युसएमा सेकेण्ड रनर अपको टाइटल जितेकी छिन् ।
आइतबार सम्पन्न प्रतियोगितामा बस्नेतले सेकेण्ड रनरअप संगै पब्लिक च्वाइस अर्वाडको टाइटल पनि जितेकी छिन् । विदेशी प्रतिस्पर्धीहरु बीच उनी सहभागी भएर सेकेण्ड रनर अपको टाइटल जितिन । यो अमेरिकाको मेरिल्यान्ड राज्य स्तरीय सौन्दर्य प्रतियोगिता हो ।
यसै गरी सन् २०१६ मा अमेरिकामा सम्पन्न मिस वल्र्ड अमेरिकामा भाग लिएर सेमिफाइनलमा पुग्न सफल भएकी थिइन । बस्नेत २०११ मा आयोजीत पहिलो मिस नेपाल युएसमा बिजेता बनेकी थिइन ।
बासिङटन डिसीमा जन्मे हुर्किएकी सृजिताले समाजसेवामा पनि योगदान दिइरहेकी छिन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...