अमेरिकाका फेसनमा नेपाली ठिटो
शिव शर्मा/टेक्सस
सुरेश मानन्धर नेपालको मोडलिङमा चिनिएको नाम हो । नेपालको लोकप्रिय मोडलिङ एजेन्सीका द ¥याम्पको फेसन कोरियोग्राफर उनले हजार भन्दा बढी तन्नेरीलाई फेसन कोरिग्राफी सिकाए । आफु पनि छानेर ४५ भन्दा बढी ¥याम्पमा उर्तिए । चर्चित ब्रान्ड सानमिगल, होटल सोल्टी देखि नेभिको बिस्कुट हुदै थुप्रै जुस कम्पनी लगायतका विज्ञापनमा मोडिलिङ गरे । धेरै ¥याम्प शो आयोजना गरेर नेपालको मोडलिङलाई उचाईमा पु¥याए ।
नेपालका लोकप्रिय पत्रपत्रिका तथा म्यागजिनमा कभर मोडल पनि बने । गीतको म्युजिक भिडियो पनि धेरै खेले । सन् १९९५ बाट फेसन मोडलिङमा करिअर थालेका उनी अहिले सम्म पनि यही क्षेत्रमा सक्रिय छन् । उनले त्यतिबेला नेपालमा ¥याम्प मोडलिङको टे«न्ड बसाली दिएका थिए । नेपालमा मोडलिङको जग बसेका यी तन्नेरी अहिले भने सात समुन्द्र पारीको मुलुक अमेरिकामा पनि आफनो क्षमतालाई देखाइरहेका छन् । अहिले उनी यहा“ अन्तराष्ट्रय मोडलिङ एजेन्सीको मोडल तथा कोरियोग्राफरको रुपमा लोकप्रिय बनेका छन् ।
६ वर्ष अघि अमेरिका आएका मानन्धरले यहा“का चर्चित कम्पनी तथा ब्रान्डका झन्डै ३० वटा फेसन शोहरुमा विदेशी मोडलहरु संग क्याटवाक गरिसकेका छन् । उनले अमेरिकन बहुचर्चित फेसन ब्रान्ड ग्याप देखि अन्य बहुराष्ट्रिय कम्पनीहरुका शोहरुमा आफुलाई उभ्याइसकेका छन् । यी शोहरुमा भाग लिन उनलाई नेपालमा गरेको आफनो मोडलिङ तथा फेसनको कामले सघायो पनि । अमेरिका आएपछि उनले अमेरिकाको ठुलो फेसन÷मोडलिङ कम्पनी एफ.ए मा काम गर्नका लागी बायोडाटा पेश गरे । नेपालमा गरेका सबै कामहरु देखाए । उनले कोरियोग्राफरका लागी कम्पनीमा आवेदन दिए । उनको सबै काम देखेपछि कम्पनीले ‘रन वे’ मोडलका लागी छनौट ग¥यो ।
‘यही कम्पनी मार्फत नै अमेरिका आएपछि मेरो मोडलिङ तथा फेसनको अर्को यात्रा सुरु भयो’ उनले आफनो फेहरिस्त सुनाउदै भने–‘त्यसपछि ग्ल्यामरको मेरो क्षेत्रले अहिले सम्म निरन्तरता पाइरहेको छ ।’ अहिले उनले कम्पनीको छानेर ठुला फेसन शोहरु मात्रै गदै आएका छन् । सन् २०१४ तथा २०१५ मा लगात्तार दुई वर्ष पुरा समय यही कम्पनीको रन वे मोडलको रुपमा आफुलाई लगाए । अहिले अन्य ब्रान्डका शोहरुमा पनि आफुलाई सहभागी गराउदै आएका छन् । उनले अमेरिकाका चर्चित फेसन डिजनाइर एडिक एडलर देखि एलेन सम्मका डिजाइनिङ शोमा फेसन परेड देखाइसके । उनले अमेरिकाका केन्द्रिय देखि स्थानिय सबै स्तरका फेसन शोहरुमा आफुलाई प्रस्तुत गरिसकेका छन् । उनले धेरै लोकप्रिय फेसन डिजाइनर देखि यहा“का ¥याम्पहरुमा विदेशी मोडलहरु संग क्याटवाक अनुभव बटुलीसकेका छन् । उनको फेसन तथा मोडलिङको खुबी तथा क्षमता देखेर केही फेसन शोहरुबाट प्रशंसा पत्र सहितको सम्मान पनि पाइसके । आफनो फेसन शो का क्रममा उनि अमेरिकाको न्युयोर्क, क्यालिफोर्निया, भर्जिनिया, जर्जिया, नर्थ क्यारोलिना, लगायत धेरै राज्यहरुमा पुगीसकेका छन । उनका कामलाई अन्तराष्ट्रिय मिडियाहरुले पनि कभरेज गरेपछि उनको चर्चा चुलिएको छ । उनले मिस नेपाल युएस २०१४ र अहिले २०१८ को पनि अफिसियल कोरियोग्राफी भएर काम गरिकसकेका छन् । भर्खर सकिएको मिस नेपाल युएसमा उनले प्रस्तुत गरेको नया थिमको कोरियोग्राफीले नेपालका लागी अमेरिकाका पुर्व राजदुत स्कट डेलिसि पनि प्रभावित भए । उनले प्रतियोगितामा सहभागी १७ जना सुन्दरीहरुलाई बाहुन, क्षेत्री, गुरुङ, मगर, नेवार, राइर्, लिम्बु, तामाङ, शेर्पा लगायत सबै जाजातीको पहिरन लगाएर प्रतियोगिहरुलाई फरक ढंगले परिचय राउन्डमा उतारे ।
पहिरन संगै सबै जातजातीको भाषागत गीत पनि बजाए उनिहरुलाई प्रस्तुती गराए । अन्तमा सबैको प्रतिनिधित्व गदै एक प्रतियोगी मार्फत हामी सबै एक हौ, हामी नेपाली हौ भन्ने थिम प्रस्तुत गरे । उनले जहा“ छन् बुद्धका आखा गीत संगै जीवित देवीको रुपमा पुजिदै आएको कुमारीको महिमालाई प्रतियोगीलाई सिंगारेर देखाएका थिए । उनको यो नौलो खालको थिमबाट पुर्व राजदुत डेलिसीले उत्कृष्ट काम भन्दै कोरियोग्राफर मानन्धरको प्रशंसा मात्र गरेनन् कार्यक्रममा सम्मान पनि गरे । उनले गदै आएका यहा“का अन्तराष्ट्रिय शोहरुमा यसरी नै आयोजकको प्रशंसा बटुलीरहेका छन् । उनले अमेरिका आउनु अघि अध्ययनका क्रममा युरोपमा हुदा समेत फ्रेन्च डिजाइनरको बुटिकको क्याटलकका लागी समेत मोडलिङ गरे । त्यस्तै दुवईमा समेत उनले स्थानिय पत्रपत्रिकाका लागी फोटसुट गरे ।
करिअरको सुरुवात
खासमा सुरेशको करिअर सुरुवात पप ब्यान्डको ड्रमरबाट भएको थियो । त्यो उनको स्कूले बेला थियो । आफनै भाई जय मानन्धर भोकलिष्ट रहेको क्याप्सन ब्यान्डमा उनी ड्रमर थिए । मोडलिङमा लाग्न उनलाई अग्रज मोडल तथा राजमति सिनेमाका हिरो मनिराज लावतले उनलाई प्रोत्साहन गरे । नेपाल टिभीमा सान मिगल बियरको विज्ञापनका लागी लिड मोडल बनेपछि उनको मोडलिङमा भाग्य चम्कियो । त्यसपछि उनले नेपालका चर्चित बहुराष्ट्रिय कम्पनीहरुको विज्ञापनमा मोडलिङ गर्ने अवसर पाए । उनको लोकप्रियता बढ्दै गएपछि राष्ट्रिय पत्रपत्रिका तथा म्यागजिनले कभर मोडल पनि बनाए उनलाई ।
उनले मोडलिङका ठुला प्रोजेक्टहरु गरे । नेपालको पहिलो द ¥याम्प मोडलिङ एजेन्सीमा कोरियोग्राफरको रुपमा आवद्ध भई धेरै युवाहरुलाई मोडलिङमा आकर्षित गराउन प्रशिक्षण दिए । उनको पहलमा त्यतिबेला मोडलिङ कन्टेष्ट पनि धेरै भए । मिस पोखरामा पनि उनले कोरियोग्राफी गरे । उनले कोरियोग्राफी सिकाएकी निलिमा गुरुङ मिस पोखरा हुदै मिस नेपाल समेत बनिन । उनले सिकाएका धेरै मोडलहरु लोकप्रिय बने । मैले सुरु गर्दा नेपालमा मोडिलिङको बारेमा जनमानसमा राम्रो संग यसको प्रभाव थिएन उनले बिगत सम्झदै भने– ‘त्यतिबेला मोडलिङलाई व्यवसायिक बनाउन धेरै कोसिस गरियो ।’ उनको अनुसार अझै पनि नेपालमा मोडलिङ पुर्ण व्यवसायिक नभए पनि आफुले त्यतिबेला एउटा टे«न्ड बसाल्ने काम गरिएको थियो ।