एटलान्टाको चोक–चाेकमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार

शिव शर्मा/ युएसनेपाल पाेष्ट
भिजिट नेपाल–२०२० लेखिएको फल्यार्समा सबैको आखा दौडिएको छ । दृश्यले कतिपयलाई नेपाल पुगेको भान पनि हुन्छ । तर यो नेपालकै झल्को दिने गरी नेपाल भ्रमण वर्षको प्रचारप्रसार गरिएको अमेरिकाको एटलान्टा सहर हो ।यहाँको व्यस्त रहने मुख्य चोकहरुमा यतिबेला नेपाल भ्रमण वर्ष २०२० प्रर्वद्धनका लागी यस्तो प्रचार गरिएको छ । यो प्रचारले एटलान्टको मुख्य सहरका चोकहरु नेपालमय भएको छ ।
सबै विदेशीहरुको भिजिट नेपाल–२०२० लेखिएको विज्ञापनतर्फ ध्यान मोडिएको छ । नेपाल बारे थाहा नभएकाहरु समेत यतिबेला यो विज्ञापनले मोवाइलमा गएर नेपाल बारे खोज्न थालेका छन् । नेपाल भ्रमण वर्षको औपचारिक रुपमा प्रचारप्रसार तथा प्रर्वद्धनात्मक कार्यक्रमको सुरुवात गर्ने पहिलो राज्य बनेको छ एटलान्टा ।नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई व्यापक रुपमा सफल बनाउन अमेरिकाको एटलान्टामा यो अभियानको सुरुवात गरिएको हो ।
‘यसले नेपालको पर्यटन प्रर्वद्धनमामा टेवा पुग्ने उद्देश्यले हामीले यो अभियान चलाएका हौ’ पर्यटन दुत नेप्लिज एशोसिएसन इन साउथइष्ट अमेरिका (नासा) का प्रथम निर्वाचित अध्य़क्ष राजा घलेले भने–‘यो एउटा नेपाल चिनाउने र धेरै भन्दा धेरै विदेशी पर्यटकलाई नेपाल भ्रमणको निम्तो दिने उद्देश्य हो ।’
उनले यो सुरुवात मात्र भएको र सहरका अन्य भुभागमा पनि नेपाल भ्रमण वर्ष २०२० लाई व्यापक रुपमा प्रचारप्रसारको अभियान चलाइएने बताए । उनले यो शैलीलाई अमेरिका संगै अन्य मुलुकहरुमा पनि संचालन गर्न सकिएको खण्डमा नेपाल भ्रमण वर्ष–२०२० को सार्थक परिणाम लिन सकिने बताए ।
गत साता देखि नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नासाले नेपालको पर्यटन प्रर्वद्धन गर्न यो नया शैलीको प्रचार थालेको हो । यसरी नेपाल भ्रमण वर्षको फल्यार्स राखिएपछि चासो र सरोकार दिएर हेर्ने विदेशी बढेका छन् ।
‘नेपाल भ्रमण वर्षको प्रचार संगै प्रर्वद्धनका लागी यो प्रचारात्मक शैली व्यापक भएको छ’ नासाका अध्यक्ष विनय अर्यालले भने– ‘थप प्रचारका लागी अन्य प्रर्वद्धनात्मक कार्यक्रमहरु पनि आयोजना गरिदै लगिनेछ ।’
एटलान्टाको जिम्मी कार्टर, सेटलाइट, भिएभर रिउन तथा होलकम्भ ब्रिज जस्तो व्यस्त ट्राफिक हुने क्षेत्रमा नेपाल भ्रमण वर्ष २०२० देखिएको फल्यार्स राखिएका छन् । धेरै मानिसहरुका चहलपहल हुने क्षेत्रमा राखिएको नेपाल भ्रमण वर्षको यो प्रचारात्मक अभियानले नेपाल चिनाउन मदत पुग्नेमा नेपाल समुदाय विश्वस्त छन् । चार साता सम्म रहने यो नेपाल भ्रमण वर्ष २०२० को विज्ञापन दस लाख भन्दा बढीले हेर्ने अनुमान गरिएको छ ।
हालै नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई व्यापकता दिन नेप्लिज एशोसिएसन इन साउथइण्ट अमेरिका (नासा)को आयोजना तथा नेप्लिज एशोसिएसन अफ जर्जियाको सहयोगमा गरिएको प्रर्वद्धनात्मक कार्यक्रमको अवसर पारेर यो अभियान थालिएको हो । नेपाल भ्रमण वर्ष २०२० प्रर्वद्धनात्मक कार्यक्रमको उदघाटन नेपाल सरकारका न्याय तथा कानुन मन्त्री भानुभक्त ढकालले गरेका थिए ।
उक्त अवसरमा अतिथीको रुपमा आएका जर्जिया राज्यका सिनेटर शेख रहमान तथा स्टिभ हेन्सनले नेपाल भ्रमण वर्षमा नेपाल घुम्न जाने प्रतिबद्दता समेत व्यक्त गरेका थिए ।
यसले अमेरिकाका अन्य राज्यमा पनि यसरी नै नेपाल भ्रमण वर्षलाई व्यापक रुपमा प्रचार प्रसार गर्न सके २०२० मा नेपाल जाने विदेशी पर्यटकको संख्यामा व्यापक वृद्धि हुने नासा ले जनाएको छ ।
नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई महत्वकाक्षी योजनाका रुपमा अगाडी सादै २० लाख पर्यटक भित्राउने अपेक्षा राखेको छ । सोही अनुरुप अहिले नेपाल संगै भारत चीन संगै अन्य मुलुकहरुमा नेपालका पर्यटकीय गन्तव्यको प्रचारप्रसारको कामलाई यसरी अघि बढाइरहेको छ ।