‘वाक फर नेपालमा’ झल्कियो नेपाल

हात हातमा चन्द्र र सुर्य अंकीत नेपाली झण्डा । विभिन्न जातजातीको पहिचान झल्कने पहिरन पनि । नेपाली परम्परागत आईतबार ड्यालसको बेकमेन लेक पार्कमा देखिएको यो दृश्यले धेरैलाई नेपालमै रहेको भान दिलायो ।
दिनभर जसो पार्क परिसर नेपालमय भयो । विदेशीहरु समेत नेपाली संस्कृति र रमाइलोलाई कौतुहलता पुर्वक नियालिरहेका थिए । नेपाली झण्डा र नेपालको चिनारी दिने पहिरन लगाएर टेक्सस वरपर बस्ने नेपालीहरुले बाजगाजा सहित ताल परिसरलाई चक्कर काटेका थिए ।
सहभागीहरुले वाक फर नेपाल भन्दै नारा पनि लगाएका थिए । विभिन्न जातजातीको पहिरन, नेपाली झण्डार र बाजागाजाले कार्यक्रम स्थलले पुरै नेपाल चिनाएको आभाष हुन्थयो ।
कार्यक्रममा ¥याली मात्र निकालिएन । औपचारि कार्यक्रम गरेर नेपाली लोक आधुनिक देखि अन्य विविद्य सांस्कृतिक कार्यक्रम पनि देखाइयो । कार्यक्रमा फेस पेन्टको सुविधा पनि थियो । हरेकले नेपालको झण्डा अंकीत चित्र शरीरका विभिन्न भागमा बनाएर नेपाल प्रतिको माया दर्शाएका थिए ।
खानाको स्टल सुविधा समेत रहेको कार्यक्रममा नेपाली परिकारको स्वाद सहभागीहरुले लिएका थिए ।
विभिन्न नेपाली परम्परागत पहिरन तथा झाकी सहित हिडने यो कार्यक्रमले विशेष गरी नेपाल चिनाउने उद्देश्यले गरिएको हो । कार्यक्रमका लागी टेक्ससका सहयोगी मनहरुले दिल खोलेर सहयोग पनि गरे ।
नेपालमा शिक्षक सिकाई तथा टेक्ससमा संचालित निशुल्क स्वास्थ्य क्लिनिकका लागी सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरिएको संस्थापक सुमनकाजीले बताए ।
वाक फर नेपालमा नेपाली धिमे बाजा लगायत विभिन्न जनजातीका बाजा सहित सयौको संख्यामा नेपालीहरु पैदल हिडदै नेपालको संस्कृति झल्काए
पैदल हिडनु अघि विभिन्न सागीतिक कार्यक्रम तथा बालबालिकाहरुका लागी विभिन्न खेलहरु समेत कार्यक्रममा मनोरञ्जनका लागी राखिएका थिए ।
नेपालीपनलाई अमेरिकामा पनि केही हद सम्म यो कार्यक्रमले पहिचान दिएको छ’ आयोजक संस्थाका अर्का संस्थापक प्रदीप गिरी (मोमो) ले बताए ।
२०१२ देखि नियमित रुपमा वाक फर नेपाल कार्यक्रम ड्यालसमा संचालन हुदै आएको छ । टेक्ससका केही सक्रिय युवाहरुको पहलमा यो कार्यक्रम हुदै आएको छ ।