तपाई नया डिजाइनको पहिरन नपाएर दिक्क हुनुहुन्छ ? आफनो छनौट अनुसारको लेटेस फेसनको खोजीमा हुनुहुन्छ भने अब धन्दा मान्नु पदैन । तपाईकै सहर टेक्ससको युलेसमा गुणस्तीय तथा पछिल्लो समय बजारमा चलेको फेसन अनुसारको डिजाइन सहितको सेवा उपलब्ध भएको नेपाल चेलीले संचालन गरेको बुटिक आभानी संचालनमा आएको छ ।

फेसनका पारखीहरु आफनो छनौट र डिजाईन अनुसारको फेसनेवल पहिरनको खोजी गर्दा हैरान भइरहेका बेला अब नेपालीलाई सहज हुने भएको छ । शनिवार देखि टेक्ससको युलेसको ६०१ क्यारोल वे मा अनुभवी फेसन डिजाइनर आभानी सिंहले उक्त बुटिक संचालनमा ल्याएकी हुन ।
बच्चा देखि बृद्धा सम्मका लागी हुने सबै खाले पहिरन बुटिकमा तयार पार्नेछौ’ संचालिका सिंहले भनिन– ‘गुणस्तर र कपडाको क्वालिटीमा हामी कुनै कम्प्रमाइज गर्ने छैनौ ।’


उनका अनुसार पछिल्लो क्रममा नेपाली बजारमा चलेको तथा अन्तराष्ट्रिय स्तरमै चलेको फेसन डिजाइन बुटिकमा उपलब्ध हुने बताइन ।
बुटिक संचालनमा आएपछि फेसन पारखीहरु अब फिट एन्ड फाइन पहिरन आफनै ठाउ“मा उपलब्ध हुने भएपछि हर्षित भएका छन् ।
युलेसमा बसोबास गदै आएकी समाजसेवी सृजना शर्मा पोखरेलले बुटिक संचालनमा आएपछि आफुले भने जस्तो पहिरन खोज्न अब बजार बजार डुलिरहने झन्झटको अन्तय भएको बताइन ।

अब आफनै ठाउ“मा खुलेको यस्तो बुटिकले हामीहरुको चाहना पुरा गर्नेछ’ उनले भनिन– ‘सबै खालको पहिनर बुटिकमा पाउने भएपछि फेसन पहिनरका लागी अन्यत्र डुलिरहने अवस्थाको अन्त्य भएको छ

अब बच्चा, तन्नेरी देखि पाका सवैको लागि बुटिक रोजाई बन्नेछ । । भ र्खर मात्र संचालनमा आएको बुटिकमा फेसन पारखीहरुको आगमन पनि बढदै गएको छ ।

टेक्ससमा हुने मोडलिङ कन्टेष्ट, फेसन शो, ब्युटि कन्टेष्टहरुमा अब बुटिक आभानीको डिजाइनरुले फेसनको अभाावमा परिपुर्ति गर्नेछ ।

आभानीले बुटिक संचालन गरेको सात वर्ष भइसकेको छ । काठमान्डौको सिटि सेन्टर कमलपोखरीको जी–२६ तल्लो तलामा रहेको उनको बुटिक नेपालमा लोकप्रिय छ । नेपाली सिनेमाका चर्चित कलाकार देखि कार्यक्रमहरुमा उनका डिजाइनहरुले सिंगारिसकेका छन् । उनले नेपाली सिनेमामा पनि डे«स डिजाइन गरेकी छिन् । युरोपको अस्ट्रिया मा अध्ययन  गरेर आएकी आभानी फेसन डिजाइनिङ सम्बन्धी अध्ययन गरेर नै यो व्यवसायमा होमिएकी हुन ।

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected