अलिकति घुर्की लगाई रिसाउनुको मजा बेग्लै,
रिसाएकी मायालुलाई फकाउनुको मजा बेग्लै”

डालसका युवा गीतकार अशोक काफ्ले र उनकी जीवन संगिनी रूविना खनालले आँफ्नै अभिनयका साथ “अलिकति घुर्की लगाई ” भन्ने बोलको गीत हालै आफ्नो युट्यूब च्यानल Hamrosansar Production मार्फत सार्वजनिक गरेका हुन्।
पछिल्लो समयमा निकै चर्चित गायक प्रविण बेडवालले गायको यो गीतको संगीत भने विभिन्न चलचित्रमा संगीत दिइसकेका जल्दाबल्दा युवा संगीतकार ऋदम कंडेल हुन्। अशोक काफ्लेकै शब्द रचनाको यो गीत प्रेमकथामा आधारित रहेको छ। उनी भन्छन्- “हाम्रो दशौं वैवाहिक वार्षिकोत्सवमा जीवन सँगिनीलाई के उपहार दिउँ त भन्ने सिलसिलामा पछिसम्मलाई सम्झना रहने गरी यो उपहार दिएको हुँ। यसो गर्दा उनी पनि खुशी र हाम्रा शुभचिन्तक, दर्शक स्रोतलाई पनि सानो कोसेली हुने सम्झिएर यसो गरिएको हो”। तेसो त यिनीहरू दुबै स्वास्थ्य संस्थामा कार्यरत छन् तर साहित्यमा आफ्नो कलम चलाउँदै आएका जोडी हुन्।
गीत निकै भावपूर्ण र अब्बल बनेको छ भने, अमेरिकाकै डालास तथा कोलोराडो वरिपरि छायाङ्कन गरिएको उनीहरू बताउँछन्। सुमधुर गीतका सर्जक कलाकारहरू सबैलाई हार्दिक बधाई।
गीत तलको युट्यूब लिङ्क थिचेर सुन्न- हेर्न सक्नुहुनेछ।

https://youtu.be/2t9pUvW7GmY

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected