अन्तराष्ट्रीय बजारमा नेपाली सिनेमा पुर्याउन नेपाली फिल्म अवार्ड- निर्माण संयाेजक नारायण पुरी

ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । चौथौ संस्करणको यो अवार्डको यतिबेला अमेरिकामा मात्र नभई सबैतिर चर्चा परिचर्चा छ । नेपाली सिनेमालाई लक्ष्ति गरि गर्न लागीएको यो अर्वाड एउटा महत्वपुर्ण नेपाली इभेन्ट हो ।
विशेष गरी नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारीकरण गर्नु यो अर्वाडको मुख्य उद्देश्य हो । यो यस्तो कार्यक्रम हो केवल अर्वाड मात्र वितरण नभई नेपाली चलचित्रका पुराना देखि नया पुस्ताका कलाकारहरुको जमघट र उनीहरुको प्रस्तुती समेत हेर्न पाइन्छ । यस पटक पनि बिगतमा जस्तै नेपाल तथा अमेरिका आसपासमा रहेका नेपाली कलाकारहरुको अभुतपुर्व जमघट रहनेछ ।
अर्वाडले नेपाल र अन्तराष्ट्रीय बजारमा रहेका चलचित्रकर्मिहरुलाई एउटै थलोमा बैचारिक बहसका लागी प्रेरित गर्नु, अन्तराष्ट्रिय बजारमा नेपाली चलचित्रको उद्योग स्थापित गर्नु, चलचत्रिको माध्यमबाट नेपाली पर्यटकीय स्थलहरुको प्रर्वद्धन गर्नु, उद्यमी, चलचित्रकर्मी र संचारकर्मिहरु आपसी सम्बन्ध सुदृढ गर्नु,उदयमान चलचित्रकर्मिहरुलाई प्रोत्साहित गर्नु तथा ख्याति आर्जन गरिसकेका चलचित्रकर्मिहरुलाई ऐतिहासिक दस्तावेजका लागी सम्मानित गर्नु, अनि ओझेलमा परेका उत्कृष्ट कलाधर्मिहरुलाई सृजनाको कदर अनि सम्मान र समग्र चलचित्र उद्योगलाई’ तथा पेशालार्य सम्मानित र मर्यादित बनाउनु अर्वाडका उद्देश्य रहेका छन् ।
यसरी आयोजना हुन लागेको नेपाली चलचित्र सम्बन्धी यो अर्वाडमा सबै तह र क्षेत्रका व्यक्तित्वहरुबाट समेत सदभाग र सहयोग प्राप्त भएकाले यो अर्वाडले अमेरिकामा विशेष महत्व राख्दै आएको छ । नेपाली चलचित्र उद्योगलाई अन्तराष्ट्रिय क्षेत्रमा पहिचान दिन र चलचित्र पर्यटनका माध्यमबाट नेपालको पर्यटन प्रर्वद्धनमा समेत यो अर्वाड कोशेढुंगा सावित हुनेमा दुई मत छैन ।
(चलचित्र निर्देशक तथा ८८४८ मिडिया हाउसका निर्देशक नारायण पुरी अर्वाड कार्यक्रमको निर्माण संयोजक हुन)