छोरी
केहि महिनाको नेपाल बसाई पछि राजकुमार दम्पति केहि दिन पछि विदेशफर्किंदै थिए । त्यसैले भेटघाट, बिदाई तीब्र गतिमा चलिरहेकोथियो ।यतिकैमा सकेसम्म दिन भरिनै बस्ने गरेर राजकुमारको फुपूसासुले ‘डिनर‘कोनिमन्त्रणा दिईन। धेरै चाँढो त के जानु भनेर ३ बजे तिर राजकुमार दम्पतिघरमा पुगे । फुपूले स्वागत गर्दै बैठक कोठामा लगेर राखिन । घरमा एउटाकिशोरले सरसफाई गर्दै थियो । उक्त किशोरलाई हल्का जलपान तयार गरिल्याउन भनियो । । कुरै कुरामा फुपू–फुपाजुले आफ्नो सक्रिय जीवनकालमागरेका देश–विदेश भ्रमण र पुरुषार्थ गाथा सवै सुनाउन भ्याए । आमन्त्रित भएरगए पछि खाना–पिना मात्रै होइन अरु कुराहरु पनि ग्रहण गर्नुपर्ने तथ्य संगराजकुमार दम्पति अपरिचित थिएनन् । एक घन्टे लामो भलाकुसारी रजलपान पछि घर निरिक्षणको प्रस्ताव आयो ।
घर के भन्नु ? सानो दरवारै थियो । तीन तलाको, प्रत्येक तलामा चारै तिरबार्दली । अनि घरको चारै तिर बगैंचा । उत्तर तिर फलफुल बगैचा जसमाकलात्मक ढुंगे धारा पनि राखिएको थियो । त्यस्तै अरु दिशाका बगैचामाकतै तरकारीवारी, कतै गुलाफका बिभिन्न रंगका फूलहरु, कतै अर्कै फूलहरुथिए । माथि कौशी पनि त्यतिकै भव्य सिंगारिएको थियो । कौशीबाटकाठमाडौँ शहरको मनोरम दृश्यावलोकन गर्न पाइन्थ्यो । घरको आन्तरिकशृंगारको त के बर्णन सकिन्थ्यो र ! आँगन, पर्खाल, मूल ढोका त्यतिकैकलात्मक रुपमा सजिएका थिए । तीन रोपनी भन्दा कम थिएनघर–कम्पाउण्डको क्षेत्रफल ।
घरको प्रत्येक भागको निरीक्षण र त्यसको बर्णन सुनाउँदा र सुन्दा कसैलाईपनि एक घण्टा बितेको पत्तै भएन । त्यस पछि तेश्रो तल्लाको आँगन तिरकोबार्दलीमा सवै बसे । फूपुले त्यो किशोरलाई बोलाएर जुस ल्याउन भनिन ।रमा (राजकुमारकी श्रीमती) ले सोधिन -” दिदि, यो सवै घरकोस्याहार–सम्भार, रेखदेख कसले गर्छ त ?’ “त्यहि त नानी, यत्रो घरको रेखदेखबडो गाह्रो छ । तर तिम्रो भिनाजुले अहिले सम्म त मिलाउनु भएको छ। ” त्यहि बेला किशोरले जुस लिएर आयो । रमाले सोधिन -” दिदी,कहाँको होयो भाइ ?”
” खै, नुवाकोटतिरको हो क्यार । बिहान १० बजे देखि ५ बजे सम्म काम गर्छ। स्टाफिङ्ग एजेन्सीले पठाएको । यहाँ चाहिएको बेला लुगा धुने, फूललगाउने, तरकारी लगाउने, घर सफा–सुग्घर राख्ने, चौकीदार, नर्स, ड्राइभर सवै स्टाफिङ्ग एजेन्सीबाटनै आउँछन । यिनीहरुकै भरमा भिनाजुले घरचलाउनु हुन्छ । हाम्रो रेखदेख, खानापिना, औषधिमूलो सवै चाँहि छोरीलेगर्छिन ।” राजकुमार दम्पतीलाई उनीहरुको तीनवटा छोरी र एउटा छोरा छन् रसवै बिदेशमा छन् भन्ने थाहा थियो । यो अर्की छोरी कहाँ बाट देखा परि भनेररमालाई खुल्दुली भयो ।
” हजुरको कुन चाँहि छोरी यहाँ छ र?”
“अव पाँच बजिसक्यो । आउँदै होलिन । आज दिदी –भिनाजु डिनरको लागिआउँदै हुनुहुन्छ चाँडै आउ भनेर मैले उनलाई भनिसकेको छु । कलेज सकेरतरकारी, औषधीहरु किन्दै होलिन । निता हो नाम । “
“अनि हजुर, निता हजुरको छोरी पर्ने हो?” रमाले सोधिन।
“त्यस्तो त केहि होइन, नानी । तर ऊ हाम्रो छोरी हो । टोलमा सवैले उनलाईहाम्री छोरी भनेर चिन्छन । अहिले बिजनेस म्यानेजमेन्टमा मास्टर्स गर्दैछिन ।अझै पढने ईच्छा गरे पि.एच. डि. पनि गराईदिने विचार गरेका छौं ।” फुपूलेबडो गर्वका साथ भनिन । त्यति भनेर अझै कुरा थपिन – ” के गर्नु नानी, जमाना बदलियो । आफुले जन्माएको भनेर काम छैन अव । आफुलाईबुढेसकालमा काम लाग्ने नै आफ्नो । तिम्रो भिनाजुलाई ब्लडप्रेसर, सुगर, थायराइड छ । म पनि रोगी छु । औषधीहरु सकिएको छ । निताको पढाईचार बजे सकिन्छ । त्यहाँबाट बजार गएर किनमेल गरेर आउँदा ६ बज्छ होला।फेरि औषधी किन्न पसल पसल चाहर्नु पर्छ । सकेसम्म चाँडो आउँछु मम्मीभन्थिन । उनी आएर खाना बनाउनु पर्यो । हुन त मैले सवै काटकुट गरेरठिक्क पारेर राखेकीछु । आएर यसो ओइरिनु मात्रै हो ।” फूपुले एकै सासमासवै कुरा भनिन ।
“कस्ती छ निता, हजुर ?”
“के भन्नु नानी, आँखामा राखे पनि नबिझाउने । हँसिली, रसिली र फूर्तिलीपनि त्यतिकै । बोली–बचन मीठो, राम्री त्यतिकै । ठूला घरकी छोरी भएकीभए संसारै जित्दथी । तिम्रो भिनाजु र मेरो त मरेर सेवा गर्छिन । हामी बुढाबुढीअव के गर्न सक्छौं र ? सवै गर्ने उही हो । टाइम टाइममा औषधी खुवाउने, बिरामी परे डाक्टर कहाँ लिएर जाने, मन्दिर लग्ने, ल्याउने आदि सम्पूर्ण कामउनैको जिम्मामा छ । कहाँ पाउनु यस्तो मान्छे आजकलको जमानामा । बूढो, कमजोर भए पछि अफ्नाले त हेर्दैनन् । चट्ट बाबुआमालाई नेपालमा एक्लैछोडेर बिदेशमा मोज गरेर बस्छन । यसो हप्ताको एक दिन ड्याडी–मम्मी भनेरफोन गरिदिए पनि धन्न ! केहि मतलव छैन । यसो एकदुई चोटी बोलाएकाथिए त्यो पनि तिनीहरुलाई गाह्रो भएर – बच्चा हेर्नको लागि । सकिएन बस्न ।बुहारीको संधैको टोकसो, छोरो निरीह ! छोरो निरिह भए पछि आफु पनिनिरीह ! फर्क्यौं हामी त ! धन्य, बाँच्यौ । सम्पतीहरु बेचबिखन गरेर यतै पैसाल्या, अनि यतै बस भन्थे । सोचेका पनि थियौं । तर त्यहाँको तमासा देखेर‘भो बा, पुग्यो | यस्तो जिन्दगी, के जिन्दगी भन्ने लाग्यो । चौबिसे घण्टा पैसापैसा भनेर दौडिरहेको देख्यौं । मसिन जस्तो जिन्दगी । कुनै मानवता, भावनाभन्नेनै देखिदैन । एकदमै स्वार्थी र मतलवी भैसकेका हुँदा रहेछन आफ्नाहरुपनि । के गरुन ठाउँ नै त्यस्तो । उनिहरुका पनि आफ्नै चुनौती, समस्यादेखियो । यहाँ भएको अलि अलि सिरीखुरी बेचेर त्यहाँ गएका बुढाबुढीहरुकोत झन् कन्तबिजोग ! फर्केर आउँ यहाँ केहि बाँकि छैन, कोहि सहयोग गर्नेछैनन । त्यहि बसिरहुँ सहनै नसकिने कटु बोलीबचन, प्रताडना, हेलाँ, शोषणआदि सहनु पर्ने । भनुँ कसलाई भनुँ ? खाइस नि छोराछोरी विदेशमा छन्, आफु त उतै बस्ने हो भनेर खुवै धाक–धक्कु लगाउँथिस नि भन्छन । अनिचुमुर्किएर बस्यो । भित्रभित्रै पीर, चिन्ता, पश्चातापले खाईरहेको हुन्छ ।बाहिर चाँही फेसबुकमा ङ्गिच्च हाँसेर ” ह्याप्पी बर्थडे … ” भनेर फोटोराख्छन । देखियो नानी, तमासानै देखियो । त्यहाँको संसारकोतिरिमिरीझ्याई देखियो । छोरालाई नेपाल फर्की तेरो महिनाको त्यहि पाँच– छ लाख कमाई हो । नेपालमा पनि त्यति त आइरहेकै छ । अझै आफैंले गरेधेरै आम्दानी हुन्छ । बिदेशमा दु:ख गरेर किन बस्छस, फर्कि अव भनेको तरमान्दैन । उसको भित्री मनमा फर्किने विचार पनि हुनसक्छ । तर बुहारीलेदिन्न, यहाँ हालीमुहाली गर्न पाइन्न भन्ने होला । बुहारीको खास कमाई पनिछैन । यतै नेपाल आए महारानी जस्तो भएर बस्न पाउँथीन। तर बुहारी उतैकाम गरेर बस्ने रे । हेर त नानी, कुरो सुन्दा पनि कति रिस उठ्छ ! “
“अनी, हजुरहरु त छोरीकहाँ पनि बस्नुभयो हैन र?” रमाले फुपूलाई सोधिन ।
” हो नानी, सुत्केरी स्याहार्न गएका थियौं । छोरी कहाँ त कति आनन्द कति ! ज्वाईं ज्ञानी, भलाद्मी हुनुहुन्छ । छोरीले भनेको कुरा भुइँमा खस्न नपाउदैटिपिहाल्ने ! राज गरेर बसेकी छ, छोरी । त्यहाँ त बसिरहुँ जस्तो लाग्ने । सवैतिर आफ्नै हालीमुहाली । जे मन लाग्यो, पकायो, खायो । ज्वाईंले ठाउँठाउँमा घुमाउन लागिहाल्नु हुन्थ्यो ।कति रमाइलो कति ! तर के गर्नु, छोरीको घरमा कति बस्नु ? फेरि सम्धीसम्धिनी आउने कुरा थियो । हामीफर्कियौं ।
” अनि हजुरहरु के गरिसिन्छ त अव । छोराछोरी कहाँ बस्न नमिल्ने, उनीहरुयहाँ नआउने । एउटी निताको भरमा बुढेसकाल कसरि चल्छ त ?” रमालेसोधिन ।
” त्यहि त पीर छ, नानी । भन्न त निता ड्याडी–मम्मी हजुरहरुलाई छोडेर कहिँजान्न भन्छिन । तर राम्री छ, मोरी । कतै आँखा पनि लगाएकी होली | उ गईभने के गर्ने ? अहिले सम्म त पढाई छ । यो नसकि कतै जान्न । पि.एच. डि पनि गर, सवै हामी हेर्दिन्छौँ भनेका छौं । कति नै लाग्छ र त्यसमा तर तीनचार बर्ष कतै जाँदिनन । हामीले त बिहा पनि गरिदिन्छौं । उ त्यो पल्लो घरमाकोठा दिन्छौँ , परिवार लिएर बस भन्ने कुरा पनि सोचेका छौं । तर के गर्नु , जे कुरो पनि समय हेरेर, विचार पुर्याएर बोल्नु पर्छ । त्यसैले भनेका छैनौं ।कतै तलमाथि परेर रिसाएर हिंडीदिई भने के गर्नु ? यस्तो असल मान्छे पाउनसकिंदैन ।“
” अनि नीताले मास्टर्स सकेपछि पि. एच. डि गर्दिन, जागिर गर्छु , बिहा गर्छु रआफ्नो सुर गर्छु भनिन भने के गरिसिन्छ, हजुर ?” फुपू भदैको प्रश्नोत्तर क्रमअघि बढ्यो ।
“के भनौँ, नानी । केहि उपाय त लाग्ला । अरु खोज्नु पर्ला । आफ्नैछोराछोरीले त सँधै साथ दिन सक्दैनन भने नीतालाई के कर छ र । उसकोपनि आफ्नो जीवन छ । आवस्यकता, समय, माग र आपुर्तीको कुरा हो । तरत्यसो भन्दा नीतालाई अन्याय गरेजस्तो हुन्छ । ऊ पनि आफ्नै छोरी हो, भलैआफ्नो कोखबाट नजन्मिएको भए पनि । अरु राख्दा बडो विचार गर्नु पर्छ ।जो पायो त्यहि राखेर के गर्नु ? घरका सवै सामानहरु लट्टीपट्टि पारेर भागेकाछन् । त्यति मात्रै कहाँ हो र ? टोलका गुन्डाहरुसंग मिलेर चोरी गर्ने, थर्काउने, धम्कयाउने गर्छन । कति ठाउँमा पिटपाट गर्ने, मारिदिने घटनाहरु भएका छन्। गाह्रो छ, बुढेसकाल नानी !”
बार्दलीमा बसेर कुरा गर्दा गर्दै ६ बजिसकेको थियो । किशोर गईसकेकोथियो । बाहिर चौकीदारले गेट खोलेको आवाज आयो । त्यसपछिमोटरसाइकलको आवाज ।
फूपुले भनिन – ” ल नीता आइन । ठ्याक्कै ६ बजे । सवै सामानहरु लिएरआइन जस्तो छ । थुप्रै पोकाहरु छन् । समय र कामको पक्का ।”
सवैको ध्यान उतै गयो । एउटी केटी आँगनमा हेल्मेट फुकाईल्दै थिईन ।राजकुमार दम्पतीले महसुस गरे– साँच्चै फुपूले भने जस्तै जिऊडाल मिलेकी, फुर्तीली, राम्री रहिछिन ऊनी ।
एकछिन पछि बार्दलीमा आएर राजकुमार दम्पतीलाई अभिवादन गरिन – ” दर्शन दिज्यू–भिनाजु ।”
” आशिर्वाद छ, के छ हालचाल ?” रमाले भनिन ।
” ठिकै छ, हजुर । हजुरहरुलाई त मैले पहिलो चोटी भेटेको | हजुरहरुलाईकेहि फलफुल ल्याउँछु ।”
“पर्दैन नीता, हामीहरुले लिईसक्यौं ।” रमाले भनिन
” केहि त लिईस्योस” भन्दै नीता भान्सामा छिरिन । सवैलाई जुस ल्याएरदिईन ।
त्यस्तै १५ मिनेट पछि पानीको बोतल र बिभिन्न औषधिहरु लिएर नीता आईन।
“ड्याडी, यो औषधी लिस्योस । मम्मी, यो लिईस्योस ” भनेरफुपू–फुपाजुलाई दिईन । त्यसपछि भान्सामा फर्किन ।
फुपूले रमा तिर फर्किंदै मसिनो स्वरमा भनिन – ” देख्यौ नानी, कस्तीसोमत–मोमत भएकिछिन । राम्री कति । पढाई पनि राम्रो छ । के गर्नु, भाग्यकस्तो छ ।”
” हजुरहरुको संगतमा परे पछि भाग्य पनि राम्रै होला नि, दिज्यु ।” नीताकोबोली–व्यवहार, सौम्यताले प्रभावित भएकी रमाले एकै तीरले दुई शिकार गर्नखोजिन । यति भनेर नीताको कल्याण भए अति राम्रो । अर्को तिरफुपू–फुपाजुको भविस्यको योजना के रहेछ भनेर बुझिन्थ्यो ।
” त्यहि त राम्रै गरिदिऊँ भन्ने छ । बिहे गराई दिएर त्यहि पल्लो घरको एकफ्लाटमा राखौ भन्ने पनि छ । तर आफुलाई सँधै काम लाग्नु पनि पर्यो।“
रमालाई थाहा थियो फुपू कमलो मनको हुनुहुन्छ । तर फुपाजु त घाट घाटकोपानी खाएको मान्छे । आफ्नो स्वार्थ र अर्काको बाध्यतामा खेल्ने मान्छे ।अहिले सम्म फुपाजु कुरा सुनेर बसिरहेका थिए । तर बोले – ” मान्छे सँधैएकनासको कहाँ हुन्छ र ? कसैको विश्वास गरेर कहिँ हुन्छ ? बिकल्पहरुपाईहालिन्छ नि ।”
राजकुमार दम्पतीलाई च्वास्स घोच्यो । फुपाजु के थिए र पहिले । अहिलेयत्रो सम्पति सोझो अङ्गुली चलाएर त अवस्यनै आर्जन गरेका होईनन । तरकुनै प्रतिक्रिया देखाएनन ।आठ बजे डिनरको लागि नीताले सवैलाई बोलाईन। डाईनिङ्ग टेबल बिभिन्न परिकारहरुले भरिएको थियो । काउली आलु, मटर–तोफु, पालक–पनिरका तरकारीहरु, देहरादुनी चामलको पुलाव, गोलभेंडा तथा आलुको अचार तथा थुप्रै अरु आइटमहरु थिए । दुई घण्टामानैएक्लै त्यत्रो डिनर तयार गरेको देख्दा रमा जिल्ल परिन ।
नीताले बडो कुशलतापूर्वक आतिथ्य–सत्कार गरिन ।कहाँबाट सिकेको होलायी सवै भनेर राजकुमार दम्पति मनमनै गमिरहेका थिए ।अतिथि सत्कारमाबनेका परिकारहरु देखेर “सुखा” खाईरहेका फुपू–फुपाजुले आफ्नो मनलाईनियन्त्रण गर्न नसकेको प्रस्टै देखिन्थ्यो ।नीताले फुपू–फुपाजुलाई कुन चिजखान हुन्छ, कुन हुँदैन । खाना संग कुन औषधि खाने । चिल्लोचाप्लोमापथपहरेज गर्ने । गुलियो, नुनिलो, भुटेको, तारेको परिकारहरु देखेर खानलालातीत “ड्याडी–मम्मी“लाई सम्झाउने, बुझाउने काम गरिरहेकी थिईन ।मानौं, भोली केहि भयो भने परिवारलाई गाह्रो हुन्छ, त्यसैले अहिले नै विचारपुर्याउनु पर्छ भन्ने उनले सोचेकी थिइन् ।साँच्चै, एउटी छोरीको कर्तब्य निर्वाहगरिरहेकी थिईन ।
डिनर खाएर एकछिन कुराकानी गर्दा नौ बजिसकेको थियो । अव बिदाई हुनेसमय पनि आइसकेको थियो । तल ड्राइभर पनि तयारी अवस्थामा थियो ।फुपू–फुपाजुलाई डिनरको लागि कृतज्ञता ज्ञापन गर्दै राजकुमार दम्पतीस्वयम्भुबाट ठमेल तिर प्रस्थान गर्यो । बाटोमा रमाले राजकुमारलाई भनिन – “ कुनै पनि बेला त्यो परदेशमा हामी अलपत्र पर्न सक्छौँ । यहाँ पहिलेनैजोगाड गर्नु परेन ? हाम्रो पनि त्यहि हाल हुने मैले देखिसकेँ । हामीले पनिनीता जस्ती छोरी खोज्नु पर्छ ।“
” आ, के कुरा गरेको ? हाम्रा छोरा–छोरी त्यस्ता हुँदैनन ।” राजकुमारले भन्यो।
” बुद्धिमान मान्छे अरुलाई परेको देखेर आफ्नो बारेमा पनि विचार पुर्याउँछन् ।सोझो मान्छे आफुले हण्डर खाईसकेपछि मात्रै कुरा बुझ्छ ।“
राजकुमारलाई रमाको कुराले झ्वास्स भयो । बिदेशमा धेरै बुढाबुढीसन्तानको आश र भरमा पर्दा रोएर कोठामा बसेका वा नेपाल फर्केकादृश्यहरु सम्झ्यो । बिदेशमा यन्त्र–मानव हुँदै गएकाहरुको कर्तुत सम्झिँदाउसको जीउ सिरिङ्ग भयो ।
—बेड्फोर्ड, टेक्सास
मार्च २०२१