मलाई के बिपत्तिले घेर्यो –  आफ्नाहरुले केहि महिना चियो–चर्चो गरे । त्यसपछि नेपालमा फोनमा आउने ” तपाईंले सम्पर्क गर्नु भएको फोन उठेन…” भनेजस्तो भयो । म आफुलाई क्रमस: एक्लिँदै गएको महसुस गर्न थालेँ । कुनामाबसेर एक्लै घोत्लिन थाले पछि भूत, बर्तमान र भविष्य मेरो अगाडी आएरथर्काउन थाले । मलाई लाग्न लाग्यो – यिनीहरुको आक्रमण सहिरहने हो भनेम जुनसुकै दिन पनि “कोल्याप्स” हुन् सक्छु । । त्यस पछि त “सक्की गो नी!”  यसरि त भएन – यो  जीवन र जगत के रहेछ भन्ने कुरो बुझ्न पर्यो भन्नेलाग्यो । अहिले सम्म त बाहिरी संसार हेरियो, अव त आफु भित्रैको संसारहेर्नु पर्यो भन्ने सोचेर ज्ञानको खोजी गर्न तिर लागियो  ।

अहिलेको सूचनाप्रविधिको “घोप्टे युग” मा  पहिले पहिले जस्तो ज्ञानको खोजीमा साधुसन्तखोज्दै हिमालको गुफातिर जान पर्ने अवस्था छैन भन्ने मलाई थाहा थियो ।सेल फोन वा ल्यापटपमा घोप्टिएर  स्वदेशका, यतै तिरका तथा छिमेकीदेशका एक से एक आधुनिक साधु–साध्वीहरुलो प्रवचन सुन्न तिर लागेँ ।कुरोलाई जेरी जस्तो गुलियो अनि कहाँ  छेऊ कहाँ टुप्पो पत्ता लगाउनैनसकिने बनाएर आफ्नो दुनो सोझ्याईरहेका रहेछन जस्तो महसुस भयो ।

त्यसमा पनि छिमेक तिर ‘ क्या ले के आए हो, क्या ले के जावोगे भन्दै सवैउसैलाई बुझाए स्वर्गमा “रिजर्भेसन” गराइदिने आस्वासन दिंदै “साधु” बनाएरआफु चाँही भब्य घर, किमती गाडी आदिको सुबिधाभोग गर्ने गरिरहेका कुरोपनि त्यतै तिरबाट बुझियो । अर्कालाई प्रवचन दिंदा ब्याख्या गरिने जीवन रजगतका कुरा उनीहरुकै जीवनशैलीसँग मेल नखाएको प्रष्टै बुझे पछिअनुयायी बन्ने तिर लागिएन – मूर्ख,अज्ञानी भने  भनुन । श्यालले कातर भनेरसिंहलाई के फरक पर्छ भनेर आफ्नो मन बुझाएँ ।

तिनीहरुलाई छोडे पछि पनि कहाँ सुख पाइयो र ! फेसबुकमा आफ्ना मित्रहरुएक से एक ज्ञान, उपदेश दिंदै जीवन र जगतका बारेमा आ–आफ्ना दृष्टिकोण“पोस्ट” गर्न लागे । “घरै  पिंडालु, बनै  पिडालु – ससुराली जाँदा बाह्र हातकोपिंडालु ” भने जस्तै हुन् लाग्यो । तर फेसबुकलाई पनि माया मार्न सकिन, साथीभाई (बैनी पनि !) लाई फेसबुके कुटोले गोडमेल गरि झारपात भन्दैफाल्न पनि सकिन ।

यता तिरका फेसबुके मित्रहरुको पोस्टिंगहरुको अनुसन्धान गर्दै जाँदा केजानकारी हासिल गरेँ भने – घर वा संस्थामा कलह हुँदा, ब्यापारमा घाटालाग्दा, एउटा जागिर खुस्किएर अर्को जागिर खोज्दै गर्दा उहाँहरुमा“बैराग्यबोध”  उत्पन्न हुँदोरहेछ । त्यहि बेला जीवन र जगतको बारेमाउपदेशहरु फेसबुकमा सर्वसाधारणहरुको लागि राखिदिनुहुँदोरहेछ । मन्चमामाइक समाएर बोल्न पाउँदा, ठूलो होटलमा पार्टी खाँदा, नयाँ महँगो गाडीकिन्दा, आलिशान घर किन्दा, छुट्टीमा  मायामी, कानकुन, हवाई, जमैकाआदि ठाउँहरुमा जाँदाका फोटाहरु फेसबुकमा पोस्ट्याऊँदा उहाँहरुको“खुशीको हार्मोन” ह्वात्तै बढेर जीवन प्रतिको मीठो सारंगीको धुन  मिसिएकोगीतहरु (फेसबुके पोस्टिंगलाई साहित्यिक जलप लगाई दिएको !) हेर्नपाँइदो रहेछ । बिचारको ठेगान नभएका , “माछा देख्दा दुलाँ हात, सर्प देख्दापाखाँ हात” गर्ने मित्रहरुको उपदेशको के अर्थ भो र !

यस्तो तालले जीवन र जगत बुझिदैन – अलि “गहिरो” संग आध्यात्मबुझेकाहरुको लेखहरु  हेर्नु पर्यो भनेर किताव तथा पत्रिकाहरु पढन थालेँ ।भरे त ! उनीहरु आफैँनै   कुहिरोमा हराएका कागहरु जस्ता पो लाग्न थाले ।कोहि के लेखिरहेको छ, कोहि के लेखिरहेको छ – कुरो बुझ्दा उनीहरुको एकआपसमा भेटघाट भयो भने चर्काचर्की , अझै गोदागोदनै हुन्छ कि जस्तोलाग्यो । को सद्दे, को बिसद्धे ?

यत्ति हुँदा पनि मेरो जीवन र जगतको बारेमा जान्ने तृष्णा मेटिएन । अनि ठाउँठाउँमा यस बिषयमा चर्चा गरें – कोहि गतिलै मान्छे भेटिन्छ कि भनेर । एकदिन एउटा जमघटमा हाम्रा आध्यात्मिक ग्रन्थहरुलाई मनोबैज्ञानिकदृष्टिकोणले बडो “गहिराइ”मा ब्याख्या गरेको बारेमा चर्चा  सुनेँ ।महाभारतका ती महान पात्र अर्जुनलाई “डिप्रेसन” थियो भन्ने तर्क अघितेर्साएको कुरो पनि सुनेँ । जताततै मनोविज्ञानको हाईहाई भएको समयमामनोविज्ञानको बारेमा केहि पनि नजान्नु ठीक होइन भनेर त्यसको अध्ययनगर्ने निर्णय गरेँ । औपचारिक अध्ययन तिर चाँहि लागिन । पहिले गरेकाऔपचारिक अध्ययनका थुप्रै प्रमाणपत्रहरुका पोकाहरुका बोझ बोकेरहिंडीरहेको हुँदा यो मनोविज्ञान बिषयलाई चाँही टाउको भित्रै “इन्स्टल” गर्नेसोचें ।

करिव दुई बर्ष मनोविज्ञानको अध्ययन गरेँ – मान्छेका मनमा आउनेबिचारहरुको प्रकृति, प्रवृति, त्यसबाट बन्ने मनोवृति, त्यसले  मान्छेकोशारीरिक, मानसिक, सामाजिक आदि क्षेत्रमा पार्ने  असर, व्यक्तित्वबर्गिकरण, मानसिक रोगहरुको नालीबेली, उपचार प्रविधि आदि अनेकपक्षहरुमा जानकारी हासिल गरेँ । बुझ्दै जाँदा ” तातो ताप्केबाट उफ्रिएँ, आगोको भुङ्ग्रोमा परें” भने जस्तो स्थिति पो देखा पर्यो । यो जीवन र जगतभन्ने “जिनिस” त सवै “मनको खेल” रहेछ भन्ने निष्कर्षमा पुग्छु कि भन्ने डरपनि पैदा भयो ।

अनि यो “मनको खेल” हेर्न मन लाग्यो । आफुलाई साक्षीभावमा राखेरआफ्नो अनि अरुहरुको मनको खेल हेर्न थालेँ ।

ओहो ! गजव गजव को खेल देखिन थाल्यो ।

कोहि अनेक “कर्तुत” गरेर अरवपति भएर “साधु” को ढोंग गरिरहेको देखेँ ।कोहि साधुको ढोंग गरेर अनेक छल–कपट गर्दै अरवपति हुँदै गरेको देखेँ ।पैसा, सम्पति, नाम, पद, शक्तिको लागि विश्व देखि देखि लिएर घर घर सम्मभैरहेको रणसंग्राम देखेँ । अनि यहि रणसंग्राममै कति मानसिक रोगी भएकोदेखेँ । प्रष्टै संग भन्नु पर्दा “जगत” मनोरोगीहरुको कुरुक्षेत्र रहेछ, जीवनमनोरोगीहरु बिचको  लडाईं रहेछ । यहाँ “सद्दे” कोहि रहेनछ ।

ओहो ! जीवन र जगत प्रति कति नकारात्मक भएको ? राम्रा राम्रा कुराहरुपनि छन् नि , सन्तुलित भएर सोच्नु पर्दैन – म भित्र भएको विवेकले मलाईहप्कायो । हेर त,  यहाँ कस्ता कस्ता महापुरुषहरु भए । उनीहरुले योजगतलाई सुन्दर  र मानव जीवनलाई खुशी, सुखी बनाउन कति योगदान दिए।

आखिर उही “मनको खेल” कै कुरो आयो । जीवन र जगतलाई कसरि लिने, कसरि हेर्ने, कसरि बुझ्ने भन्ने कुरो ! जति बुझ्न खोज्यो उति तनाव !

किन धेरै टाउको दुखाउने जिन्दगीमा  भनेर यु ट्युब खोलेँ । काली प्रसादरिजालको शव्दमा  नारायण गोपालले गाएको कालजयी गीत देखा पर्यो, खोलेँ –

“केही मिठो बात गर रात तेसै ढल्किदै छ

भरे फेरि एकांतमा रुनु त छदै छ…… “

लाग्यो, गीतले जीवन र जगतको बारेमा संकेत गरेको छ – बर्तमानलाईरमाइलो बनाउँ, अरु कुरो त भन्ने पर्दैन, सवैले बुझेकै छन् ।

सेप्टेम्बर २२, २०२३

डालस, टेक्सास

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected