इरा आर्चायको श्रद्धान्जली सभामा ड्यालसका नेपाली स्तब्ध

टेक्ससका साहित्यकार बैकुण्ठराज आचार्यको सुख दुखकी सहारा थिइन इरा आचार्य । तिनै सहाराले छोडेर सधैका लागी गएपछि उनी एक्ला भएका छन् ।
आइतबार ड्यालसको नेपाली मन्दिरको सभाहलमा आयोजीत समाजसेवी इरा आचार्यको श्रद्धान्जली सभामा उनी भावुक बने । बोल्दा बोल्दै भक्कानिए । पत्नि वियोगले झटपटिएका उनी श्रद्धाञ्जली सभामा बोल्ने क्रममा भावुक बने । ‘सुखदुखकी सहारा मात्र हैन उनी समाजका लागी केही गरौ भन्ने भावनाकी थिइन, श्रद्धाञ्जली सभामा स्तब्ध हुदै उनले भने–‘उनको रगतमै समाजसेवाके भाव थियो जस्तो लाग्छ ।’
उनी अरुलाई सहयोग गर्न जहिलो पनि तत्पर हुदै आएकी थिइन । ड्यालस एभरेष्ट लायन्स क्लबको आयोजना तथा अन्य विभिन्न संघ संस्थाको अयाोजनामा भएको कार्यक्रममा बोल्ने अधिकांश वक्ताले समासेवी इरा आचार्यको व्यक्तित्व र उनले समाजका लागी गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरे । उनका श्रद्धाजली सभामा धेरैका आखा रसाए । बोल्दा बोल्दै धेरै भक्कानिए ।
स्वर्गीय आचार्यकी छोरी इशा आचार्यले आमाको समाजसेवाको भावको कहिल्यै ध्यान नदिए पनि अहिले आएर उहा“को समाजप्रतिको योगदानको महत्व बल्ल बुझेको बताइन ।
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, डेभलप्मेन्ट फर पिस की भगवती पौडेल, हस्र्ट नेपाली समाजकी जया ढुंगाना, लायत विनोद माथुर, स्रष्टा साझका प्राध्यापक डा प्रभात दिक्षित, ग्लोबल भुटनिज साहित्यका डेन्जोंङ राई, समाजसेवी डा मुरली अधिकारी, बासु भण्डारी, डा नन्द रेग्मी, ड्यालस लायन्स क्लबका पुर्व अध्यक्ष शिव काफ्ले, बिएन पन्त, वर्तमान अध्यक्ष सुरेश बस्याल तथा समाजसेवी स्वर्गीय आचार्यकी सहयात्री गीता पाण्डे, इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष सुशिल क्षेत्री लगाययले उनको समाज सेवाको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा स्वर्गीय इरा आचार्यको सम्झनामा दिप प्रज्वलन समेत गरेर उनको सम्झना गरिएको थियो ।
क्यानसरले इरा आचार्यलार्य ५९ वर्षको उमेरमै सधैका लागी चुडेर लग्यो । उनी टेक्ससको फोटवर्थ हस्र्टमा परिवार संगै बस्दै आएक थिइन ।
सन् २००६ मा अमेरिका आएकी इराले टेक्ससमा रहेर बा“चुन्जेल आफुले सकेको सामाजिक योगदान दिइन । संघसंस्थाको अगुवाई गरिन । २०१३ देखि २०१४ सम्म उनी ड्यालस एभरेष्ट लायन्स क्लबको अध्यक्ष भएर काम गरिन ।
त्यतिबेला उनले यहाँ वाक फर किडनी नामक सहयोग अभियान चलाएर नेपालमा आरोग्य केन्द्रका लागी उनको पहलमा सहयोग पनि भयो त्यतिबेला ।
त्यस्तै उनी ब्लड डोर्नस अफ अमेरिकाका केन्द्रिय सदस्य तथा प्रकाशन प्रमुख भएर पनि काम गरिन । त्यस्तै उनी डेपलपमेन्ट फर पिस इन्टरनेशनलको कार्यक्रम निर्देशक भएर लामो समय देखि सामाजिक अभियानलाई अगाडी बढाउने काम गरिन । नेपालमा संस्था मार्फत ४० जना अनाथ तथा भुकम्प पीडित बालबालिका लागी पढाउने उनको पहलमा पढाउने काम भयो ।
इराको सहयोगी मन अमेरिका आउनु अगाडी नै नेपालमा हुँदा देखि नै हो । उनी नेपालमा १९९९ देखि २००४ सम्म युएनडिपी अन्तर्गत लघु उद्यम विकास कार्यक्रमको कार्यक्रम निर्देशक भएर काम गरिन । त्यतिबेला उनको पहलमा नेपालाका २ हजार महिलालाई लघु उद्यमी बन्न सफल भए । डिएफआइडीमा दुई वर्ष लघु उद्यम विशेषज्ञ भएरै काम गरिन । त्यस्तै अन्य सघ संस्थामा रहेर पनि उनले लामो समय काम गरिन ।
त्रिभुवन विश्विद्यालयबाट अर्थशास्त्रमा एमए गरेकी इरा महिला विकासको बारेमा पोस्ट ग्रयाजुएट तथा रिसर्च अध्ययनका लागी उनी २००२ मा ६ महिनाका लागी जर्मन समेत पुगेकी थिइन । स्वर्गिय इराका श्रीमान बैकुन्ठराज आचार्य टेक्ससमा सक्रिय साहित्यकार हुन । उनले नेपाल सरकारमा १६ वर्ष सिभिल इन्जिनियर भएर काम गरे । स्वर्गिय इराका एक छोरा र एक छोरी छिन् । उनी लामो समय देखि जेपी मोर्गानचेस मा क्वालिटी कन्ट्रोलरको रुपमा समेत का गदै आएकी थिइन ।