फोटो पत्रकारिताको ईतिहास र महत्व
तस्बिरको माध्यमबाट सूचना तथा समाचार सम्प्रेसण गरि गरिने पत्रकरितालाई नै फोटो पत्रकारिता भन्ने गरिन्छ । रेडियो बाहेक सबै संचारमाध्यमा प्रयोग गर्नसकिने फोटो पत्रकारिता अहिले झनझन् लोकप्रिय बन्दै आएको छ। बीसौंसताब्दीको प्रारम्भ संगै बेलायति फोटोग्राफर रोजर फेंटनले क्रिमिया युद्दमा खिचिएको फोटो युरोपेली अखबारहरुमा छापिएको तस्बिरले निकै चर्चा पाए लगतै अमेरिकाको गृहयुद्द बेला खिचेकाका तस्बिरहरुले त्यतिबेलाका अखबारहरुमा चर्चा पाएका थिए। त्यो समय फोटोहरु पत्रिकामा छाप्नको लागि काठ तथा तामाको ब्लकको सहायता लिन पर्दथ्यो। जसका कारण फोटोको आकारलाई घटाउन वा बढाउन सकिदैनथ्यो। अर्को तिर लामो समय र लगात महान्गो लाग्ने भएकोले सर्वसुलभ र लोकप्रिय हुन सकिरहेको थिएन। बिबिध कारणबस माथि बढ्न नसकेको फोटोपत्रकारितालाई दोस्रो बिश्वयुद्दले व्यापक परिबर्तनलाईदियो ।
बिश्वयुद्दका पछिल्ला वर्षहरुमा जापानले छरिता र आधुनिक विशेषता भएको क्यामराहरु युरोप र अमेरिकाका बजारहरुमा ल्याउन थाले। त्यसपछि फोटोपत्रकारितामा केहि साहज हुन थाल्यो। डेनमार्कको राजधानी कोपन हेगनमा सन् १९१२मा १२ जना फोटोपत्रकारहरु मिलेर डेनिस युनियन अफ फोटोग्राफर्स नामक बिश्वकै पहिलो फोटो पत्रकार संघ गठन गरेका थिए। सन् १९६८देखि फिचर फोटोग्राफी ,स्पट न्युज फोटोग्राफी र क्याप्चर द मोमेन्ट नामक फोटो पत्रकारिता विधामा पुलित्जर नामक फोटो पुरुस्कार दिन थालियो जसले फोटोपत्रकारिताको झनै महत्व बढायो फोटो ग्राफर केभिन कार्टरले खिचेका “सुडानमा खरेडी परेकोबेला एक बालक भोकमरीले ग्रस्त भएर संयुत राष्ट्रसंघको खाध भण्डार तिर घिस्रदै गरेको र अलि पछाडी बसेर घिद्दले कहिले मर्ला र खान पाउला भनेर कुरेर बसेको“तस्बिरले सन् १९९४मा पुलित्जर पुरुस्कार जितेका थिए। यो हृदयविदारक तस्बिरदेखेर कार्टन दुइ महिना पछी आत्माहत्या गरेका थिए। त्यसै गरि अत्याधुनिक प्रविधिले फोटोपत्रकारितालाई नंया रुप फेरी दिएकोछ । सन् १९८० भन्दा अगाडि सम्म रंगिन फोटो छाप्न ज्यादै कठिन हुने र छापिएका तस्बिरहरु पनि लतपत हुने जस्ता प्राबिधिक समस्याले फोटो पत्रकारितामा प्राबिधिक गुणस्तर प्रभाकारी हुन सकेको थिएन। तर १९९१ मा भित्रिएको अपसेट प्रविधिले ति सबै समस्या हटायो र फोटो पत्रकारितालाई अत्यधिक डिजिटल क्यमाराले खिछेका तस्बिरहरु संसारभर तत्कालै उपलब्ध गराउन सकिने भयो र यसले अझै उचाइमा पुराउने काम गर्यो। र फोटो पत्रकारितालाई लोकप्रिय बनायो। यसको प्रभाब बिस्तारै नेपालमा पनि पर्न थाल्ल्यो।
जंग बहादुर राणा बेलायत भ्रमणबाट फर्किए पश्चात नेपालमा फोटोपत्रकारिताको सुरुवात भएको पाईन्छ । सर्बप्रथम बि.स. १९८४ बैसाख १३मा बिरगंजकी १२ बर्षिया बालिका सुर्यमति श्रेष्ठले चर्खामा धागो कातिहरेको तस्बिर गोर्खा पत्रले छापेको थियो. तेतिखेर फोटो धुलाई कार्य निकैनै जटिल हुने गर्दा एउटा फोटो पत्रिकामा छपाउन हप्तौं समय लाग्ने गर्दथ्यो। बिस्तारै प्रबिधि विकासक्रम संगै बि.स. १९९७ साउनमा गोर्खा पत्र छापाखानाका लागि फोटो ब्लक बनाउने मेसिन ल्याई २००७ साल पछि सूचना विभागले अधिराज्यका पत्रपत्रिकालाई सरकारी फोटो निशुल्क उपलब्ध गराउन थाल्यो । त्यस पश्चात फेरी नेपाली फोटोपत्रकारीताको ब्यवसायिक बिकासलाई २०४६ सालको परिवर्तनले नयाँ उर्जा मिल्यो । परिवर्तन सँगै कान्तिपुर लगाएतका निजी रंगिन पत्रीकाहरुले धेरै फोटो पत्रकार जान्न्मएको पाईन्न्छ । जस्को ६ बर्ष नबीत्दै नेपालले १०बर्शे द्वन्दकाल खेप्न पर्यो ।यसले पनि नेपालमा फोटोपत्रकारिताको महत्व र बिकासलाई अझ उचाइमा पुराउने काम गरेको छ । यसलाई शब्दमा व्याख्या गरेर सकिदैन जुन घटनाको यथार्थ विवरण फोटोपत्रकारिताबाट मात्र सम्भब छ । त्यसैले भनिन्छ हजार शब्दले वरण गर्न नसकेको कुरा एउटा तस्वीरले गर्दछ । जसले न्यायमा एक रतिपनि कन्च्युस्याई गर्दैन । जहाँ कुनै ब्याक्ति बिषयबस्तु बिशेष घटना वा कथाबस्तुको सजिब चित्रण गर्दछ ।
लेखक फेाटेा पत्रकार हुन ।