टेक्ससमा भव्य बन्दै नेपाली मन्दिर
यतिबेला टेक्ससको युलेसमा नया नेपाली मन्दिर बनाउन यहा“का नेपालीहरु कस्सिएका छन् । सबैले आफनो गक्ष्य अनुसार चन्दा दिएर मन्दिर ठडाउन लागी परेका हुन । मन्दिर चन्दा संकलनबाट बन्न लागेको हो । राजनितिज्ञ तथा समाजसेवी भिम कार्कीले नया मन्दिर निर्माणका लागी झन्डै ५५ लाख रुपैया चन्दा दिने बचन दिए । ‘हामी संबै अटाउने मन्दिरलाई आफुले सकेको दान गरौ भनेर लागेको हु“ र्फुिर्तलो पारामा उनले भने– ‘जसरी हुन्छ नया मन्दिर भव्य र विशाल बनोस् भन्ने ध्येय मेरो हो ।’
यो समाचार तयार पार्दा सम्म मन्दिर निर्मांणका लागी अहिले सम्म सबै भन्दा धेरै मुल्यको चन्दा बोल्ने उनी पहिलो हुन । झन्डै ५० करोड नेपाली रुपैयाको लागतमा मन्दिर निर्माण हुन लागेको हो ।
उनि मात्र हैनन टेक्ससमा रहेका सबै तह र तप्काका नेपालीले मन्दिर निर्माणका लागी आफुले सकेको सहयोग चन्दाको रुपमा गरिरहेका छन् । अन्य दस जना व्यक्तिले पनि ५० लाख भन्दा बढी चन्दा दिने बचन दिइसकेका छन् । सहयोग संकलनका लागी यहा“ फन्डराइज कार्यक्रम पनि बेला–बेलामा आयोजना भइरहेको छ ।
यो संगै सहयोगदाताहरुको सख्या पनि बढ्दै गएको छ । टेक्ससको अर्भिङमा रहेको नेपाली मन्दिर साघुरो हु“दै गएपछि फराकिलो जग्गामा नया मन्दिर बनाउने अवधारणा अघि सरेको हो । टेक्ससमा नेपाली समुदायको बसोबास बढ्दै गएपछि अहिले संचालनमा रहेको मन्दिर बिहे वर्तबन्धदेखि हरेक गतिविधी गर्न साघुरो हु“दै गएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र बोर्ड अफ ट्रस्टीका अध्यक्ष विनय अर्यालले बताए । ‘अबको निर्माणधिन मन्दिर सबै धर्म समुदायको जमघट हुने सांस्कृतिक तथा धार्मिक धामकै रुपमा बनाउदैछौ’ अध्यक्ष अर्यालले भने– ‘सबै नेपालीपन झल्कने तरीकाले विशाल रुपमै मन्दिर बनाउन लागेको हौ ।’ उनका अनुसार अब बन्ने मन्दिरको मुख्य भवनमा पशुपति र बुद्ध हुनेछन् । अरु देवीदेवता अन्य भवनमा हुनेछ ।
मन्दिरमा बृद्धबुद्धाका लागी भजनर्कीितन गर्ने हल, मल्टिपर्पोज हल, बच्चा बच्चीका लागी खेल्ने र बस्ने छुट्टै कोठा, क्याफटेयिा, विश्रामघर , ध्यानकेन्द्र, अफिस लगायत विभिन्न कोठाहरु मन्दिरमा हुनेछन् । अब बिहे वर्तब्रन्धका लागी घरमै गरे जस्तै अनुभव हुने गरी हवन सहितको तीन वटा छुट्टै हल बनाइने अध्यक्ष अर्यालले जानकारी दिए । युवाहरुलाई मन्दिर आएर आफनो संस्कार र संस्कृति प्रति आकर्षित गराउन र यहा भुल्ने वातावरण बनाउन बास्केटबल तथा भलिबल कोर्ट पनि मन्दिर परिसरमा निर्माण हुने बताइएको छ ।
अहिले चालु अवस्थामा अभिङमा रहेको नेपाली मन्दिरमा यी सुविधाहरु छैनन । नेपाली बढ्दो चापले मन्दिर पनि साघुरो भइसकेको छ । बाहिरबाट हेर्दा समेत मन्दिरको झझल्को दिदैन । अब बन्ने मन्दिरले नेपालकै पशुपति र स्वयम्भु कै झझल्को दिनेछ ।
हतारमा जग्गासहित किनेको मन्दिर नेपालीको चापसंगै साघुरो हुनका साथै मन्दिरको भ्यु र नेपालीपन झल्कने बाहिरबाट केही देखिएन । पार्किङ अस्तव्यस्त उस्तै । भीडभाड थेग्नै मुस्किल । यही चिन्तालाई मत्थर पादै नेपाली पनको झझल्को दिन र ठुलो क्ष्ँेत्रफलमा सुविधासम्पन्न पार्किङ स्थलसहित मन्दिर बनाउन यहा“का अगुवा नेपाली जुटेका हुन ।
मन्दिर निर्माणका लागी यहा“का सबै नेपालीले दिल खोलेर आफुले सकेको सहयोग गरिरहेका छन् । चन्दा दिन युवा देखि पाका सम्मका नेपालीहरु अग्रसर भएका छन् । सबैको सहयोगले नै यति ठुलो योजना निर्माणका लागी टेक्ससका नेपाली जुर्मराएका हुन । यो महत्वकांक्षी योजना चन्दा संकलनबाट पुरा हुने बोर्ड अफ ट्रस्टीले जनाएको छ । त्यसैगरी पुरानो मन्दिर र जग्गा बिक्री र खातामा रहेको ३ करोड रुपैया गरी झण्डै १७ करोड रुपैया मन्दिरको स्वामित्वबाट उठनेछ । बाकी रकम टेक्ससमा रहेका नेपालीहरुबाट चन्दा संकलन गरिने लक्ष्य सहित मन्दिर निर्माणको काम अघि बढेको छ । निर्माणको पहिलो फेजमा मन्दिरको ब्लक निर्माण्ँ हुनेछ । साढे चार सय जनाले एकैचोटी खान मिल्ने क्याफटेरिया र साढे तीन सय सवारी अटने पार्किङ स्थलको सुविधा मन्दिर परिसरमा हुने नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्र टेक्ससका अध्यक्ष सुरेश सि पोखरेलले बताए ।‘केवल पुजापाठका लागी मात्र नभई धार्मिक तथा सांस्कृतिक केन्द्रको रुपमा मन्दिरको स्थापना हुन लागेको हो, पोखरेलले भने–‘अब बन्ने मन्दिरले बास्तविक नेपालीपनको झझल्को दिनेछ ।’ । उनका अनुसार युलेसको हाइबे–१० संगैको ६.४ एकड जग्गामा फेज अनुसार बन्न लागेको मन्दिर तीन वर्षमा पुरा हुन योजना रहेको छ । टेक्ससमा नेपाली समुदायको बाक्लो उपस्थिति बढ्दै गएपछि सन् २००८ मा भाडामा घर लिएर मन्दिर चलाउन सुरु भएको थियो । त्यसको ठिक चार वर्ष पछि नेपाली समुदायको पहलमा आफनै भवन खरिद भएपछि औपचारिक रुपमा २०१३ बाट अर्भिङको मन्दिर सुरु भएको भएको थियो । अहिले बन्न लागेको सुविधासम्पन्न मन्दिरको सर्भे भएर काम अघि बढीसकेको छ । मन्दिरको अवधारणा नेपाली इन्जिनियर रवि अधिकारीले बनाएका हुन ।