शैलेन्द्र शिम्खडाले हसाँए टेक्सस
हाँस्यव्यंगका हस्ती शैलेन्द्र शिम्खडा शनिवार साझ टेक्ससको युलेस स्थित फिस्टेल रेष्टुरेन्टमा झुल्किए ।
गैरआवासिय नेपाली संघ टेक्सस च्याप्टर तथा ८८४८ मिडिया हाउसको सह आयोजनामा भएको कार्यक्रममा च्याप्टर अध्यक्ष राजेश अर्याल, सचिव सोफीन थापा र निर्देशक नारायण पुरीले स्वागत गरेपछि कार्यक्रम सुरु भएको थियो ।
स्टेजमा माइक समाएर गला खोल्ने बितिक्कै दर्शक दिर्घामा बस्नेहरु गलल हा“से । उनले नेपालको राजनिति, नायक नायिका देखि सिनेमा नेपाली समाज र महिला र पुरुषका आचरण र व्यवहारमा विषय चोटीला व्यङ्ग कसे ।
सुरु उनले देश कस्तो छ भन्ने प्रसंगमा उनले देश जस्ताको त्यस्तै भएको भन्दै व्यङ्ग गरे ।
नेताले करोडौ गाडी चढेको प्रसंग देखि विदेशका नेपालीले धानेको रेमिट्यान्सले धानिएको छ तिनलाई नागरिकताको अधिकार दिदैन । पुलिस नेताको चरम भ्रष्टचार देखि राजनिति व्यवसाय भएको व्यङ्ग गरे ।
नेताले मार्सिको भात खाएर खल्तीमा नोट हाल्ने देखि देशका लााई रित्तो बनाउने प्रवृत्ति प्रति तिखो व्यङ्ग गरे ।
एनआरएनएलाई दिने दोहोरो नागरिकता र बिरगञ्जमा बेचेको नागरिकता प्रति पनि व्यङ्ग गरे ।गणतन्त्र नै अभिसाप बनेको देखि देशको ढुकुटी रित्तिएको देखि बलात्कार र अपराध मौलाएको मुलुकको अवस्थालाई पनि उनले तिखो व्यङ्ग गरे ।
उनले विदेशमा नेपाली नेता आउदा फुलमाला लिएर एयरपोर्ट धाउने कार्यकर्ता प्रति व्यङ्ग हाने । विदेशमा भएको अनावश्यक राजनिति प्रति उनले छेड हान्नपछि परेनन । उनले विदेशमा नेता आउदा फुलमाला लिएर कुदनेहरुलाई व्यङ्ग गर्दा केहीको अनुहार कालोनिलो भएको थियो ।
उनले झण्डै डेढ घन्टाको प्रहसनमा अधिकांशमा पहिल्यै वर्षेा अघि भन्दै आएका व्यङ्गहरु थिएन । नयापन केही थिएन । सबै सुनिएका व्यङ्ग थिए । हालै सरकारले सिस्नोपानीमा बन्देज लगाएको व्यङ्ग पनि उनले सुनाएका थिए ।
शिम्खडा क्यालिफोर्नियामा सम्पन्न ग्लोबल फिल्म अर्वाड सकेर कार्यक्रममा यता आएका हुन । एनआरएन