शिव शर्मा
टेक्सस–हिजोआज सुन्ने भन्दा बढी हेर्ने गीतको टे«न्ड बढ्दो छ । यसका लागी गीतको म्युजिक भिडियो निर्माणको लहर छ । नेपालबाहिर यो सात समुन्द्र पारीको सहर अमेरिकामा पनि नेपाली गीतको म्युजिक निर्माणको क्रम बग्रेल्ती देखिन्छ । लोकप्रिय पप ब्यान्ड कर्माका भोकलिष्ट सुरेन्द्रमान सिंह अमेरिकाको टेक्ससमा बसोबास गर्छन् ।
अहिले उनको काम भनेको म्युजिक भिडियो निर्देशन, सम्पादन र प्रोडक्सन रहेको छ । नेपाली कलाकार देखि विदेशी कलाकारको भिडियो निर्माणमा उनी व्यस्त छन् । ‘तीन दर्जन भन्दा बढी नेपाली म्युजिक भिडियो निर्माण र निर्देशन गरिसकेका सिंह भन्छन–‘म्युजिक भिडियो निर्माणको व्यस्तता दिनप्रतिदिन बढ्दो छ ।’


यतै बसोबास गर्ने कलाकारको मात्र नभई नेपालमा बस्ने कलाकारहरुले समेत म्युजिक निर्माणका लागी अफर गर्ने गरेको उनले बताए । उनले म्युजिक भिडियो संगै छोटो चलचित्र समेत निर्माण गदै आएका छन् ।
उच्च प्रविधि युक्त क्यामेरा संगै नया थिमका म्युजिक भिडियो बनाउने र यसमा अभिनय गर्ने कलाकारहरुको क्रेज अमेरिकामा बढीरहेको छ । नेपालका चर्चित कलाकारहरु म्य दिलिप रायमाझी देखि राजबल्लभ कोइराला संग म्युजिक भिडियोमा खेलेकी सुनिक्षा मैनाली भर्जिनियामा बसोबास गर्छिन् । केही अघि उनी मेलिना राईको गीतमा मोडल बन्न उनलाई अफर आयो । गीतका लागी भनेर बोदी कम्पनीले उनलाई टेक्ससमा झिकायो ।
म्युजिक भिडियोहरुमा अफर आउने क्रम बढेको छ’ हालै टेक्ससमा भेटिएकी सुनिक्षाले भनिन–‘राम्रा गीतहरुको भिडियोमा छानेर काम गरिरहेकी छु ।’
उनि मात्र हैन म्युजिक भिडियो निर्माण हवात्तै बढेपछि गीतमा अभिनय गर्ने धेरै नया अनुहारहरुले पनि अवसर पाएका छन् । तिनै मध्येका हुन राकेश सहनी । फिल्म निर्देशक नारायण पुरीको निर्देशन गरेको गीतमा पहिलो अभिनयको अवसर पाएका उनी फुरुङ छन् । ‘अव मेरा अन्य म्युजिक भिडियोहरुमा खेल्ने बाटो खुलेको छ’ फुर्तिलो पारामा उनले भने–‘अव निरन्तर रुपमा अन्य भिडियोहरुमा अभिनय गदै जानेछु ।’


टेक्ससमा अधिक नेपाली बसोबास संगै यहा“ म्युजिक भिडियो निर्माणको गतिविधी अन्यत्र भन्दा बढी पनि छ । यही अवसर देखेर नै फिल्मकर्मि रमेश एमके पौडेलले भिडियो निर्माण, प्रोमोशन, अनलाइन टिभी, रेडियो देखि फिल्म निर्माणलाई समेत लक्षितगरी यहा“ बोधी इन्टरटेनमेन्ट कम्पनी नै चलाएका छन् । स्तरीय भिडियो निर्माण गरेर बजार बनाइरहेका उनले भने– ‘विदेशमा पनि गर्नसके म्युजिक भिडियो निर्माणमा पनि अवसरै अवसर रहेछ ।’

म्युजिक भिडियो निर्माणका लागी यहा“ भने जस्तो लोकेशनहरु रहेका छन् । सुटिङका क्रममा प्राविधिकहरुको भने निर्माण कम्पनीहरुले अभाव झेल्दै आएका छन् । निर्माण पक्षले नै आफै सबै काम गर्नुपर्छ । टेक्ससमा बसेर गीत लेखनमा सक्रिय भुपेन्द्र न्यौपानेले पनि आफना गीतहरुको भिडियो यतै गदै आएका छन् । ‘लोकशनहरु राम्रै भएपनि गीतका लागी आर्थिक भार केही बढी हुने गरेको छ ’उनले भने– ‘उच्चस्तरीय प्राविधिकले भने म्युजिक भिडियो निर्माणपछि आत्मसन्तुष्टि दिन्छ ।’

टेक्ससमै हुज योर ड्याडी बोलको ¥याप गीत निर्माण गरेर चर्चामा आएको लुसेन्ट फिल्मले पनि यहा“ नियमित रुपमा म्युजिक भिडियो बनाउदै आएको छ । दर्जनौ भिडियो निर्माण गरेका निर्देशक विकास बराइलीले प्रोस्ट प्रोडक्सनको काम पनि गर्छन् ।
कान्छि कान्छि र कुम जोडी नाचौ लाग्यो गीतका गायक किसन रेग्मीले यतै बस्ने नेपालीहरुलाई लागी हिजोआज गीतको प्रचारप्रसार गर्न यतै बन्ने म्युजिक भिडियो प्रोडक्सनले सहज बनाइदिएको बताउछन् । केही गीतको भिडियो समेत निर्माण गरेका गायक रेग्मी भन्छन्–‘पछिल्लो ४–५ वर्षको बीचमा अमेरिकामा नेपाली गीतको म्युजिक भिडियो निर्माणको बाढी नै आएको छ ।’
अमेरिकामा बस्ने सिने कलाकारहरुले पनि पछिल्लो समय म्युजिक भिडियो निर्माणलाई जोड दिएका छन् । चलचित्र निर्देशक सुरेश दर्पण पोखरेल, श्याम भट्टराई देखि अभिनेता निरज बराल अश्श्मिा नकर्मि, नन्दिता केसी, दिलिप रायमाझी लगायतका चर्चित अनुहारहरु म्युजिक भिडियो निर्देशन देखि अभिनयमा लागेको देखिन्छ ।


विशेष गरी टेक्सस संगै न्युयोर्क, बाल्टीमोर, भर्जिनिया, क्यालिफोर्निया लगायतका राज्यहरुमा नेपाली गीतका म्युजिक भिडियोहरु निर्माण हुने गरेका छन् । यी सबै राज्यहरुमा गरेर हरेक महिना जसो भिडियोहरु बन्ने गरेको भिडियो निर्देशक बताउछन् । चलचित्र निर्देशन संगै म्युजिक भिडियो निर्देशन गदै आएका श्याम भट्टराई भन्छन्–‘म्युजिक भिडियो निर्देशनका लागी थुप्रै अफर आउछन् तर छानेर केही मात्र गदै आएको छु ।’

अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने नेपालीहरु गीतको भिडियो निर्माणमा जुटीरहेको देखिन्छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected