पोखरामा ’उ मरेकी छैन‘ नाटक
पाेखरा-नाट्य सम्राट बालकृष्ण समको नाटक ‘ उ मरेकी छैन ’ भोली देखि पोखरामा मञ्चन हुदै छ । नियमित तीन महिनाको कार्यशाला पछि पोखरामा मञ्चन हुन लागेको हो । पोखरा थ्रियटरमा भोली देखी पुस १४ गते सम्म नीयमीत मञ्चन हुने नाटक शनिवार दुई सो हुने नाटकका निर्देशक युवा रंगकर्मी चे शंकरले जानकारी दिएका छन् । नाटकका कलाकार यतिबेला रिहर्सलमा व्यस्त छन् । यो नाटकलाई न्यारेटर समुहले मञ्चन गर्न लागेको हो ।
नाट्य सम्राट बालकृष्ण समले लेखेको यो नाटकलाई नाट्य रुपान्तरण, डिजाइन तथा निर्देशन युवा रंगकर्मी चे शंकरले गर्दैछन् । यो धार्मिक नाटक हो । नाटकमा वाल मनोबिज्ञानलाई कलात्मक ढंगवाट प्रस्तुत गर्न खोजेका छन् निर्देशक चे ले । चे शंकरले कार्यशालामा पनि सहजिकरण गरेका थिए । यो नाटक मञ्चन पश्चात पोखरेली रंगमञ्चमा नाट्य क्षेत्रमा अगाडी बढ्ने नयाँ समुह स्थापित हुनेमा उनको विश्वास छ । यसअघि तिर्खा नाटक उनको परिकल्पना र निर्देशनमा पोखरामा मञ्चन भएको थियो । नाटको सम्मपुर्ण तयारी पुरा भएको शंकरले वताएका छन् ।
पोखरेली नाट्य क्षेत्रकै चर्चित कलाकार रेवन राईले सो नाटकमा सह निर्देशन र व्यवस्थापकको रुपमा काम गरिरहेका छन् । उनले पोखराको नाटकलाई व्यवसायीक बनाउने अभियान स्वरुप संस्था स्थापान गरी कार्यशाला सहित नाटक मञ्चन गर्न लागेको धारणा राखे । उनले भने–“सफलता भनेको निरन्तरता हो, म यहि क्षेत्रको लागि जन्मेको हो जस्तो लाग्छ त्यसैले मैले निरन्तरता दिन मात्रै खोजेको हुँ ।”
नाटकमा रेवन राई, विनोद रसायली, सन्दिप पाण्डे, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, ज्योती हमाल, टिकाराम पौडेल, उज्वलराज ढकाल, गौरव ढकाल, रोसन ज्ञवाली आदी कलाकारले अभिनय गर्दैछन् । उनीहरु सबैले रंगकर्ममा लामो यात्रा तय गर्ने परिक्षाको रुपमा यो नाटकमा मेहनत गर्दैछन् ।
नाटक पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुनेछ । पौष १४ गतेसम्म मञ्चन गरिने नाटक एक घण्टा १० मिनेट अवधिको छ । नाटक दैनिक बेलुकी ४ः१५ बजे र शनिवार दिउसो एक बजे समेत गरी दूई सो मञ्चन हुनेछ ।
नाटक मञ्चनको आयोजक न्यारेटर समुह कला र साहित्य सम्बन्धी गतिविधि गर्दै विद्यार्थी र युवालाई यसतर्फ आर्कसित गर्न क्रियाशिल बन्न खोजेको समुह हो । पछिल्लो समयमा नाटक सम्बन्धि गतिविधि पोखरामा बढिरहेको छ । पोखरामा थिएटर सञ्चालनमा आएपछि गतिविधि ह्वात्तै बढेको हो । त्यतिमात्र नभएर पुराना रंगकर्मीहरु पोखरा फर्किएर काम गर्न थालेका छन् । यसले नयाँ कलाकार सहित पुराना रंगकर्मीमा समेत उर्जा थपिएको छ ।