टेक्सस–कर्मा नेपालको बहुचर्चित ब्यान्ड हो । यसका गायक केही वर्ष देखि अमेरिकाको टेक्ससमा बस्दै आएका छन् ।
केही महिना अघि नेपाल टुर सकेर पप पारखीहरुलाई नचाएर आएका यी गायक फेरी एक महिना देखि नेपाल पुगेर अर्को सांगीतिक कन्र्सटका लागी त्यता पुगे ।


महिनौ लामो सांगीतिक टुरका लागी नेपाल पुगेका ब्यान्डका गायक सुरेन्द्रमान सिंहले इमेल कुराकानीमा कन्र्सटहरुमै ब्यस्त भएको बताए । भर्खर मात्रै उनको ब्यान्डले काठमान्डौ, नवलपरासी, भक्तपुरमा अपार दर्शकका माझ कन्र्सट पस्कीसकेका छन् । दर्शकको उत्साहजनक उपस्थिति पाएर दंगीएको ब्यान्डले यसपछि पुन काठमान्डौ, झापाको बिर्तामोड, उर्लाबारी, तनहुको दमौली, पोखरा सडक महोत्सव देखि अन्य नेपालका सहरहरुमा कन्र्सट प्रस्तुत गदैछ ।

अमेरिकामा बसेर नै गीत संगीतमा व्यस्त यी गायक नेपाल संगै अन्य विदेशी मुलुकहरुमा पनि नियमित रुपमा सांगीतिक कन्र्सटका लागी पुगीरहेका छन् ।
हुक्का मेरो डल्ले डल्ले
नालीलाई खन्न
यति राम्री मोटीलाई अगि नलाई जान्न ।
सन् २००२ मा हुक्का भन्ने एल्बममा समावेश यही गीतले कर्मा ब्यान्डको पहिचान दियो । त्यसपछि पछाडी पर्केर नहेरेको यो ब्यान्डले अहिले सम्म पनि दर्शकको साथ संगै कन्र्सटहरु गरिरहेको छ । आधा अमेरिका आधा नेपालमा बसेर उनले आफनो सांगतिक कन्र्सटलाई निरन्तरता दिइरहेका छन् ।

उनी नेपालमा कन्र्सट गरेर पुन केही महिनामा अमेरिका फर्किने बताए । सन् १९९९ मा जन्मिएको कर्मा ब्यान्डको गीत अहिले सम्म पनि नेपाली दर्शक माझ लोकप्रिय बनेर रहेको छ ।

 

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected