टेक्सास (अष्टिन)– लाइभ दोहोरीकी चर्चित गायिका निरा छन्त्यालको लोक दोहोरी गित “बुकी” सार्बजनिक भएको छ । अमेरिका टेक्सासको अष्टिन निवासी युवा सर्जक बिजय चन्द दर्पणका शब्दमा चर्चित लोक दोहोरी गायक राजु परियार र निरा छन्त्यालले  स्वर दिएका छन् ।

राजेश खड्का सानुको संगित रहेको गितमा शंकर बिसी र अन्जली अधिकारीको दमदार अभिनय रहेको छ । तिलक वलीले एरेन्ज गरेको गितको भिडियो छायांकन दुर्गा पौडेलले गरेका हुन् ।

निरा छन्त्यालको युट्युब च्यानलबाट सार्बजनिक भएको गितमा बाल कलाकार खुसी कट्टेलको समेत अभिनय रहेको छ । सर्जक दर्पणका शब्दमा यसअघि स ुतली, दर्पण, पलास लगायतका गित सार्बजनिक भइसकेका छन् । .

अन्य गायिका भन्दा फरक श्वरकी धनी छन्त्याल पछिल्लो समय प्रत्यक्ष दोहोरीमा निकै रुचाइएकी गायिका हुन् । उनको यो गितले पनि सफलता पाउने अपेक्षा गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected