फर्कि आए माइकल ज्याक्सन !
टेक्सस– पप गीतका राजा भनेर चिनिने माइकल ज्याक्सनको निधन भइसकेको छ । तर उनका प्रशंसक भने माइकल ज्याक्सनको मुत्यु भयो भनेर पत्याउन अझै पनि तयार छैनन । तर माइकल ज्याक्सन जस्तै देखिने स्पेनका कलाकार सर्जियो कोर्टसलाई नै धेरैले उनी नै माइकल हुन भनेर भन्दै आएका छन् । उनको भिडियो फुटेज भाइरल भएपछि माइकलका प्रशंहकहरुले उनको डिएनए परीक्षण गर्न माग गरेका छन् ।
प्रशसकहरुले भनेका छन् कतै माइकल ज्याक्नसले आफनो परिचय लुकाएर बसेको पनि हुन सक्छ । थाईल्याण्डमा भएको एक कार्यक्रममा सर्जियोले माइकल ज्याक्सनकै जस्तो रुपमा देखिएका थिए । भीडियोमा उनले भनेका थिए– ‘हेल्लो माइकल ज्याक्सनका फ्यानहरु तपाईहरु मलाई पट्टायको कार्यक्रममा देख्न सक्नु हुनेछ ।’ माइकल ज्याक्सन जस्तै काटुकुटी देखिने उनी माइकल ज्याक्सनको उमेर भन्दा केही कम देखिन्छन् ।
सर्जियोको भिडियो संगै उनका फ्यानहरु नतमस्तक भएर उठेका छन् । एक जना फ्यानले लेखे– म तपाईलाई धेरै माया गर्छु । मेरो माइकल फर्कि आउनु भयो ।’ सर्जियो जब उनी हाइस्कुलमा पढथे त्यतिबेला एक जना पत्रकारले उनलाई प्रश्न गरेका थिए– तपाई माइकल ज्याक्सन जस्तै देखिनु हुन्छ । त्यो समय उनले पत्रकारको यो कुरालाई ठट्टाको रुपमा लिएका थिए । साता दिनपछि जब ती पत्रकारले उनलाई पफुर्यम व्यवसायी संग भेटाए तब उनले आफनो पफुयुमको प्रचारका लागी आफनो तस्विर प्रयोग गर्न खोजेका रहेछन् । त्यसपछि सर्जियो आफु अचम्ममा परेको बताएका छन् ।
लोकप्रिय अमेरिकी पप गायक माइकल ज्याक्सनको जन्म अमेरिकाको इडियाना राज्यमा १९५८ अगस्ट २९ मा भएको थियो । उनको मुत्यु २००९ जुन २५ मा ५० वर्षको उमेरमा लस एन्जल्स क्यालिफोर्नियमा भएको हो । १९६७ देखि २००९ सम्म उनी पप गायनमा सक्रिय रहे । १९८० को दशकमा उनले पप गायनमा विश्वभरी धुम मच्चाएका थिए ।
-एजेन्सीकाे सहयाेगमा