अमेरिकामा बढ्दो छ क्रेज नेपाली कलाकारको
शिव शर्मा
टेक्सस–अमेरिकामा नेपाली समुदायको बसोबास बढेसंगै सांगीतिक कार्यक्रमका लागी नेपाली कलाकारहरुको आगमन बढीरहेको छ । सांगीतिक कार्यक्रमका लागी आयोजकले नेपालबाट कलाकार झिकाउने क्रम बढेको हो । यसबाट कलाकारलाई नया ठाउ“ घुमघाम र आर्थिक रुपले समेत यहा“ हुने कार्यक्रमले बलियो बनाएको छ । चर्चित गायिका अन्जु पन्त विदेशका कार्यक्रमहरुमा बढी खोजिने गायिका हुन । यस पटक पनि उनी महिना दिन अघि कार्यक्रम गर्न अमेरिका आएकी हुन । उनी अमेरिकाको विभिन्न राज्यमा यतिबेला आफनो प्रस्तुती दिई रहेकी छिन् । ‘केही राज्यहरुमा कार्यक्रमहरुमा व्यस्त रहेकी गायिकाले भनिन–‘विदेशका कार्यक्रममा दर्शकको सहभागिताले हौसाउछु ।’
उनी मात्र हैनन यतिबेला अमेरिकामा हरेक विद्याका कलाकारहरु आउने जाने क्रम हवात्तै बढेको छ । नेपालीहरु बसोबास गर्ने प्राय सबै राज्यहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी कलाकारलाई झिकाईने गरिएको आयोजकले बताएका छन् ।
अहिले टेक्ससमा एक रेष्टुरेन्टले नायिका केकी अधिकारी संग रमाइलो कार्यक्रम राखेको छ । यस अघि नम्रता श्रेष्ठ लगायत अन्य कलाकारहरुले पनि यहा“का नेपाली रेष्टुराहरुमा आफनो प्रस्तुती दिइसकेका छन् । टेक्ससमा बढ्दो नेपाली संगै कलाकारहरुको आगमनसंगै सांगीतिक कार्यक्रम पनि बग्रेल्ती हुने गरेका छन् ।
कन्र्सटका लागी अघिल्लो वर्ष अमेरिका आएका पप गायक सुगम पोखरेल पनि वर्ष दिन अघि फ्युजन इन्टरनेशनल नेपसिने तथा प्लानेट ३ फिल्मस्को पहलमा स्थानिय आहा प्रोडक्सनले आयोजनामा उनले झन्डै चार महिना विभिन्न राज्यहरुमा आफनो प्रस्तुती दि एका थिए । अमेरिकामा नेपाली कलाकाककाे क्रेज बढी रहेकाे वर्षोदेखि अमेरिकामा ब्यान्ड तथा कलाकारलाई अमेरिकामा झिकाएर कार्यक्रम गदै आएको फ्युजन इन्टरनेशनल नेपसिनेका रायन रेजले बताए । ‘दर्शकको राम्रो सहभागिता हुन थालेपछि हामीले नियमित रुपमा चलेका कलाकार तथा ब्यान्डलाई अमेरिका झिकाएर कन्र्सट गराउदै आएका छौ’ रेजले भने– ‘टिकट बिक्री देखि दर्शक आगमन कार्यक्रममा राम्रो देखिन्छ ।’
यहा सांगीतिक प्रस्तुतीका लागी आउने जो कोही कलाकार पनि त्यतिकै रोमाञ्चित हुन्छन । नया परिवेशमा घुलमिल, घुमघाम, प्रवासी दर्शकको क्रेज र कार्यक्रमबाट हुने कमाईले पनि कलाकारको रोजाई विदेशको कार्यक्रम बन्ने गरेको छ । अंग्रेजी तथा नेपाली नया वर्ष, दशैतिहार लगायत विशेष समारोहहरुमा अझ बढी नेपाली कलाकारहरुको अमेरिकामा आउने गर्छन् । यस पटक सुगम संगीतका हस्ती सत्य र स्वरुपराज आचार्य पनि सांगीतिक टुरका लागी अमेरिका आईपुगेका छन् । विभिन्न औपचारिक कार्यक्रमहरु पनि विशेष रुपमा कलाकारलाई बोलाएर सांगीतिक प्रस्तुती दिने क्रम पनि उस्तै बढेको छ । आयोजकले सबैलाई सहज हुने तवरले कार्यक्रमको आयोजना गरिदिन्छन् ।
विदाको समय दर्शकको सहभागिता राम्रो हुने भएकाले पनि सांगीतिक माहौल शनिवार र आईतबार बढी जम्ने गरेको छ । लोकप्रिय कलाकारका साथमा झुम्ने र तस्विर खिचाउनेहरुको भिड हरेक कार्यक्रममा देखिन्छ । आधुनिक, पप लोकगायनमा चर्चा बटुलेका देखि हास्यप्रस्तुतीमा अब्बल ठहरिएका हरेक जसो कलाकार अमेरिकामा हरेक वर्ष ओइरिने गरेका छन् । यसरी आउनेहरु प्रायः दोहोराई– दोहोराई नै प्रस्तुतीका लागी आउने गरेको स्थानिय आयोजकले जनाएका छन् । त्यसो त केही वर्ष अघि देखि सुरु फिल्म अवार्ड कार्यक्रममा समेत सहभागिता जनाउने नेपाली फिल्मी कलाकारहरु पनि बाक्लो आगमन हुने गरेको छ ।
‘सांगीतिक कार्यक्रमका लागी नेपाली कलाकार अमेरिका आउने क्रम बढ्दै छ’ नेपाल समाज टेक्ससका पूर्व अध्यक्ष कृष्ण लामिछाने भन्छन्– ‘सोही अनुरुप कार्यक्रम पनि बग्रेल्ती रुपमा आयोजना हुने गरेको छ । ’उनको कार्यकालमा धेरै नेपाली कलाकारहरुले टेक्सासमा आएर कार्यक्रम गर्ने अवसर पाएका थिए ।
सांगीतिक कार्यक्रमका अलवा केही औपचारिक कार्यक्रममा समेत कलाकारहरुलाई आमन्त्रण गर्ने क्रम चलेको छ । केही वर्ष अघि पत्रकार सूर्य थापाले संचालन गरेको यु स्टान अगेन टिभी कार्यक्रमको उद्घाटनका लागी महानायक राजेश हमाल प्रमुख अतिथीको रुपमा यहा“ आइपुगेका थिए । कलाकारलाई अमेरिका झिकाएर कार्यक्रम गर्ने इभेन्ट अर्गनाईजरहरु पनि त्यतिकै मात्रमा गठन भइ सक्रिय रहेका छन् ।
विशेष गरी न्युयोर्क, बाल्टीमोर, टेक्सास, भर्जिनिया, क्यालिफोर्निया, डिसी, एटलान्टा लगायतका नेपालीहरु बसोबास रहेका राज्यहरुमा बढी मात्रमा कार्यक्रमहरु हुने गरेको छ । राजेश पायल राई, धिरज राई देखि प्रमोद खरेल, सुनिता दुलाल बद्री पगेनी पशुपति शर्मा, जितु नेपाल देखि सन्दिप क्षेत्री तथा मनोज गजुरेल आदी कार्यक्रमका लागी नेपालबाट बढी मात्रमा अमेरिका आउने गरेका छनन् ।अन्य कलाकार पनि अमेरिका आगमन त्यतिकै छ । हरेक वर्ष जसो अमेरिकामा कार्यक्रममा आइरहने राजेश पायल राई अघिल्लो महिना पनि कार्यक्रम गरेर फर्किएका थिए । कलाकाहरु कार्यक्रममा ओइरिने संगै कमाई पनि राम्रै गरेर फर्किने गरेका छन् । एल्बम बिक्न छाडेपछि कलाकारहरुलाई पछिल्लो समय स्वदेश तथा विदेशमा हुने यस्तै सांगीतिक कन्र्सटहरुले राहतको अनुभव गराएको छ । विदेशमा हुने कार्यक्रमहरुमा एउटा कलाकारले एउटा कार्यक्रम वापत सामान्य डेढ देखि पा“च लाख रुपैया समेत पारिश्रमिक लिने गरेका छन् ।