को बन्दैछ मिस नेपाल युरोप ?

बेल्जियम– यतिबेला युरोपमा नेपाली समुदाय माझ एउटा सौन्दर्य प्रतियोगिताको चर्चा सुरु भएको छ ।
बेल्जियमको लोबेन सहरमा यही जनवरी २६ मा हुन लागेको मिस नेपाल युरोप प्रतियोगिताको चर्चा सुरु भएको हो । ेपाल
ड्रिम्स नेपाल बेल्जियमको आयोजनामा हुन लागेको प्रतियोगितामा युरोपका विभिन्न सहरमा छानिएका १२ सुन्दरी प्रतियोगिताका लागी भीडदैछन् ।
प्रतियोगितामा फ्रान्सकी श्रीया भण्डारी, जर्मनीका अश्मा घिमिरे र सामु पराजुली, आयरल्यान्डन्डकी संगीता थापा, अष्ट्रियाकी सुशिला बोहोरा, फिन्डल्यान्डकी निरुषा खत्री, नर्वेकी श्रद्धा थापा, बेल्जियमका, लुना श्रेष्ठ सविना नेपाली, मेला नेपाली र ज्योति भट्ट, तथा स्वीजरल्णन्डकी रोसमेटी भुटिया रहेका छन् । उनिहरुलाई पुर्व मिस नेपाल २००५ सुगारिका केसीले कोरियोग्राफी गरिरहेकी छिन् ।
यीनै १२ मध्येबाट कसले मिस नेपाल युरोपको ताज पहिरिने भन्ने निर्णय फाइनल राउन्डले तय गर्नेछ । प्रतियोगितामा बिजेताले मिस नेपाल युरोपको ताज संगै आकर्षक पुरस्कार जित्ने आयोजक संस्था ड्रिम्स नेपाल बेल्जियमकी संस्थापक योगिता थापाले जानकारी दिइन । अन्य उपविजेताहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
उनका अनुसार मिस नेपाल युरोपको उपाधी जित्नेले मिस नेपालको सिधै फाइनल राउन्डमा प्रवेश गर्ने अवसर पाउनेछन् । यस विषयमा हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार र ड्रिम्स नेपालकी योेगिता बीच काठमान्डौमा सम्झौता भएको थियो । कार्यक्रममा पप गायिका नलिना चित्रकारले प्रस्तुती दिनेछिन् ।