शिव शर्मा
टेक्सस– ‘रक्तदान जीवनदान भन्ने उदघोषलाई चरितार्थ पार्न यतिबेला अमेरिकाका नेपालीहरु रक्तदानको अभियानलाई अगाडी बढाइरहेका छन् । अमेरिकाका विभिन्न राज्यहरु जस्तै धेरे नेपालीहरुको बसोबास रहेको टेक्सस राज्यमा पनि रक्तदान अभियानको श्रृखला बढ्दो छ । यहाँ बसोबास गर्ने नेपालीहरु रक्तदान कार्यक्रममा उत्सुक हुदै सहभागी हुदै आएका छन् ।
टेक्ससमा पहिलो पटक २०१२ मा विभिन्न संस्थाहरु संग मिलेर ब्लड डोर्नस अफ अमेरिकाले पहिलो रक्तदान कार्यक्रम गरेको थियो । पहिलो पटक ड्यालसमा भएको रक्तदानमा ३३ जना नेपालीले रक्तदान गरे ।

बल्ड डनर्स अफ अमेरिकाका निवर्तमान अध्यक्ष डा नन्द रेग्मी रक्तदान गर्दै

२००९ मा अमेरिकामा स्थापना भएको थियो ब्लड डोर्नस अफ अमेरिका । टेक्सस शाखा भने २०१४ मा स्थापना भयो । ब्लड डर्नस अफ अमेरिकाको संस्थापक अध्यक्ष भने अर्जुन मैनाली हुन । उनैको पहलमा संस्था स्थापना भएको हो । अमेरिकामा रक्तदानको अभियानलाई दु्रतर गतिमा अगाडी बढाउनुमा डा नन्द रेग्मीको योगदान महत्वपुर्ण छ । २०१६ मा उनी ब्लड डोर्नस अफ अमेरिकाको अध्यक्ष भएपछि रक्तदानको अभियानले नया मोड लियो । उनले रक्तदानको अभियानलाई अगाडी बढाए ।
संस्थामा धेरै सदस्य बन्न देखि धेरै भन्दा धेरै रक्तदान कार्यक्रमहरु आयोजना भए । २६ पटक सम्म रक्तदान गरिसकेका डा रेग्मी कै पहलमा टेक्सस लगायत अमेरिकाका विभिन्न राज्यमा रक्तदान कार्यक्रमहरु भए ।
‘रक्तदान दिने देखि यो अभियानमा लाग्नेहरु सहयोगीहरु न्ौ हुन, डा रेग्मीले भने– ‘अमेरिकाको व्यस्त जीवनमा पनि सबैले रक्तदान गरेर मानवीय सेवा संगै धेरैलाई नया जीवन दिन सफल भएका छन् ।’
उनका अनुसार संस्था स्थापना भए यता अहिले सम्म १० हजार नेपालीले रक्तदान गरेर धेरैको जीवन बचाएका छन् ।

विडीए टेक्सास को टिम ज्यादै प्रभावकारी छ । वासु श्रेष्ठ ,गंगा थापा ,अजय वगाले ,संतोष कार्की ,प्रेम श्रेष्ठ ‘लगायतका साथिहरुले ज्यादै मिहिनेत र लगानका साथ सहयोगी भूमिका निर्वाह गरेका छन् ।डालस का रक्तदाता नेपालीहरु र सम्पूर्ण नेपाली संघ संस्थाको सहयोग ले रक्तदान कार्य यहा ज्यादै प्रभावकारी भएको हो।

ब्लड डाेनर्स अफ अमेरिका टेक्सस शाखाका संयाेजक शिव काफ्ले रक्तदान गर्दै

ब्लड डर्नस अफ अमेरिका यहाँको ठुलो रक्तदाता समुह हो । यो संस्थाले अमेरिकाका विभिन्न राज्यमा रक्तदान अभियानलाई अगाडी बढाइरहेको छ ।
टेक्सस राज्यमा नेपालीहरुको बाक्लो बसोबास संगै यहा“ महिनामा ५ देखि ६ वटा रक्तदान कार्यक्रम विभिन्न ठाउ“मा हुदै आएका छन् ।
टेक्ससमा रक्तदान अभियानलाई अगाडी बढाउनमा शिव काफ्ले पनि सक्रिय छन् । उनी नेपालमा राष्ट्रिय बाणिज्य बैकमा जागीरे हुँदा देखि नै रक्तदान अभियानलाई अगाडी बढाउदै आएका थिए । अमेरिका आएपछि पनि उनी यो सेवाको क्षेत्रमा कम्मर कसेर लागेका छन् । अहिलेसम्म उनले आफैले पनि ३८ पटक रक्तदान गरिसके । सन् २०१७ देखि उनी ब्लड डोर्नस अफ अमेरिका टेक्सस शाखाका संयोजक हुन । नेपालमा भुकम्प गएको साल वासु श्रेष्ठ, काफ्ले लगायत समुहकाे पहलमाड्यालसमा रक्तदान कार्यक्रम भएको थियो । जहा“ १ सय २८ जनाले रक्तदान गरेको उनी सम्झन्छन् ।

लायन थलराज पन्त रक्तदान गर्दै

‘अमेरिकामा टेक्सस कमिटी सक्रिय रुपमा रक्तदानमा लागीरहेको छ’ संयोजक काफ्लले भने– ‘नेपालीहरुको रक्तदानमा सहभागीता बढीरहेको छ ।’ उनका अनुसार महिनामा ६ देखि ७ पटक सम्म रक्तदान कार्यक्रमहरु हुन्छन् । उनले जीवनमरणको दोसाधमा रहेकालाई मुत्युको मुखबाट बचाउनु जस्तो सेवा अरु हुन नसक्ने बताए । ‘यो भन्दा ठुलो अर्को कुनै धर्म नभएको उनले बताए । टेक्ससमा मात्रै ६ सय रक्तदाता छन् ।
टेक्ससमा बासु श्रेष्ठ, सुरेश पोखरेल, केदार तिमिल्सिना लगायतका नेपालीहरु पनि धेरै पटक रक्तदान गर्ने रक्तदाताको रुपमा चिनिन्छिन् ।

नेपाली समाज टेक्ससका निवर्तमान अध्यक्ष सुमन थापा रक्तदान गर्दै

रक्तदान एउटा परोपकार र महादान भएकाले पनि यो अभियानलाई सक्रिय बनाउन संस्थाका पदाधिकारीहरु लागी परेका छन् । एक पिन रगतले तीन जना सम्मको जीवन बचाउने भएकाले पनि यो ठुलो परोपकारी काम भएको रक्तदानका अभियान्तहरु बताउछन् । कार्टस ब्लड संग समन्वय गरेर ब्लड डर्नस अफ अमेरिकाले रक्तदान कार्यक्रम गदै आएको छ । कार्टस ब्लड सेन्टरका अनुसार ड्यालस फोटवर्थ क्षेत्रमा हरेक दिन १३०० देखि १६००पिन रगत आवश्यक पर्ने गरेको छ ।
ब्लड डर्नस अफ अमेरिका आवश्यक परेको बेला रगत जुटाउन रक्तदान कार्यक्रममा लागीहाल्छ । यही भएर पनि धेरैको जीवन बचाउन नेपालीहरुको रक्तदान अभियानले धेरै मात्रमा सहयोग पुयाएको छ ।

बिडिए परिवार टेक्सस
रक्तदान गर्दै रक्तदाता
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected