टेक्सस-अंग्रेजी  माध्यमको पढाईले आफना बालबालिकाले नेपाली भाषा तथा संस्कृति बिर्सने चिन्ता यतिबेला नेपाली अभिभावकलाई पिरोलो भइरहेको छ । यसैलाई मध्यनजर राखेर नेपाली समाज टेक्ससले बिगतमा जस्तै यस पटक पनि अर्भिङ स्थित नेपाली मन्दिरमा नेपाली भाषा पाठशाला सुरुवात गरिरहेको छ । आईतबार देखि भाषा पाठशाला संचालनका लागी नाम दर्ता प्रकृया सुरु भएको छ ।
सुरुकै दिनमा ९० जना बालबालिकाले नेपाली भाषा पाठशालाका लागी नाम लेखाइसकेका छन् । अर्को साता देखि कक्षा संचालन हुनेछ ।

भाषा पाठशालामा नेपाली, नैतिक शिक्षा र गणीत विषय बालबालिकालाई पढाइने नेपाली समाज टेक्ससले जनाएको छ । ‘बिगतमा स्वयसेवी शिक्षकबाट पढाईदै आएकोमा यसपटक सम्बन्धीत विषयका व्यवसायी शिक्षकले पढाउनेछन्’ नेपाली भाषा पाठशालाका प्रिन्सिपल बिजय भट्टराईले भने–‘यसपटक नेपाल िपाठशालामा पढने बालबालिकाले स्कुल गएको अनुभव गर्नेछन् ।’प्रिन्सिपल भट्टराईका अनुसार विद्यार्थीलाई पाठयक्रम अनुसार पढाउनेछौ । उनले अर्को समेस्टरमा नेपाली भाषा पाठशालालाई डिजिटलाइज गदै जाने समेत जानकारी दिए ।
यतै जन्मेका र नेपालबाट सानै उमेरमा अमेरिका आएका बालबालिकाले नेपाली भाषा बोल्न र लेख्न छाड्दै गएपछि समाजले केही वर्ष देखि नियमित रुपमा नेपाली भाषा पाठशाला संचालन गरेको हो । ‘विदेशमा रहेर पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नदिन सानैदेखि बालबालिकालाई लक्षित गरि भाषा पाठशाला संचालन गरेका हौ’ समाजका अध्यक्ष दिनेश शर्माले भने–‘पाठशालाले नेपाली समुदायका बालबालिकालाई सघाउ पु¥याउने अपेक्षा राखेका छौ ।’पाठशालामा भाषा र संस्कृति सिक्न आउने बालबालिकाहरु अधिकांश यतै जन्मेका र सानैमा अभिभावकसंग अमेरिका प्रवेश गरेकाहरु नै अधिक छन । उनिहरुले राम्रो संग नेपाली भाषा बोल्न सक्दैनन् । झन्डै साढे तीन महिनाको यो कक्षामा बालबालिकाले नेपाली भाषा व्याकरण, गणित, वर्णमाला देखि नैतिक शिक्षा र अतिरिक्त कृयाकलापमा नेपाली सांस्कृतिक नृत्य र संस्कृति सिकाईने गरेको पाठशाला संयोजक भोजबहादुर बलायरले जानकारी दिए ।


नेपाली पर्यटन तथा जानकारीमुलक वृत्तचित्र समेत बालबालिकालाई देखाईने गरिएको छ । नेपाली चार्डपर्व, नेपाली खाना देखि संस्कार पनि पाठशालामा सिकाईदैछ । नेपाल संस्कार र संस्कृतिलाई थप परिचित गराउन पनि मन्दिर परिसरको सभाहलभित्र पाठशाला संचालन हुदै आएको छ ।
विद्यालयमा अंग्रेजी माध्यमको पढाईसंगै अंग्रेजी मात्रै बोलिने भएकाले नेपाली भाषा बिर्सदै गएको चिन्ता अभिभावकमा छ । पाठशालाले धेरैलाई उत्साही बनाएको छ । ‘नेपाली पाठशालाले राहतको अनुभव दिएको छ’ शिव काफलेले भने–‘यसले नेपाली भाषा र संस्कृति संरक्षणका लागी पनि सहयोग पु¥याउनेछ ।’
नेपाली भाषा र सस्कृतिलाई नया पुस्तासम्म जीवित राख्न थालिएको यो अभियानमा नेपाली अभिभावले आफना बालबालिकालाई पाठशालामा पठाउने क्रम बढेको छ । काठमान्डौ कपनका १३ वर्षीय प्रसिद्ध केसी सेमहिस्टन स्कूलमा कक्षा ६ मा अध्ययन गर्छन् ।
अमेरिकाको टेक्सास राज्यमा नेपाली समाज टेक्सासले झन्डै १६ वर्षदेखि नेपाली बालबालिकालाई लक्षित गरि डालस सहरको अर्भिङमा नेपाली भाषा पाठशाला संचालन गदै आएको छ । यो अमेरिकाको पहिलो नेपाली भाषा पढाउने स्कूलको रुपमा समेत चिनिदै आएको छ ।
पछिल्लो क्रममा अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुको बसोबास बाक्लिदै गइरहेको बेला दोस्रो पुस्ताले नेपाली भाषा बोल्न र लेख्न समेत बिर्सदै गएका छन् । यसैलाई सहयोग पु¥याउन अमेरिकाका नेपाली बसोबास गर्ने राज्यहरुमा भाषा पाठशाला कक्षा संचालन हुदै आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected