शिव शर्मा
टेक्सस– मर्दापर्दा हाेस  या नेपाली समुदायको हितमा सधै हाजिर छ– ‘नेपाली समाज टेक्सस ।’ राजनिति गर्नेहरु यो संस्थामा अटाउदैनन । अघि जो जे जस्तो भए पनि समाजमा आएपछि राजनितिक चटक्कै छाडनुपर्छ । राजनिति गर्नका लागी नेपाली समाजमा ठाउ“ छैन । यस अघि विभिन्न राजनितिक पदमा भएकाहरु पनि यता राजीनामा दिएर समाजको नेतृत्व लिन आएका छन् । उदाहरणकै रुपमा वर्तमान अध्यक्ष दिनेश शर्मा जनसम्पर्क समितिबाट राजीनामा दिएर आएका हुन । विशुद्ध सामाजिक संस्थाको रुपमा रहेको नेपाली समाज टेक्ससले नेपाली समुदायको हितमा लम्किएको छ । अमेरिकाकै ठुलो नेपाली समाजको रुपमा यो चिनिन्छ ।

नेपाली समाज टेक्ससका पुर्व अध्यक्षहरुकाे जमघट

यस्तै मुल मन्त्र बोकेर हिडेको नेपाली समाज टेक्ससले नेपाली समुदायकै पक्षमा काम गरेको छ । नेपाली विभिन्न संघ सस्थाको छाता संगठनको रुपमा रहेको समाजले वर्षोदेखि नेपाली समुदायकै हितमा काम गरिरहेको छ ।
समाजको सबै भन्दा महत्वपुर्ण काम भनेको मर्दापर्दा नेपाली समाज ज्यान दिएर लाग्दै आएको छ । कालगति, विभिन्न घटनामा परेर होस या आत्महत्या गरेर मर्ने नेपालीहरुको शबको दाहसंस्कार गर्ने देखि परिवारको इच्छामा शबलाई नेपाल पठाउने काम नेपाली समाजले गर्दे आएको छ । ‘दुई वर्षको अवधिमा हामीले २५ वटा नेपालीको शबलाई दाहसंस्कारका लागी संयोजन ग¥यौ’ नेपाली समाज टेक्ससका निवर्तमान अध्यक्ष सुमन थापाले भने–‘कतिपय अलपत्र परेका शबलाई जिम्मा लिएर समाजले नेपाल पठाउने काम पनि गदै आएको छ ।’

नेपाली समाजद्रारा संचालित  कार्यक्रममा नृत्यका लागी तम्तयार  नानीहरु

उनका अनुसार दुई वर्षको अवधिमा नेपालीका २५ शब मध्ये ५ वटा शब परिवारको आग्रहमा नेपाल समेत पठाइएको बताए ।
यसरी मुत्यु भएका नेपालीको कतिपयको आफन्त नहुने भएकाले नेपाली समाजले जिम्मा लिएर अन्तेष्टि देखि नेपाल पठाउन काम गदै आएको छ । यस्तो काम अरु कुनै संघ संस्थाले गदैन यहा“ । वर्षाे देखी याे काम समाजले गर्दै आएकाे छ ।

स्वास्थ्य जस्तो संवेदनशिल विषयलाई समेत नेपाली समाजले महत्व दिएर निशुल्क हेल्थ क्याम्प गदै आएको छ । अघिल्लो वर्ष मात्र पार्कल्याण्ड अस्पताल तथा डा संजीव श्रेष्ठसंग सहकार्य गरेर फ्लु सर्ट देखि स्तन क्यान्सर तथा छाला सम्बन्धी सबै रोगको जाच क्याम्प समाजले संचालन गदै आएको छ ।

नेपाली समाजले संचालन गरेकाे हेल्थ क्याम्पमा फाईदा लिदै नेपाली समुदाय

यसले पनि टेक्ससमा बसोबास गर्ने नेपाली समुदायलाई फाइदा संगै राहत पुगेको छ ।
अहिले समाजले गर्ने हरेक महिनाको हेल्थ क्याम्पमा नेपाली समुदायले लाभ लिइरहेका छन् । यो पनि एउटा नेपाली समाजका लागी उपलब्धि भएको नेपाली समाज टेक्ससले जनाएको छ ।
अघिल्लो वर्ष देखि नेपाली समाजले नेपाली युवाहरुलाई जागरुक बनाउन र खेलकुद प्रति रुची जोगाउन एनएस्टी कप खेलकुद प्रतियोगिता समेत सुरु गरेको छ । बास्केटबल, टेबल टेनिस तथा फुटबल लगायतका खेलहरु तर्फ युवाको ध्यान आकृष्ट गराएको छ ।

हेल्थ क्याम्पका स्वास्थ्यकर्मिका साथ एनएस्टी परिवार

समाजले टेक्सस नगरका विभिन्न कार्यालय संग पहु“च बढाउन अघिल्लो वर्ष पा“च वटा सिटीका प्रहरी प्रमुख, मेयर, अग्नि नियन्त्रिक कार्यालय प्रमुखहरु संग अन्तक्रिया ग¥यो । यसले पनि नेपाली समाजलाई टेक्ससका पा“च सहरसंग जोडने काम गरेको छ ।
टेक्ससमा धेरै नेपाली विद्यार्थीहरु अध्ययनका लागी आएका छन् । उनिहरु बेला बेलामा विभिन्न समस्यामा परेका हुन्छन् । नेपाली विद्यार्थीहरुलाई मध्यनजर राखेर बृहत सेमिनार नेपाली समाजले गदै आएको छ । अघिल्लो वर्षको कार्याकालमा पनि विद्यार्थीसंग सम्बन्धी ६ वटा सेमिनारहरु भएका छन् । एउटा सेमिनारमा ४० देखि ५० नेपाली विद्यार्थीहरु सहभागि हुदै आएका छन् । विद्यार्थीको समस्यालाई केलाएर मार्गनिर्देशन गर्ने काम नेपाली समाजले गदै आएको छ ।
यस्तै नेपाली समाजले घरबारबिहीन भएका देखि डेराबाट निकालिएका नेपालीलाई पनि सहयोग गदै आएको छ । अघिल्लो वर्ष डयालस क्षेत्रमा देखिएका दुई नेपाली घरबार बिहीनलाई सहयोग गर्न खोजे पनि उनिहरु सहयोग नचाहेको समाजका निवर्तमान अध्यक्ष थापाले जानकारी दिए ।

नेपाली समाजले संचालन गर्न लागेकाे भाषा पाठशालाका क्रममा पदाधिकारीहरु

विभिन्न कारणले जेलमा परेका नेपालीहरुलाई जेलमा गएर भेटभाट गर्ने देखि सुझाव सल्लाह, परामर्श र वकील खोजीदिने काम समाजले गदै आएको छ । अघिल्लो कार्यकालमा विभिन्न कारणले जेलमा परेका २० जना नेपालीलाई समाजले भेटेर वकील खोजिदिने देखि परामर्श दिने काम ग¥यो । तर अपराधिक अभियोगमा फसेकालाई भने समाजले सहयोग गरेको छैन ।

बिरामी भएर अस्पतालमा रहेकालाई पनि नेपाली समाजले हेरचाह र सहयोग गदै आएको छ । कुनै महिला बिरामी भएर अस्पताल भर्ना हुदा बच्चाको रेखदेख गर्ने घरमा कोही हुदैन । बच्चा रेखदेखको व्यवस्था मिलाई दिने काम पनि समाजले गदै आएको छ । त्यस्तै अध्ययनका आएका नेपाली विद्यार्थी बिरामी भएर अस्पताल भर्ना हुदा समेत नेपाली समाजले सहयोगी हात बढाउदै आएको छ ।

नेपाली समाज टेक्ससले संचालन गरेकाे समर क्याम्प

नेपाली समाजको आफनै सामुदायिक भवन छैन । नेपाली मन्दिरमा काम गर्दा दर्शकको चापले ठाउ साघुरिदै गएको छ । यसका लागी नेपाली समाजले सामुदायिक भवन निर्माणको काम समेत सुरु गरिरहेको छ । सबैले कार्यक्रम गर्दा रेष्टुरेण्टहरुमा गएर गर्नुपर्ने झन्झटलाई समाजले अवको दुई वर्षमा निर्माण सम्पन्न हुने योजनाले सहज बनाउनेछ ।
१९९८ मा स्थापना भएको नेपाली समाज टेक्ससले यसका अलवा नेपालीहरुलाई जमघट गराउने मेला देखि विभिन्न सास्कृतिक कार्यक्रम, समर क्याम्प , नेपाली भाषा पाठशाला लगायतका गतिविधि पनि संचालन गदै आएको छ ।

नेपाली समाज टेक्ससले संचालन गर्दै आएकाे नेपाली भाषा पाठशालामा पढ्दै बाबुनानीहरु

टेक्ससका नेपाली समुदायका अलवा नेपालमा विपति हु“दा समेत राहत संकलन गरेर सहयोगी भुमिका पनि खेल्दै आएको छ ।
(नेपाली समाज टेक्ससका निवर्तमान अध्यक्ष सुमन थापासंगको कुराकानीमा आधारित)

तस्वीरहरु  साैजन्य नेपाली  समाज टेक्सस

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected