टेक्सस–सनसाइन थापा पाँच वर्षकी भइन । उनी टेक्ससको युलेसमा बाबा आमासंगै बस्दै आएकी छिन् ।
अमेरिकामै जन्मेकी उनी राम्रोसंग नेपाली भाषा बोल्छिन् । पिता सुर्य थापा संगै आईतबार उनी  नेपाली समाज टेक्ससले संचालन गरेको नेपाली भाषा पाठशालामा पढ्नका लागी पुगिन । साथमा चार वर्षिया सन्निभा पनि दिदीसंगै नेपाली भाषा पाठशालमा भेटिइन । ‘नेपाली भाषा सिक्न र पढन यहाँ आएकी हु“, तोते पारामा सनसाइनले भनिन– ‘रमाईलो लागीरहेको छ ।’
अग्रेजी माध्यमको पढाईले नेपाली भाषा तथा संस्कृति बिर्सने चिन्ताले उनलाई बाबा आमाले नेपाली भाषा पाठशालामा पढ्न पठाएका हुन ।


अबको तीन महिना नेपाली समाज टेक्सासले डालसको अर्भिङमा संचालन गरेको कक्षामा सहभागिता जनाउनेछिन् ।
यतिबेला उनी मात्र हैन उनी जस्तै अमेरिकामा बसोबास गर्ने नेपाली बालबालिकाहरु नेपाली भाषा र सस्कृति सिक्न लागी यसरी नै लागी परेका छन् ।यतै जन्मेका र नेपालबाट सानै उमेरमा अमेरिका आएका बालबालिकाले नेपाली भाषा बोल्न र लेख्न छाड्दै गएपछि समाजले केही वर्ष देखि नियमित रुपमा नेपाली भाषा पाठशाला संचालन गरेको हो । ‘विदेशमा रहेर पनि नेपाली भाषा र संस्कृतिलाई बिर्सन नदिन सानैदेखि बालबालिकालाई लक्षित गरि भाषा पाठशाला संचालन गरेका हौ’ समाजका अध्यक्ष दिनेश शर्माले भने–‘पाठशालाले नेपाली समुदायका बालबालिकालाई सघाउ पु¥याउने अपेक्षा राखेका छौ ।’पाठशालामा भाषा र संस्कृति सिक्न आउने बालबालिकाहरु अधिकांश यतै जन्मेका र सानैमा अभिभावकसंग अमेरिका प्रवेश गरेकाहरु नै अधिक छन ।

उनिहरुले राम्रो संग नेपाली भाषा बोल्न सक्दैनन् । झन्डै तीन महिनाको यो कक्षामा बालबालिकाले नेपाली भाषा व्याकरण, गणित, वर्णमाला देखि नैतिक शिक्षा र अतिरिक्त कृयाकलापमा नेपाली सांस्कृतिक नृत्य र संस्कृति सिकाईने गरेको पाठशाला प्रिन्सिपल विजयराज भट्टराईले जानकारी दिए । नेपाली पर्यटन तथा जानकारीमुलक वृत्तचित्र समेत बालबालिकालाई देखाईने गरिएको छ । नेपाली चार्डपर्व, नेपाली खाना देखि संस्कार पनि पाठशालामा सिकाईदैछ । नेपाल संस्कार र संस्कृतिलाई थप परिचित गराउन पनि मन्दिर परिसरको सभाहलभित्र पाठशाला संचालन हुदै आएको भट्टराईले बताए ।
विद्यालयमा अंग्रेजी माध्यमको पढाईसंगै अंग्रेजी मात्रै बोलिने भएकाले नेपाली भाषा बिर्सदै गएको चिन्ता अभिभावकमा छ । पाठशालाले धेरैलाई उत्साही बनाएको छ । ‘नेपाली पाठशालाले राहतको अनुभव दिएको छ’ अभिभावक नवराज खनालले भने–‘यसले नेपाली भाषा र संस्कृति संरक्षणका लागी पनि सहयोग पु¥याउनेछ ।’


नेपाली भाषा र सस्कृतिलाई नया पुस्तासम्म जीवित राख्न थालिएको यो अभियानमा नेपाली अभिभावले आफना बालबालिकालाई पाठशालामा पठाएका छन् ।
अमेरिकाको टेक्सास राज्यमा नेपाली समाज टेक्सासले २००४देखि नेपाली बालबालिकालाई लक्षित गरि डालस सहरको अर्भिङमा नेपाली भाषा पाठशाला संचालन गदै आएको छ । यो अमेरिकाको पहिलो नेपाली भाषा पढाउने स्कूलको रुपमा समेत चिनिदै आएको छ । पाठशालामा ५ देखि १३ वर्ष उमेर समुहका २०० जना बालबालिका समावेश भएका छन् । । उनिहरुलाई स्वयंसेवकको रुपमा नेपाली शिक्षकहरुले पढाउछन् ।
पछिल्लो क्रममा अमेरिकाका विभिन्न राज्यहरुमा नेपालीहरुको बसोबास बाक्लिदै गइरहेको बेला दोस्रो पुस्ताले नेपाली भाषा बोल्न र लेख्न समेत बिर्सदै गएका छन् । यसैलाई सहयोग पु¥याउन अमेरिकाका नेपाली बसोबास गर्ने राज्यहरुमा भाषा पाठशाला कक्षा संचालन हुदै आएको छ ।

अभिभावकसंग अन्तक्रिया

यसै बीच आईतबार सुरु भएको नेपाली भाषा पाठशालाको क्रममा नेपाली समाज टेक्ससले अन्तक्रिया समेत ग¥यो । पाठशालाका प्रिन्सिपल विजयराज भट्टराईले यस पटक को पाठशालामा बिगतमा भन्दा केही नया गर्न खोजीएको बताए । हामीले यो तीन महिनाको अवधिमा बालबालिकालाई केही ज्ञान दिएर घर पठाउनेछौ‘ प्रिन्सिपल भट्टराईले भने–‘विद्यालयमा पढाईने पाठयक्रमको शैलीमा हामीले पनि पढाउने कोशिस गर्नेछौ ।‘


कार्यक्रममा पाठशालका पुर्व प्रिन्सिपल डा मुरली अधिकारीले नेपाली पाठशाला नेपाली बालबालिकालाई नेपालको संस्कार संस्कृति र केही सिक्ने एउटा थलोको रुपमा विकास भएको बताए ।
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्मा, वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले तथा विनय अर्याल लगायतले पनि नेपाली पाठशालाको महत्वको बारेमा प्रकाश पारेका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected