सामाजिक संजालको भित्तोमा रंगिएको भ्यालेन्टाइन
अमेरिका– भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस । प्रेमि प्रेमिकाका लागी एउटा उत्सव । हरेक वर्ष फे्रबुअरी १४ लाई विश्वभरी भ्यालेन्टाइन डेको रुपमा प्रेम जोडीले मनाउदै आएका छन् ।
पछिल्लो क्रममा बढ्दो सामाजिक संजालको प्रयोगले धेरैले जोडीको तस्विर राखेर रंगाउने क्रम बढेको छ ।
भ्यालेन्टाइन डे आउनु अगाडी नै प्रेम जोडीहरुको तस्विर छरपष्टै हुन्छ । फेब्रुअरी १४ को दिन त फेसबुकको भित्तो पुरै भ्यालेन्टाइन जोडीले रंगीएको छ ।
नेपाल संगै विदेशमा बस्ने नेपालीहरुले फेसबुक, ट्वीटर, इन्स्ट्राम लगायतमा जोडीको फोटो राखेर ह्याप्पी भ्यालेन्टाइन भन्ने गरेका छन् ।
सामाजिक संजालमा पनि भ्यालेन्टाइन तस्विर राख्ने र नराख्नेहरुका बीच जुहारी पनि त्यतिकै चल्ने गरेको छ ।
केवल एक दिनलाई भ्यालेन्टाइन फोटो राखेर औपचारिकता पुरा गर्ने क्रम बढेको छ । अमेरिकाको व्यस्त जीवन शैलीमा कामको व्यस्तताले कतिपय जोडीहरुको एक आपसमा भेटघाट समेत हुदैन । सामाजिक संजालमा तस्विर राखेर पनि चित्त बुझाउछन् । कतिपय भने सामाजिक संजालमा तस्विर राख्ने देखि डेटीङ समेत जाने गरेका छन् । रेष्टुरा पुगेर रमाइलो पार्टीमा सहभागी हुने गरेका छन् ।
मेरिल्यान्डमा बस्दै आएका नेपाली सिने अभिनेता राजबल्लभ कोइरालाले भ्यालेन्टाइन भन्दै जोडीको फोटो फेसबुकमा राखेका छन्
। त्यस्तै उनले आफनो अर्को फेसबुक पेजमा भने उनले एउटा सिनेमाको सिनेको गुलाब लिएको फोटो पोस्ट गदै लेखेका छन्–अरु सबै फूल ओइलाएर गए । तर यो फोटोको गुलाफ जस्ताको त्यस्तै छ ।’ ह्याप्पी भ्यालेन्टाइन डे ।’ भनेर पोस्ट गरेका छन् ।
सेलिब्रेटी देखि सर्वसाधारणका भ्यालेन्टाइन जोडीका तस्विरले यतिबेला सामाजिक संजाल रंगिएका छन् । लोकगायक तथा संचारकर्मि रामप्रसाद खनाललाई भने सामाजिक संजालमा प्रदर्शन गरिएको भ्यालेन्टाइन डे कोरा काल्पनिक जस्तो लागेको छ । उनले प्रेम दिवसलाई सस्तो बनाइएको भन्दै यस्तो लेखेका छन्– जब माया प्रेम वर्षको एक दिन प्रदर्शनमा राखिने बस्तु या फोटोमा देखाइने सस्तो चीज बन्छ, तब यसको महत्व नै कहा रहउो र ?
हो त उनले भने झनै पछिल्लो क्रममा भ्यालेन्टाइन डे समाजिक संजालमा सस्तो लोकप्रियताका लागी प्रदर्शन गर्ने होडबाजी चलेको छ ।
तर उनको यो कुरालाई फरक मत राख्नेहरु पनि सामाजिक संजालमा प्रशस्तै छन् । वर्षमा एक पटक आउने प्रेम दिवसलाई आफनो व्यक्तिगत वालमा राखेर कसैका लागी प्रदर्शन नभएको भन्नेहरु पनि त्यतिकै छन् ।
वर्षमा एक पटक आउने यो पर्वले प्रेमजोडीको मायालाई प्रगाढ बनाउन संगै तस्विर खिचेर राख्दा पनि आत्मियता थप गाढा हुदैजान्छ’ फोटवर्थ बस्ने गोपाल अधिकारीले भने– मलाई त लाग्दै सामाजिक संजालमा फोटो राख्दैमा सस्तो लोकप्रियता हुदैन ।’
भ्यालेन्टाइन डे को विषयलाई लिएर सामाजिक संजालमा आ–आफनो मत राखेर प्रयोगकर्ताहरु विभाजित भएका छन् ।
अमेरिकाको न्युयोर्क बस्दै आएका नेपाल जनसम्पर्क समितिका केन्द्रिय सदस्य प्रमोद सिटौलाले पनि जोडीको फोटो फेसबुकमा पोष्ट गदै लेखेका छन्– ‘सधैभरी नै प्रणय दिवस ।’
उता टेक्सस बस्दै आएका पत्रकार सुर्य थापाले पनि जीवन संगीनी श्रद्धा कुवर थापासंगको गुलाफ साटासाट गरेको तस्विर सार्वजनिक गदै सुन र धन हैन मायाले जीवन भरिदिन सक्छु भन्दै ह्यापी भ्यालेन्टाइन भनेका छन् ।
नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्र टेक्ससका अध्यक्ष सुरेश पाेखरेलले पनि भ्यालेन्टाइन काे शुभकामना दिदै जाेडीकाे फाेटाे फेसबुकमा पाेस्ट गरेका छन् । उनले जीवन संगिनीलाई सरप्रराइज गिफ़्ट पनि दिएका छन् ।
हो त उनले भने झै भ्यालेन्टाइन डे मनाउन यही दिनलाई पर्खनु पर्छ भन्ने छैन । माया र आत्मियता त सधै भरी नै रही रहन्छ ।
टेक्ससमा मोमो टु गोले यहा“ भ्यालेन्टाइन डे लाई नै लक्षित गरी जोडी फोटो कन्टेस्ट नै आयोजना गरेको छ ।
जे होस भ्यालेन्टाइन डे अन्त्र भन्दै सामाजिक संजालमा यसरी मज्जैले छाएको छ । ह्याप्पी भ्यालेन्टाइन डे ।