अमेरिका– गायिका बसन्त प्रकृति राजन राज शिवाकोटीको स्वरमा सजिएको यस्तै हुदो रहेछ बरै माया प्रेममा बोलको गीत सार्वजनिक भएको छ ।
मोन स्टार स्टुडियोको युटयुब च्यानलबाट गीत सार्वजनिक भएको हो ।
डा राजुब्ाँबु श्रेष्ठको शब्द रहेको गीतको कम्पोज राजनराज शिवाकोटीले गरेका हुन । अमोस तामाङको एरेन्ज र श्याम श्वेत रसाइलीले मिक्सिङ गरेको गीतको भिडियो निर्देशन प्रदीप श्रेष्ठले गरेका हुन । भिडियोमा अनुराग शर्मा, रिचा थापा र रमेश शाहीले अभिनय गरेका छन् ।
बसन्तले यस अघि निकालेको मनमा नामक एकल एल्बममा समाविष्ट गीतले स्रोता तथा दर्शकको मन जितेको थियो । संख्यात्मक भन्दा गुणात्मकतालाई ख्याल गर्ने उनले अहिले सम्म २० वटा गीतमा स्वर भरेकी छिन् ।

https://m.youtube.com/watch?v=eW0LcZ3gsV0&feature=youtu.be

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected