अमेरिका– विश्वकै शक्तिशाली व्यक्तिको रुपमा चिनिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चढने कारको चर्चा यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘द विस्ट’ नामक कारको बारेमा सबैतिर चर्चा भएको हो । अर्को साता राष्ट्रपति ट्रम्प दुई दिने भारत भ्रमणमा जाने क्रममा उनको यो कार उनी अगाडी नै भारत पुगीसकेपछि झन चर्चा भएको हो । राष्ट्रपति ट्रम्पको यो विशेष कार सबै अत्याधुनिक सुविधा र हतियारले सुसज्जित छ । कुनै पनि आपत विपत परेको खण्डमा सामना गर्ने क्षमता यो कारमा रहेको सुविधाले प्रदान गर्छ । यो कारले राष्ट्रपतिको सुविधाको समेत सबै ख्याल राख्नेगर्छ । राष्ट्रपति ट्रम्पको सुरक्षा र सुविधाका लागी विशेष तरिकाले निर्माण भएको यो कार अमेरिकी बायुसेनाको विमान मार्फत भारतको अहमदाबाद पुगीसकेको छ ।
भारतमा उर्तिने बितिक्कै राष्ट्रपति ट्रम्पको कार सामाचार तथा टिभी च्यानलमा छाएको थियो । सडकमा देख्ने वितिक्कै सबै जना एकटकले यो कार हेरिरहको सामाचार एजेन्सीहरुले जनाएका छन् ।
यही कारमा ट्रम्प र मेलानिया यही गाडीमा भारतको सडकमा सयर गर्नेछन् । यो विशेष प्रकारको कारमा एक विशेष प्रशिक्षण प्राप्त कमान्डो ड्राइभरले चलाउछन् । यो कारमा कसैले आक्रमण गरि हाले पनि गोली तथा बमको समेत असर पदैन । कारले सबै प्रकारको रासयनिक आक्रमणको सामना गर्न क्षमत राख्छ । कारले न्युकिल्यर आक्रमणको सामना गर्ने क्षमता समेत राख्छ । कारको पाटपुर्जा समेत विशेष तवरले बनेका छन् ।
कारमा संचार प्रणाली देखि विभिन्न कन्ट्रँेल रुम समेत रहेको छ । यो कारको खास रिमोट कन्ट्रोल राष्ट्रपति संग रहने गरेको छ । राष्ट्रपतिको सिटमा सेटलाइट फाने जटीत रहेको छ जसको मदतले उनले सिधै पेन्टागन र उपराष्ट्रपति संग कुराकानी गर्न सक्छन् । यसका साथै विशेष परिस्थितिमा अक्सिजन सप्लाईका लागी एक विशेष कन्ट्रोल वटन समेत कारमा रहेको छ । कारको सिटलाई काचको केबिनमा बदल्ने बटन समेत राष्ट्रपति संग रहने गरेको छ ।
यो कार पन्चर भए पनि सन्तुलन नगुमाई आफनै गतिमा गुडीरहन सक्छ । शत्रुसंग लडन कारमा मेसिन गन र नाइट भिजन क्यामेरा जस्तो प्रविधि समेत जडीत छ । कारमा फायर फाइटिङ प्रणाली र टियर गेसको सुविधा पनि छ । अमेरिकी राष्ट्रपतिका लागी विशेष तवरले डिजाइन गरिएको यो कार १० करोड रुपैया भन्दा पनि बढी मुल्यको भएको बताइन्छ ।

एजेन्सीकाे सहयाेगमा

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected