अमेरिकामा नायिका ऋचा रेडियो पडकास्टमा गुन्जिदै
शिव शर्मा
अमेरिका– ऋचा घिमिरे नेपाली रजतपटमा चिनिएकी नायिका हुन । पाच वर्ष अघि अमेरिका आएकी यी नायिका यतिबेला अमेरिकामा रेडियो प्रस्तोताको रुपमा चिनिएकी छिन् । उनले संचालन गर्ने रेडियो हो रेडियो ‘पडकास्ट ।’
अमेरिकाको मेरिल्यान्ड राज्यमा बस्दै आएकी उनले पडकास्ट मार्फत आफनो स्वर विश्वभरी पु¥याइरहेकी छिन् । ‘इनकमर विथ ऋचा’ नामकरण गरिएको उनको यो रेडियो कार्यक्रम आइफोन हुनेहरुले पोडकास्ट एप्पसमा गएर इनकमर सर्च गरेर सुन्न सकिन्छ । यो एप्पस हरेक आइफोनमा उपलब्ध रहेको छ । त्यस्तै एन्ड्रोइड मोवाइल हुनेले पनि पोडकास्ट एप्पस डाउनलोड गरेर इनकमर विथ ऋचा सजिल्लै सुन्न सकिन्छ ।
उनले चलाउने ३५ देखि ४० मिनेटको उक्त कार्यक्रम महिलासंग सम्बन्धीत रहेको छ । आफनो देश छाडेर अन्य देशमा बसेर सफलता हासिल गरेका महिलाहरुलाई खोजेर उनले पोडकास्ट मार्फत चिनाउदै आएकी छिन् ।
ऋचा आफै पोडकास्ट रेडियोकी फ्यान थिइन । मेडिटेसन तथा कसरत गर्दा उनी प्राय आइफोनमा पोडकास्ट सुनीरहेकी हुन्थिन । उनलाई पनि केही नया गरौ भन्ने सोच आइरहेको थियो । ‘यही क्रममा महिलाको विषयमा रेडियो कार्यक्रम मार्फत आवाज उडाउनुपर्छ जस्तो लागेर पोडकास्टमा कार्यक्रम सुरु गरेकी हु“ ऋचाले आफनो धारणा राख्दै भनिन–‘अन्य देशमा जीवनयापन गरेका महिलाहरुको यात्राको कहानीलाई समेटने कोसिस गरेकी छु“ ।उनका अनुसार विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका महिलाहरुको क्षमतालाई कथाको रुपमा कार्यक्रममा प्रस्तुत गदै आएकी छु ।
उनलाई यो कार्यक्रम गर्न ठाउठाउमा कुदिरहनु पदैन । घरमै बसेर विभिन्न क्षेत्रका महिलाहरुसंग कुराकानी गदै यो कार्यक्रम चलाउदै आएकी छिन् । यो कार्यक्रम अंग्रेजी भाषामा संचालन हुदै आएको छ ।
त्यसो त ऋचा सिनेमामा आउनु अघि टेलिभिजन प्रस्तोता दिइन । नायिका पुजा चन्द ले निर्माण गरेको द कलेक्सन मार्फत उनी टेलिभिजन स्कृनमा आएकी थिइन । झण्डै तीन वर्ष उनले नेपाल टेलिभिजनमा यो कार्यक्रम चलाएकी थिइन ।
नेपाली सिनेमामा काली सुन्दरीको उपमाले चिनिएकी नायिका ऋचाले ३० भन्दा बढी नेपाली सिनेमामा अभिनय गरेकी छिन् । निर्देशक पति शंकर घिमिरे यतिबेला ऋचाको यो पोडकास्ट कार्यक्रम निर्माण गर्नमा व्यस्त रहेका छन् । उनले वेल डन क्रियशन मार्फत ऋचाको कार्यक्रमलाई स्रोता माझ पु¥याउने काम गरेका छन् । घरमै कार्यक्रमका लागी स्टुडियो निर्माण गरेका छन् ।
‘अडियोमा मात्रै सिमित यो कार्यक्रलाई अब छिट्टै युटयुब मार्फत पनि सार्वजनिक गर्ने तयारी गरिरहेका छौ’ निर्देशक शंकर घिमिरेले भने– ‘भिडियोमा पनि पोडकास्टलाई दर्शकले हेर्न पाउनेछन् ।’
चार महिना अघि सुरु भएको यो रेडियो कार्यक्रममा ऋचाले महिला अभियान्ताहरु डा विष्णु माया परियार, बन्दिता शर्मा दाहाल हेलेन, स्वेता उपाध्याय, देखि मलेसियामा बस्दै आएकी पुर्व मिस नेपाल झरना बज्रचार्य लगायतलाई समेटी सकीसकेकी छिन् । नेपाली संगै विदेशी महिलाहरुलाई उनले यो कार्यक्रममा समेटेकी छिन् । उनको यो कार्यक्रम छोटो समयमा नेपाली समुदाय मात्र नभई विदेशी स्रोता माझ पनि लोकप्रिय बनीरहेको छ । उनको यो कार्यक्रम सुन्नेहरुको जमात बढेको छ । हरेक श्रृखलाको कार्यक्रमलाई विभिन्न व्यक्तित्वहरुले प्रायोजन गरेर सहयोग गदै आएका छन् । अहिलेसम्म कार्यक्रमको ८ वटा श्रृखला सकिएको छ ।
मोवाइल रेडियो पोडकास्ट अमेरिका संगै युरोप र अष्टे«लियामा पनि त्यतिकै लोकप्रिय छ । यसको मुख्य स्रोता भनेका युवा तथा स्कुल कलेज पढने विद्यार्थी बढी रहेका छन् ।
http://welldonecreations.com/podcast/from-me-to-you/