अमेरिका– भिजिट नेपाल–२०२० लाई लक्षित गरी नेपाली समाज टेक्सस र इन्द्रेणी सांस्कृतिक संघले यस पटक पनि इन्द्रेणी होली गर्ने भएको छ ।
आउदो मार्चा ७ गते गे्रेपभाइन जेक्सन पेभेलियन पार्कमा यस वर्ष पनि होली कार्यक्रम हुन लागेको हो ।
ड्यालस फोटवर्थ क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका लागी यो वर्षेनी आयोजना हुदै आएको ठुलो होली उत्सवको रुपमा लिइन्छ ।
‘विगतका वर्षहरुमा झै यस पटक पनि विविद्य कार्यक्रम सहित होली उत्सव आयोजना गरिएको छ’ इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष सुशिल क्षेत्रीले भने– प्रवासमा नेपाली नेपाली समुदायका बीच आपसी सदभाव र मनोरञ्जनका लागी यो कार्यक्रमले टेवा पु¥याउने विश्वास लिएका छौ ।’

होली कार्यक्रमका अवसरमा रंग खेल्ने देखि विविध सांस्कृतिक कार्यक्रम समेत राखिएको क्षेत्रीले जानकारी दिए ।
यसै बीच नेपाली समाज टेक्ससले संचालन गरेको नेपाली पाठशालाका २ सय जना विद्यार्थीलाई भिजिट नेपाल–२०२० को टिर्सट समेत निशुल्क उपलब्ध गराइने भएको छ ।
नेपाल भ्रमण वर्ष–२०२० को प्रर्वद्धन गदै हाम्रो संस्कृति र हाम्रो पर्व नेपाल र नेपालीका लागी भन्ने उद्घोष सहित इन्द्रेणी होली आयोजना हुन लागेको हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected