तिमीलाई कहिल्यै रुवाउदिन भन्थिन बैमानीले
छुराले रेटियो मुटुलाई गइन बैमानीले…..

टेक्सस–माया गरेको मान्छेले छुरा रोपेपछि पीडा कस्तो हुन्छ ? आफनो स्वार्थ पुरा गरेर भाग्ने मायालुले चोखो मायालाई लात मारेर हिडेपछि यस्तै गुनासो गदैछन् गीतकार भुपेन्द्र न्यौपाने । कहिल्यै रुवाउदिन भनेकी बेमानीले रुवाएर गएको पीडा गीतमा छ । अमेरिकाको टेक्ससमा बसेर गीत लेख्नमा सक्रिय स्रष्टा न्यौपानेले शुक्रबार रिलिज भएको आधुनिक गीत सुगम संगीत पारखीहरुलाई कोसेलीको रुपमा आएको छ । रोचक के छ भने गीतकार बाबु न्यौपानेले लेखेको गीतमा छोरा निर्जल न्यौपानेले मोडल को रुपमा अभिनय गरेका छन् ।
राज सागरको स्वर तथा रहेको यो बेइमानी बोलको गीत बी पाण्डे म्युजिक प्लस युटयुब च्यानलबाट सार्वजनिक भएको हो । आकर्षक म्युजिक भिडियो समेत निर्माण भएको गीतमा राजु कार्कीको एरेन्ज, भुवन गन्धर्वको तबला, संजीव सुब्बाको गीतार रहेको छ । भ्वाइस अफ नेपालको स्टुडियोमा गीत रेकर्ड भएको हो ।
अर्जुन तिवारीको क्यामेरा रहेको गीतमा सुरेश रावतले सम्पादन र बि पाण्डेले निर्देशन गरेका हुन ।

म्युजिक भिडियोमा अभिनय गीतकार न्यौपानेका छोरा निर्जल न्यौपाने र प्रतिक्षा रिजा तथा विदुर भट्टराईले अभिनय गरेका छन् ।
यस अघि गीतकार न्यौपानेले यस अघि पनि भिडियो सहित केही गीत बजारमा ल्याएका थिए ।

गीतकाे लिंक तल छ

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected