टेक्ससमा इन्द्रेणी होलीको रौनक

अमेरिका-रंगहरुको पर्व होली । होलीमा रंग जस्तै हरेकको मन रमाउछ । स्वदेशमा जस्तै विदेशमा पनि होलीको रौनकतामा रमाउने नेपालीहरु उतिकै छन् ।अमेरिकाको टेक्सास राज्यमा शनिवार ग्रेपबाइन स्थित लेकमा टेक्सस वरपरका नेपाली जमघट भएर होलीमा रमाए । पछिल्लो समय कोरोनाभाइरस को सक्रमण फैलिरहेको बेला त्रासका बीच पनि होली कार्यक्रममा रंग र अविर दलेर होलीको सोहाद्रता साटे । नेपाली समाज टेक्सस, इन्द्रेणी सांस्कृतिक सघ र पृथ्वीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा इन्द्रेणी होली कार्यक्रम भएको हो ।
मन्डलाकी आइसा ओझा होलीको रंगले चिन्नै नसक्ने अवस्थामा थिइन । होलीको रंगमा लत्पत भएकी उनले वर्षेमा आउने एक पटकको होलीमा रमाउनुको आनन्द बेग्लै हुने बताइन ।
‘एक पटक आउने होलीमा रमाइलो गर्ने प¥यो नि’ उनले भनिन–‘केवल रंग मात्र हैन साथी साथी बीचको भेटघाट र रमाइलोको माध्यम पनि त हो ।’
आईसा मात्र हैनन उनी जस्तै धेरै युवायुवतिहरु होलीको उमंगमा रमाएका भेटिएका थिए । रंग मात्रै खेलेनन होली पारखीहरुले । कार्यक्रममा होलीको संगीतमा आकर्षक नृत्य समेत गरेर माहौल तताएका थिए ।
साथीभाई जमघट भएर होस या संघसंस्थालाई धमाधम होलीका कार्यक्रमहरु सहभागी गराएर वर्षो देखि नेपालीहरुलाई जमघट गराएर होली पर्व मनाउन थालेको हो ।
‘विदेशमा भए पनि नेपाली– नेपाली बीच भाईचाराको सम्बन्ध स्थापित गराउन र मनोरञ्जनका लागी सामुहिक होलीको आयोजना गरिएको हो’ आयोजक नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले भने –‘वर्षो देखि आयोजना हुदै आएको यो पर्वमा नेपालीहरुको सहभागिता रहदै आएको छ ।’
उनले सबैतिर कोरोनाभाइरस सक्रमणको त्रासका बीच पनि होलीमा नेपालीहरुको स्वतस्फुत रुपमा सहभागी भएको बताए ।
तालको किनारमा विभिन्न संगीतका साथमा होलीको बेग्लै उमंग रह्यो । होलीमा रमाउन आउनेलाई विभिन्न खानाका परिकारहरु समेत नेपाली व्यवसायीहरुले उपलब्ध गराएका थिए ।
विदेशमा भए पनि सबैसंग मिलेर होलीमा रमाउदा रमाईलो लाग्छ’ इन्द्रेणी सांस्कृतिक संघका अध्यक्ष सुशिल क्षेत्रीले भने, ‘अरु दिनको कामको बोझलाई पनि यो होलीले हटाएको महसुस हुन्छ ।’ । उनका अनुसार बिगतका वर्षमा जस्तै यो पटक पनि होली उल्लासमय बनेको बताए ।
होलीमा टेक्ससमा रहेका सबै संघ संस्थाका अगुवा व्यक्तिहरुको सहभागितता देखिन्थ्यो । नेपाली समाज टेक्ससका पुर्व अध्यक्ष सुमन थापा र महासचिव भक्त भण्डारी पनि होलीको रंगले लचप्पै बनेका थिए । भन्दै थिए– ‘एक पटक आउने होलीमा नरंगिए कहिले रंगिने ।’
होली खेल्न मात्रै नभई साथीहरु एकआपसमा बसेर गफ गाफ गदै मिठा खानेकुरा खाएर मनाउने नेपालमा जस्तै चलन यता पनि विकसित भएको छ । नेपाली अन्य समुहले पनि यसरी नै होलीको भव्य कार्यक्रम राखेको छ । अरु बेला सबै आ–आफनो काममा व्यस्त हुने नेपालीहरुलाई चाडपर्वमा भने यसरी नै सबैलाई एक आपसमा जमघट हुने अवसर दिन्छ । सबैलाई अनुकुल हुने गरी यहा“ साप्ताहिक रुपमा होली पर्व मनाउने गरेको पाईन्छ । आठ वर्ष देखि अमेरिका बस्दै आएका हरि खत्री हरेक वर्ष होली विशेष कार्यक्रमा सहभागी हुदै आएका छन् । होलीमा सहभागी हुदा नेपाललाई भएको महसुस गराउछ’ उनले भने, ‘यस पटक पनि होली आउनु अगाडी नै यो पर्वमा रमाइएको छ ।’
अमेरिकाकमो टेक्सास मात्र हैन हरेक राज्यमा बस्ने नेपालीहरुले यसरी नै सामुहिक रुपमा होली विशेष कार्यक्रम गरेर रमाउने गरेका छन् । मेरिल्यान्डमा रहेका नेपाली कलाकारहरुको टोली पनि एक आपसमा होली खेलेर रमाउने गरेको बताउछन् ।
भेटघाट रमाईलो यो पर्वले बनाईदिन्छ विदेशमा । एक आपसमा रंग छ्यापेर खेल्दा साथी– साथीबीचको आत्मियता पनि बढाईदिन्छ । केटाकेटी युवा देखि बुढापाका सम्म यहा“ होलीको रमझममा सहभागी भइरहेका छन् । यस वर्षको होली विदाको दिन परेकाले पनि धेरैलाई मनाउन झनै सहज बनाएको छ । समय नमिल्नेहरु भने अगाडी नै होली कार्यक्रममा सहभागी हुदै आएका छन् ।