अमेरिकामा कोरोनाभाइरस प्रभाव सुपरमार्केटमा सामानकाे र्याक रित्तै

अमेरिका– कोरोनाभाइरस सक्रमण फैलिए पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपतकाल घोषणा गरेको भोलिपल्टै अमेरिकाका ठुला सुपरमार्केटमा अतिआवश्यक सामानका पाउन मुस्किल भएको अमेरिकाका चल्तीका मार्केट क्रोगर, वाल्मार्ट, अल्बस्टाइन, स्याम्स क्लब लगायतमा अतिआवश्यक सामान पाउनै हम्मे परेको हो । अधिकांश खाद्यन्नका ¥याक रित्तै देखिएका छन् ।
कुकिज देखि भान्साका लागी चाहिने अतिआवश्क सामानहरु पाउन छाडेको छ ।
पानी, आलु प्याज, तरकारी, चामल, मासु देखि जेल सेनिटाइजर, ट्वाइलेट पेपर लगायतका सामानहरुको अभाव भएको छ ।
आपतकाल घोषणा भए लगत्तै बजारमा धेरै सामानहरु पाउन छाडिएको हो ।यी सुपरमार्केटहरुमा सामान नपाएर दिक्क मान्दै फर्किनेहरु बढेका छन् । अगाडी नै समानहरु आवश्यकता भन्दा बढी संचय गरेपछि यस्तो अभाव देखिएको हो ।
‘आवश्यकता भन्दा बढी त्रासले यस्तो भएको हो’ नेपाली समाज टेक्ससका अध्यक्ष दिनेश शर्माले भने– ‘बिस्तारै अवस्था सहज हुने र त्यस्तो अभाव हुने छैन ।’
उनले भने झै बढी मात्रमा डर र त्रासले कतै अभाव नै हुने हो की भनेर खाद्यन्न संचय गरेपछि सुपरमार्केटका ¥याकहरु रित्ता देखिएका हुन ।
धेरैले सामाजिक संजालमा सुपरमार्केटका रित्ता ¥याकका फोटोहरु पोष्ट गरेर वर्तमान कोरोनाभाइरसको प्रभावलाई देखाएका छन् ।
आवश्यकता भन्दा बढी सामान एकै व्यक्तिले संचयका लागी किन्न थालेपछि कतिपय सामानहरु पाउन समेत मुस्किल भइसकेको छ । अहिले बढी मात्रमा हातमा लागाउने जेल सेनिटाइजरको बजारमा अभाव भएको छ ।
‘सामान पनि केही नपाइने र भीड पनि कस्तो बढेको हो’ वाल्मार्टमा भेटिएका श्याम थापाले भने– कोरोनाभाइरसको आवश्यकता भन्दा अलि बढी हल्लाले यस्तो भएको हो कि ?
हो त उनले भने जस्तै यतिबेला अमेरिकाको बजारमा चाहिने भन्दा बढी सामानको जगेडा राख्नेहरुको कारण यतिबेला बजारमा भीडभाड र सामान किन्नेहरुको हारालुछ भएको छ । सामान नपाएपछि सर्वसाधारण सुपरमार्केट र साना पसलहरु चाहरिरहेका छन् । जता डुल्दा पनि समान पाउन सकेका छैनन ।
कोरोनाभाइरस त्रासदीले भोली के हुने हो भन्ने एक खालको अन्यौलताले गर्दा बजारमा सामान किनेर संजय गर्नेहरुका कारण अभाव चरम भइरहेको छ । केही दिन यस्तै भइरहे मा खाद्यन्न अभावको जटिलता झनै बढेर जाने अनुमान धेरैले लगाएका छन् ।