अमेरिकन आइडलको नजिक पुग्दै नेपाली युवा दिवेश

टेक्सस– विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलमा दिपेश पोखरेल अर्थात अर्थर गन दोस्रो चरणमा पुग्दै तहल्का पिटेका छन् । उनको प्रस्तुती सर्वाधिक रुचाइएपछि उनको अमेरिकन आइडलको यात्रा नजिक पुगेको अनुमान संगीतपारखीहरुले गरेका हुन
प्हिलो अडिसन राउन्ड मै जजहरु ह्लिउडका चर्चित संगीतकार लियोनेल रिची, गायिका केटी पेरी तथा गायक ल्युक ब्रायनको मन जितेका उनलाई दोस्रो राउन्डमा पनि साथ रह्यो । केही फरक लुक्स सहित अमेरिकन आइडलको फलोरमा देखिएका दिवेशले आफनो प्रस्तुती दिदा दर्शक पनि एक साथ झुमेका थिए । आफनै दिदी रुपाले पनि दर्शक दिर्घामा बसेर भाईलाई हौसाइएको दृश्य निकै रोचक थियो ।उनले अमेरिकन आइडलको मञ्चमा आफनो प्रस्तुती दिदा रहदा जजहरु प्नि उनको गायकीबाट मन्त्रमुग्ध देखिन्थे ।
अघिल्लो प्रस्तुतीमा जस्तै नमस्ते अभिवादन गरेका दिवेशले आफनो प्रस्तुत दिदा कुनै कसर बाकी रोखनन । उनले आत्मविश्वासका साथ रोचक तरिकाले प्रस्तुती सकेपछि तीन जना जज आफनो ठाउबाट उठेर वन्स मोर भन्न थाले । दिवेश पनि के कम उनले पनि जजको आग्रहलाई स्वीकार गदै फेरी गला खोले । उनको प्रस्तुतीले तीन जना जज पनि नाच्न तम्सिए । उनको गायकीले जजहरुले निकै तारिफ पनि गरे ।
दिवेश ले आफनो प्रस्तुती दिएपछि निकै उत्साही भएको प्रतिकृया दिएका छन् । आफनो गीतमा जज र दर्शक रकिङ भएको देखेर आफुलाई निकै हौसला मिलेको बताए ।
दोस्रो पटक पनि आफनो बेजोड प्रस्तुत दिएर दिवेशले अमेरिकन आइडलको आफनो यात्रालाई थप उचाईमा पु¥याएका छन् । उनको प्रस्तुती र कला देखेर जज मात्र हैन धेरै संगीतपारखीहरु मन्त्रमुग्ध बनेका छन् ।
अमेरिका आएको पा“च वर्षमा नेपाली समुदायबाट यसरी विश्व चर्चित गायन प्रतिस्पर्धाको अडिसनबाट छानिएर उनी बढेका हुन ।
अध्ययनका लागी अमेरिका आएका पोखरेल का केही एल्बम पनि बजारमा आइसकेका छन् । तर पनि उनको चर्चा थिएन तर अमेरिकन आइडलबाट उनी सेलिब्र्टी बनिसकेका छन् ।विदेशी मिडियाहरुले भने उनलाई महत्व दिएर समाचार बनाएका छन् ।
अमेरिकन आइडलमा छानिएर अघि बढेपछि उनको चर्चा चुलिएर गएको छ । उनका गीतहरु एप्पल आइट्युनमा पनि सुन्न सकिन्छ । अमेरिकको केन्सस राज्यमा बस्दै आएका पोखरेल ६ वर्ष अघि मात्रै विद्यार्थी भिषामा अमेरिका आएका हुन ।
निकै प्रतिभावान पोखरेलाई सबैको सहयोग पाएमा अमेरिका आइडलमा माथिल्लो श्रृखला सम्म पुग्ने अपेक्षा राखिएको छ । अडिसन राउन्डमै उनलाई जजले प्रतिकृया दिदै उनमा भविष्यको ठुलो गायक बन्ने प्रचुर रहेको संभावना रहेको प्रतिकृया दिए थिए ।
उनकाे प्रस्तुति हेर्नुहाेस भिडियाेमा
https://youtu.be/-k_2lLFhbWE