अमेरिका– विश्वव्यापी महामारी बनेको कोरोनाभाइरसले यतिबेला सबैतिर अवस्था डामडोल बनेको छ ।
अहिले सम्म विश्वमा कोरोनाभाइरसबाट ९ हजार ३ सय ९० जनाको ज्यान गइसकेको छ भने २ लाख भन्दा बढी मानिस यसको संक्रमणमा परेका छन । यो समाचार तयार पार्दा सम्म चीनमा ३ हजार २ सय ४५ र इटलीमा २ हजार ९ सय ७८ र इरानमा १ हजार २सय ८४ जना को ज्यान गएको छ । यी तीन देश कोरोनाभाइरसबाट बढी प्रभावित बनेका छन् । यी मध्ये ६४ भन्दा बढी देशमा यसको संक्रमणबाट मुत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् । संक्रमीत मध्ये विश्वका १ लाख २४ हजार भन्दा बढीको उपचार भइरहेको खबर छ ।
चीनको बुहानबाट सुरु भएको कोरोनाभाइरसको महामारी अहिले विश्वका १७२ भन्दा बढी राष्ट्रमा डढेलो झै सल्किएर फैलिएको छ ।
चीनको अलवा १६ भन्दा बढी मुलुकमा हजार भन्दा बढी संक्रमणका घटना बाहिर आएका छन् ।

चीन– चीनमा अहिले कोरोनाभाइरस करीब करीब नियन्त्रणको अवस्थामा पुगेको छ । चीनमा बुधबार ३४ संक्रमणका घटना मात्रै बाहिर आएको छ । चीनमा ८० हजार ९ सय ७ संक्रमीत छन् भने ७० हजार ४ सय २० जनालाई निको भइसकेको छ । मारिनेमा ३ हजार २ सय ४५ छन् । बुधबार चीनमा जम्मा ८ मुत्युको घटना बाहिर आएको थियो ।

इटली–चीन पछि दोस्रो कोरोना प्रभावित मुलुक युरोपको इटली हो । यहा“ अहिले सम्म २ हजार ९ सय ७८ को ज्यान गएको छ भने ३५ हजार भन्दा बढी संक्रमणबाट गुज्रिएका छन् । ४ हजार २५ जनालाई निको भएको छ । बुधबार मात्रै इटलीमा ४ सय ७५ जनाको ज्यान गएको थियो ।

इरान– चीन र इटली पछि कोरोनाभाइरस संक्रमीत मुलुक इरान हो । यहा“ १ हजार २ सय भन्दा बढीको ज्यान गएको छ । १८ हजार भन्दा बढी संक्रमीत छन् भने ५ हजार ७ सय १० जना संक्रमणबाट निको भएका छन् । बुधबार मात्रै यहा“ १४७ जनाको ज्यान गएको थियो ।

स्पेन– स्पेनमा अहिले सम्म ८ सय ३ जनाको ज्यान गएको छ । यहा“ संक्रमणको संख्या १७ हजार भन्दा बढी पुगेको छ । ५ हजार ७ सय १० लाई नै निको भएको छ । बुधबार एकै दिन स्पेनमा १०५ जनाको ज्यान गएको थियो ।

जर्मनी– जर्मनमा अहिले सम्म कोरोनाभाइरसबाट ४३ जनाको ज्यान गएको छ । १४ हजार बढी संक्रमीत र ११३ जनालाई निको भएको छ । बुधबार मात्रै १३ जनाको ज्यान गएको थियो ।

अमेरिका– अमेरिकामा पनि कोरोनाभाइरसको कहर फैलिएर गएको छ । यहा“ अहिले सम्म १६१ जनाको ज्यान गएको भने १० हजार ८ सय ६६ संक्रमीत भएका छन् । १०८ जना मात्रै निको भएका छन् । बुधबार यहा“ १५ जनाको हाराकारीमा ज्यान गएको थियो ।

फ्रान्स–फ्रान्समा अहिले सम्म २६४ जनाको ज्यान गएको छ । ९ हजार भन्दा बढी संक्रमीत बनेका छन् । ६ सय २ जना मात्रै निको भएका छन् । बुधबार मात्रै यहा“ ८२ जनाको ज्यान गएको थियो २।

ब्रिटेन– ब्रिटेनमा अहिले सम्म १३७ जनाको ज्यान गएको छ । २ हजार ६ सय भन्दा बढी संक्रमीत बनेका छन् । ६५ जनालाई मात्र यहा“ निको भएको छ ।

दक्षिण कोरिया–दक्षिण कोरियामा अहिले सम्म ९१ ज्नाको ज्यान गएको छ । यहा“ सक्रमीत संख्या ८ हजार ५ सय भन्दा बढी पुगेको छ । झण्डै २ हजार जनालाई निको भएको छ । बुधबार कोरियामा ७ जनाको ज्यान गएको थियो ।

स्राेत -एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected