कोरानाले ब्युँझिएकाे मान्छे

प्रिया राना
मुत्यु आखिर साश्वत सत्य हो । मुत्यु भन्ने शब्द सुन्ने बितिक्कै हरेक मान्छेको शरीर लगलग काप्ने गर्छ । आखिर मुत्युलाई जित्ने तागत कसैसंग पनि छैन । भलै त्यो जतिसुकै सर्वशक्तिमान नै किन नहोस् ऊ मुत्युसंग झुक्नै पर्छ । जन्मपछि एक दिन जसले पनि मर्नेपर्छ । तर यो संसारमा मान्छे अकालमा दिनहु मरिरहेको छ । कोही नजन्मदै मरेका छन् त कोही पृथ्वीमा पाइला राख्ने बितिक्तै मृत्युलाई वरण गरेका छन् ।
मरेपछि एक पटक मर्नेपर्छ । तर पनि यहाँअकालमा मान्छे मरिरहेका छन् । मुत्यु भन्ने शब्द यति बलियो छ कि यसलाई हामीले रोकेर पनि रोक्न सक्दैनौ । तर पनि यहा“ मान्छेहरु दिनुहु मृत्यु संग त्रसित हुदै भागीरहेका छन् । मर्ने रहर कसैलाई हुदैन तर पनि मान्छेहरु दिनहु मरिरहेका छन् र
यतिबेला विश्वभरी एउटा अदृश्य शक्तिले हजारौ मान्छेलाई दिनहु मारिरहेको छ । यो नदेखिने शक्तिसंग मान्छेहरु डराइरहेका छन् । मै हु भन्ने शक्तिशाली राष्ट्रहरु समेत अदृश्य शक्ति कोरोनाभाइरस संग त्रसित बनेका छन् । कोरोनासंग लडने क्षमता विश्वका कुनै मुलुकसंग अहिले छैन । नत अहिलेसम्म कुनै राष्ट्रले यसको अचुक औषधी नै पत्ता लगाएको छ । मान्छे यति अहंकारी र धनसम्पत्तिको पछि लागेको थिया । तर अहिले यो जैविक शक्तिले मान्छेको हैसियत के हो भन्ने देखाइदिएको छ । पैसाले यहा“ जीवन बचाउन नसकिने रहेछ । पैसा मात्र सबथोक भनेर कुदनेलाई अहिले यो कोरोनाले राम्रोग सबक सिकाएको छ ।
अमेरिका जस्तो महाशक्ति राष्ट्रलाई समेत अहिले कारोनाले थिलो थिलो बनाएको छ । विश्वकै कोरोनासंक्रमीत बढी हुने पहिलो देश अमेरिका बनेको छ । अहिले सम्म अमेरिकामा कोरोना संक्रमणको अवस्था सहज बन्न सकेको छैन । अहिले दिनहु जसो मान्छे मर्नुको नियति मान्छे आफैले निम्त्याएको परिणाम नै हो । आफैले गरेका दृष्परिणाम नै अहिलेको यो विपतको नियति बन्न पुगेको छ । मिसाइल र गोला बारुद्धको भरमा दुनियालाई त्रासमा राख्ने शक्तिका उन्माद चढेका राष्ट्रहरुलाई एउटा नदेखिने भाइरसले थन्को लगाइदिएको छ । आखिर मृत्युको अगाडी शक्ति, बल र पैसा केही हैन रहेछ भन्ने कुरा अहिलेको यो महामारीले राम्रोसंग सिकाएको छ ।
जीवनजन्तु तथा चराचुरुङ्गीलाई बन्धक बनाउने मान्छे अहिले आफै बन्धक बनेको अवस्था छ । कोरोनाभाइरसबाट जोगिन अहिले मान्छे मान्छे बीचको दुरी बढेको छ । सामाजिक गतिविधी बाट टाढिनु परेको छ । दिनहु एउटा बन्द कोठामा पिजडामा थुनिएको चरी झै झटपटाएर बस्नु परेको छ । यो किन त केवल त्यही मुत्युको त्रासदीले नै हो । कोठा भित्र थुनिएर मान्छेले अहिले जीवनको भिख माग्नु परेको छ । बल्ल मान्छेले बुझदै छ जीवन भन्दा ठुलो चीज अरु यो संसारमा केही रहेनछ । यो मान्छेले अहिले विपतमा बुझेको हुन्छ, जब स्थिति सहज हुन्छ फेरी उही लुछाडीचुडी र कहिले मुत्यु नहुने आफुलाइ अजम्बरी ठान्दै उही दम्भतिर लाग्छ । कोरोना पछि को सहज जीवन पश्चात पनि सायद मान्छेले सबै बिर्सन्छ र फेरी उही दुनियामा हिडनेछ । अहिले भने मान्छे
जीवनको याचना गरिरहेको छ ।
कुनै बेला सबथोक छोडेर पैसा को पछि दौडीनेहरु अहिले सब छोडेर आफ्नो ज्यान कसरी सुरक्षीत र बचाउने भन्ने तिर लागी परेका छन । काल आएर मर्नु या अकालमा मर्नु भन्दा अहिले को मृत्यु धेरै फरक छ। अहिले त कोरोना भाइरस काल भएर सबको सामु आएको छ। जुन प्रत्यक्ष देखिन्छ, डर लाग्दो छ, भयावह छ ।
मृत्यु हुँदा को क्षण, समय एक डर लाग्दो समय हो । मान्छेहरु मृत्युको कल्पना पनि गर्न डराउछन। यो शब्द देखि टाढा भाग्छ्न । बरु जति रोग बेथा भएनी केही समय अझै बाचौ या कहिले नमरौ भन्ने मनमा हुन्छ। बिरामी पर्दा हरेक पल भगवान को नाम जप्दै मलाइ केही नहोस, मलाइ बचाउनु होस भन्दै हर क्षण पुकार गर्छौ । अस्पतालको सैया मा मृत्यु सग लडाइँ गरिरहेका बिरामीहरु एक क्षण, केही समय बाच्न को लागि भगवान् को नाम लिदै पलपल रोग सग लडीरहेका हुन्छन् । बिरामीका आफन्तहरू बिरामी सन्चो होस भनेर दिन रात नभनी लाखौ पैसा खर्च गर्दै बिरामीको सेवा गरिराखेका हुन्छन । डाक्टर पनि बिरामी बचाउन हर कोशिस गरिरहेका हुन्छन । बिरामीहरु मृत्युको मुख बाट बाचेर आउनेहरु ठुलै जित हासिल गरेर आए जस्तो हुन्छ । उनिहरुको मुहारमा अलग्गै मुस्कान हुन्छ । थप आट, साहस आत्मबिस्वाश र हौसला पनि थपिन्छ। बचेका बाकी जिन्दगीमा अब त केही नयाँ र राम्रो गरौ भन्ने उत्सुकता जागर पनि आउछ । तर पनि एकदिन मृत्यु अनिवार्य छ । मृत्यु कसैले चहादैन तर समय आएसी सबै जना ढिला चाडाे मर्नै पर्छ । फरक यति मात्र हो समय आएर मृत्यु हुनु र जानाजान आफुलाइ मृत्यु को मुखमा पुर्याउनु धेरै फरक छ । मृत्युलाई रोक्न त सकिँदैन तर पनि राम्रो खानपान र हेरविचारले थोरै भएनि आयु लम्ब्याउन सकिन्छ । त्यसैले पहिला हामी स्वास्थ , निरोगि हुनुपर्छ ,रोग देखि टाढा भएर रमाउनु पर्छ, खुसी हुनु पर्छ । जति बाच्छौ खुसिले बाच्नु पर्छ । आफु पनि बचौ अरुलाइ पनि खुसीले बाँच्न सिकांउँ , मरे पछि फेरि जन्मिदैनौ , जे गर्नु पर्छ यहि जुनिमा गर्नु पर्छ ।
यतिबेला कवि शिरोमणि लेखनाथ पौडेललले भनेको काल महिमा कविताको पक्ति याद आयो:
(प्रिया राना ब्राजिल स्थित युएसनेपाल पाेस्ट प्रतिनिधी हुन संम्पादक)