हेल्थ इज वेल्थ ,पैसा आज छ भाेली छैन !

रेखा आेझा
हाउ वाज याेर फिलिंग बाबा ?
आइम नट वेल, हेरन टाउको दुखेर ज्वरो आएजस्तो भैरा’छ
हेल्थ इज वेल्थ, पैसा आज छ भोलि छैन धेरै गारो भएको भए घर आउँ !
कास आज पनि ऊ मेरो जीवनमा होस अनि यो लकडाउनमा खुलेआम हिडिरहेकी मलाई र मेरो बिचलित भएको मेरो मनलाई थाम्न सकोस झै लाग्थयाे । अहिले ऊ र उसको त्यो माया एकादेशको एउटा कथा भइसक्यो। आजको आधुनिक समाजमा यो माया,प्रेम, सम्बन्ध सबै क्षणीक रहेछ। बजारबाट किनेर ल्याएको अत्तर जस्तै, बिहान शरीरमा छर्केर हिड़यो बेलुकासम्ममा सुगन्ध आफै हराएर जाने।
अहिले ९० % साथीहरु ‘अनपेड’ विदा लिएर घर बस्दा मलाई पनि रहर नभएको त कहाँ होर घर बस्न तर पीडा मेरो आफ्नै। एक हप्ता त मैले पनि प्रयास गरे घर बस्न तर ओहो त्यो छटपटी त्यो एक्लोपन म शब्दमा बयान गर्नै सक्दिन।
सबै साथीहरूले मिठो मिठो पकाएर परिवारसंग रमाएका तस्बीरहरु फेसबुककाे स्टोरीमा राख्दा मलाई पनि उसलाई खान मन लागेकाे पुडी र खीर पकाएर दिन मन नलागेको त कहाँ होर तर खाइदिने ऊ पनि त म संग छैन।
यो कस्तो बिडम्बना !आफ्नो आमा भनेको आमा हो यार ! हर्ट गर्न हुन्न उसैले सिकाएको यो शब्द आजकल मलाई साच्चै महत्वपूर्ण लाग्छ। जिन्दगीमा जतिगल्ती गरेपनि माफ़ दिने आमा जति रिसाए पनि फकाउने आमा जिन्दगीदेखि हारे पनि सधै बाच्ने सहास दिने आज कोही छैन त के भयो मेरो आमा छिन मेरो साथमा। भलै टाढै हुन तर उनको त्यो माया र साथ जसले मलाई प्रत्येक सेकेण्ड बाँच्ने ढाडस दिईरहेकाे छ ।
कोरोना भाइरसले संसार हल्लाइ रहेको बेला मेरी आमाको मनको ढुकढुकी प्रत्येक सेकण्ड बढिरहेको छ।
मेरी आमाको मात्र हैन आफुबाच टाढा रहेका सन्तानहरुको चिन्तामा हरेक परिवारको मन त्यस्तै भएको होला। आफ्ना हरेक पीडालाई पैतालाले क्याच किचेर बाहिर सधै बिन्दास पारा देखाउने मलाई मेरो आमाले जति यो संसारमा अरु कस्ले बुझेको हुन सक्छ र। अहिले याे एकाकीपना मा आभास भएकाे छ ।
प्रत्येक घण्टामा फोन आउछ, मेसेज आउछ। आजकल उनका आँखा फेसबुकमा देखिने फोटो भन्दा समाचारमा बढ़ी जाने गरेको छ। दिनभरि काममा कोरोनाभाइरस बारे आउने समाचारलाई बेबास्ता गरेर रमाईरहेकी मलाई आमाले घण्टा घण्टामा मेसेज गरेर सम्झाउने गर्छिन। हेर्न अहिले सम्म यती मरिसकेछन, तिमी काममा नगए हुन्न सानु केहि थाहा नभए जस्तो गरेर हास्दै प्रतिउत्तर दिन्छु –
‘आमा मेरो काममा सुरक्षीत छु , नेपालमा त उज्यालाे हुन आँट्याे सुत्नु अब ।’
एक घण्टापछि फेरी फोनमा नोटिफिकेसन आउँछ
‘सानु मलाई निन्द्रै लागेन तिमी काममा नगई घर बसे हुदैन ।’ मलाई आजकल कोरोनाको बारेमा आउने समाचारले भन्दा आमाको मेसेजले धेरै तर्साएको छ। आजकल म
कार्यालयको काम भन्दा धेरै आमालाई फोन र मेसेजमा सम्झाएर नै त्यहाको पैसा पचाई रहेको छु।
एक हप्ता अगाडिको कुरा हो काममा एक्कासि इमरजेन्सी मिटिंग बस्छ। मनको ढुकढुकि बढेको छ। मन मनमा लागिसक्यो पक्कै कसैलाई कोभीड १९ ले छोइसक्यो त्यही जानकारी गराउन यो मीटिंग बसिरहेछ। खैरी मेनेजरले अनुहार रातो बनाउदै भन्छे-‘हाम्रै कार्यालयको कोही एकजानलाई कोभीड़ १९ लागिसक्यो ऊ घरकै आइसोलोसेनमा बिगत १३ दिनदेखि बसिरहेकोछ। ‘जीउमा जुरुङ्ग काँढा उमेरेर आउछ। नदुखेको टाउको त्यसै चीड़ चीड़ भएर दुख्छ। नआएको ज्वरो आएर जिउ कापे जस्तो अनुभव हुन्छ।
गाडीमा मस्त गीत घन्किएको छ तर ड्राइव गर्दा ध्यान चाहि त्यही शब्दमा गएर अडकिएकाे छ ।
हामी मध्य कोही एकजनालाइ कोभीड़ १९लागेको छ जो १३ दिनदेखि घरमै बसेको छ। त्यों दिन ड्राइव गरेर कसरी घर आइपुगे आफैलाई थाहा छैन। रातभरी निंद्रा लाग्दैन छटपटी हुन्छ। बिहानै घडीको अलार्म बज्छ लाग्छ काममा नगई मस्त सुतेर बसौ। फेरी सोच्छु ओहो त्यो एक हप्ताको घर बसाई, न समयमा निंद्रा लाग्छ न समय नै चाडो बित्छ। फेरी उठेर तम्तयार भएर कामतिर लाग्छु।
न्यूयोर्कबाट साथीको मेसेज आउछ के छ ठीक छ। के गर्दैछौ काममा छु यार। हैट ! यस्ताे बेलामा काम ? त यो संसारकै स्टुपिडपर्सनमा परछेस। क्यालिफोर्नियाबाट अर्को साथीले सोध्छ के गर्दैछौ दिन कसरी बितिरहेको छ ।
मेरो जवाफ -काम घर तेस्तै। एक्लो ज्यान केहि भए नि रुने कोही छैन। हल्का ठटेयाैली पारामा उत्तर दिन्छु। साथीले मुखभरीको जवाफ दिन्छ हासेर उड़ाईदिन्छु। यस्तैछ साथी मेरो दैनिकी घर बस्यो एक्लोपनले सताउछ काममा गयो कोरोना भाइरसको त्रासले। मोबाईलको पुरानो मेसेजमा फेरी आँखा जान्छ
“हेल्थ इज वेल्थ” पैसा भनेको आज छ भोलि छैन घर आऊ” कास त्यो भन्दिने आज ऊ म संग भए
फेरी मनले उसलाई नै सम्झन्छ…..।
टेक्सस अमेरिका