अमेरिका– कोरोनाको महामारीले यतिबेला अमेरिका कठिन मोडमा उभिएको छ । चीन, इटली जस्ता मुलुकलाई पछि पादै कोरोना संक्रमण र मृत्युको आ“कडा हेर्दा अमेरिका कोरोनाको मारमा विश्वमै पहिलो नम्बरमा छ ।
चीनको बुहानमा कोरोना फैलिदा अमेरिकामा यसको राप आइसकेको थिएन । तर बिस्तारै
कोराले वासिङटन राज्यमा देखियो । त्यति हुदा समेत यसलाई यहाको सरकारले नजर अन्दाज गरेन ।
अहिले आएर कोरोनाको चपेटाले विश्वकै पहिलो नम्बरमा यही अमेरिका आइपुगेको छ । अहिले सम्म कसैले हल्लाउन नसकेको अमेरिकालाई यही कोरोनाले हल्लाइ छाडेको छ । महाशक्ति राष्ट्रको आँतलाई यही जैविक शक्तिले हल्लाइ छाडेको छ ।
अमेरिकामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढदै गएर अवस्था झनै भयानक बन्दै गएको छ ।
अमेरिकामा शुक्रमबार यो समाचार तयार पार्दा सम्मको आकडा अनुसार २२ हजार भन्दा बढीको ज्यान गइसकेको छ । त्यस्तै संक्रमण हुनेको संख्या ५ लाख ६५ हजार भन्दा माथि पुगेको छ । कोरोनाबाट ठिक भएकाको सख्या ४१ हजार ३ सय ९५ मात्रै छ । २४ घन्टामा २७ हजार बढी संक्रमीत थपिनु र झण्डै २ हजारको हाराराीमा मान्छको ज्यान जानु ज्यादै नै जटील अवस्था भएको अधिकारीहरुले बताएका छन ।
अमेरिकामा कोरोनाले ५० वटै राज्यलाई छोएको छ । तर पनि यहा“ बढी प्रभावित राज्यहरुलाई हामीले समेटेका छौ

न्युयोर्क– अमेरकाको न्युयोर्क यतिबेला विश्वकै कोरोनाको केन्द्र बनेको छ । न्युयोर्कमा अहिले झण्डै २ लाखको हाराहारीमा कोरोना संक्रमण छ भने मृतकको सख्या १० हजार बढी पुगेको छ । यो आ“कडा हेर्दा न्युयोर्क चीन भन्दा पनि बढी प्रभावित बनेको छ । संक्रमण र मृतकको संख्या यहा“ चीनमा भन्दा बढी छ । अमेरिकाको सबै भन्दा बढी प्रभावित सहर नै न्युयोर्क हो । संक्रमणको हिसाबले न्युयोर्क विश्वमै पहिलो नम्बरमा छ ।

न्युजर्सि– न्युयोर्क कै आसपासमा रहेको न्युजर्सि सहर पनि कोरोनाबाट प्रभावित दोस्रो राज्य हो । यहा“ पनि कोरोना संक्रमणको संख्या दिनहु बढीरहेको छ । यहा“ अहिले सम्म ६१ हजार भन्दा बढी संक्रमीत भएका छन् भने २ हजार ३ सय ५० को ज्यान गएको छ ।
मिचिगन– अमेरिकाको मिचिगन पनि कोरोनाले प्रभावित राज्यमा पर्छ । यहा“ मृतकको आ“कडा हेर्दा अमेरिकाको तेस्रो प्रभावित राज्यमा पर्छ । अहिले सम्म यहा“ १ हजार ४ सय ८७ को ज्यान गएको छ । यहा“ संक्रमीत हुनेको संख्या २४ हजार भन्दा माथि छ ।

लुजियाना– अमेरिकाको टेक्ससबाट नजिकको दुरीमा रहेको लुजियाना चौथो प्रभावित राज्य बनेको छ । यहा“ अहिले सम्म ८४० जनाको ज्यान गएको छ । त्यस्तै यहा“ संक्रमीत हुनेको संख्या २० हजार भन्दा बढी छ ।

म्यासाचुसेट– अमेरिकाको म्यासाचुसेट कोरोना महामारीको आकडा हेर्दा पा“चौ प्रभावित राज्यमा पर्छ । यहा“ मृतकको संख्या ७५६ पुगेको छ । यहा“ संक्रमीत हुनेको संख्या २५ हजार भन्दा बढी छ ।

शिकागो – अमेरिकाको शिकागोको इलिनाेइज  मृतकको संख्या हेर्दा छैठो प्रभावितमा पर्छ । यहा“ मृतकको आकडा ७२० छ । त्यस्त संक्रमण हुनेको सख्या २० हजार बढी छ ।

क्यालिफोर्निया– अमेरिका सुरुवात चरणमा क्यालिफोर्निया अति प्रभावित राज्यमा परेको थियो । यहा“को सरकारले सुरुमा यहा“ लक डाउन गरेको थियो । क्यालिफोर्नियामा अहिले सम्म ६८२ को ज्यान गएको छ । त्यस्तै संक्रमीतको संख्या २३ हजार भन्दा बढी छ ।

पेन्सिलभेनिया– न्युयोर्ककै नजिक दुरीमा रहेको पेन्सिलभेनिया पनि कोरोनाबाट बढी प्रभावितमा पर्छ । यहा“ मृतकको संख्या ५२४ पुगेको छ । त्यस्तै संक्रमीत हुनेको संख्या २४ हजार बढी छ ।

कनेक्टिकट– यो राज्य पनि मृतकको हिसाबले अमेरिकाको प्रभावित राज्य भित्र पर्छ । यहा“ अहिले सम्म ५५४ को ज्यान गएको छ । त्यस्तै संक्रमणको संख्या १२ हजार बढी छ ।

वासिङटन– अमेरिकाको कोरोनाको उदगम स्थल हो बासिङटन । यही नै पहिलो पटक कोरोनाको संक्रमण र मृतक भेटिएको थियो । सुरुमा अति प्रभावित भएको यो राज्य अहिले क्रमश सुधार भएको छ ।
यी बोहक फलोरिडा, जर्जिया, टेक्सस इन्डियाना लगायतका राज्यहरु पनि क्रमश प्रभावित हुदै छन् । यी राज्यको तुलनामा अमेरिकाका अन्य राज्यमा कोरानोको प्रभाव अलि कम छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected