क्या बात ! टेक्ससको रंगीन रात
दिनमा के रमाईलो । रमाईलो त रातमै हुन्छ । विदेशमा कामको व्यस्तताले दिनमा फुर्सद पनि कमै मिल्छ । दिनभरको थकान बिर्सने नेपालीहरु डान्सपार्टिमा रमाउने कल्चर विदेशमा पनि बढ्दो छ । नेपालीहरुले आयोजना गर्ने डान्सपार्टि होस् या यहा“का डिस्को थेगहरु नेपालीहरु पुगेर रमाउछन् । यहा“को रंगीन रात जस्तै डिस्को थेगहरु पनि रातभर खुल्लै रहन्छन् । त्यस्तै डान्सपारखी मध्येका हुन तन्नेरी युसुफ श्रेष्ठ । उनी प्राय हरेक शनिवार सहरको कुनै डिस्को थेगमा पुगेर डान्स फ्लोरमा रमाउछन् । विदेशीहरुसंग कुम जोडेर नाच्छन् । साता दिनको कामको बोजलाई यस्तो मनोरञ्जनले राहत दिन्छ’ उनी भन्दै थिए–‘डिेजेको संगीतमा नाच्नुको मज्जा बेग्लै हुन्छ ।
‘लेट नाईट’ इभेन्टमा यता बस्ने नेपालीहरु धुईरिन्छन् । नेपालीहरु अधिक बस्ने सबै जसो राज्यहरुमा बग्रेल्ती रुपमा यस्ता रात्री जीवनमा हेलिने कार्यक्रम भईरहन्छन् ।डिजे नाइट, लाईभ कन्र्सट, फेसन शोदेखि अन्य विविद्य मनोरञ्जनात्क कार्यक्रममा नेपालीहरु मस्त हुन्छन् ।
रेष्टुरादेखि क्यासिनोमा रमाउनेहरुको जमात पनि उस्तै हुन्छ । प्राय शनिवार आईतबारको रात गुलजार बन्छ । दिनभरको कामलाई भूलाउने गरी नाईट लाइफमा नेपालीहरु मदमस्त हुन्छन् । रातभर यस्ता इभेन्टहरु भईरहन्छन् । विभिन्न राज्यमा नेपालीहरु छरिएर रहेकाले पनि हप्तै पिच्छे इभेन्ट आयोजना हुने क्रम टुटेको हुदैन ।
मनोरञ्जनका लागी यहा“का विभिन्न राज्यहरुमा दोहोरी, गजल लगायतका अन्य कार्यक्रम गर्ने लाइभ रेष्टुराहरुमा खुलेका छन् । दोहोरी तथा गजलको माहौल पनि जम्छ । फरक शैलीको मनोरञ्जन दिन नेपालबाट कलाकार झिकाएर कार्यक्रम गर्ने माहौल यहा“ अधिक छ ।
यसरी कामको व्यस्तता तथा थकानलाई कम गर्न मनोरञ्जनको साधन खोज्दै रात्री जीवनमा रुमल्निछन नेपाली युवापुस्ता । रातभर जागा रहने सहरमा रात्री जीवनमा रमाउनुको बेग्लै मज्जा हुन्छ । यसले कामको बोजलाई पनि बिर्साउछ ।नेपालीहरु अधिक भएकाले यहा“ बस्नेहरुलाई विदेशमा बसेको अनुभूति हुदैन ।नेपालकै हाराहारीमा यहा“ विभिन्न मनोरञ्जनात्मक इभेण्टहरु हुने गरेका छन् । बबाल नाइट, नेपाल नाच्छ जस्ता डान्सपार्टिहरु त यहा“ नियमित हुन्छ । इभेन्टका लागी त टेक्सस गन्तव्य नै हो’ नेप्सिने इभेन्टका कार्यकारी अध्यक्ष रायन रेजले भने– ‘डान्सपार्टिमा नेपाली समुदायले रातलाई ल रंगीन बनाउछन् ।’
।सौन्दर्य प्रतियोगिता देखि फेसन शो,डान्सापार्टि, दोहोरी, कन्र्सट लगायत मनोरञ्जनसंग सम्बन्धीत कार्यक्रमहरु बग्रेल्ती रुपमा आयोजना हुन्छ ।जागीरको तारम्तम्य मिलाएर आयोजकले कार्यक्रमको चाजोपाजो मिलाउछन् । टेक्सस, न्युयोर्क, क्यालिफोर्निया, बाल्टीमोर, भर्जिनिया लगायत नेपालीहरु अधिक बसोबास रहेका स्टेटहरुमा कन्र्सट लगायतका रात्री इभेण्टहरु भइरहन्छन् ।नेपालका ख्यातिप्राप्त कलाकाहरु झिकाएर स्थानिय आयोजकले प्रवासी नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्छन् ।टेक्सासमा सांगीतिक कार्यक्रमका लागी आएका बेला लोकप्रिय गायक रामकृष्ण ढकालले प्रवासी दर्शकको कार्यक्रममा देखिएको क्रेजले उत्साहित बनेका थिए ।‘विदेशमा पनि दर्शकको संगीत प्रतिको मोह झन बढ्दो छ’ उनले भनका थिए–,‘हामीलाई यहा“को माहौलले बेग्लै आनन्द दिन्छ ।’
साताभरीको कामको थकान बिर्सेर यस्ता कार्यक्रमहरुमा रुमल्लिन पाउदा हरेकको मन फुरुङ हुन्छ । दिनमा फुर्सद कसैलाई हुदैन ।रात्री जीवनमै सबै जुर्मुराउछन् । लेट नाइट पाटीहरुमा तन्नेरी पुस्ताको उपस्थिति अलि बढी नै हुन्छ ।‘यस्ता रात्रीकालिन मनोरन्जनात्मक कार्यक्रमहरुमा रमाउन पाउदा बेग्लै आनन्दको अनुभूति दिन्छ’ टेक्ससको अर्भिङ बस्दै आएका बिकल क्षेत्रीले भने, ‘नेपाली कलाकारसंग झुम्न पाउ“दा स्वदेशमै पुगे जस्तो हुन्छ’ ।नेपालमा चलेका कलाकारहरु झिकाएर आयोजकले फरक–फरक स्वाद पस्कन्छन् । विभिन्न नाममा हुने यस्ता इभेन्ट अर्गानाइजर संस्थाहरु पनि त्यतिकै छन् । यस्ता इभेण्टहरुमा टिकट दर १५ देखि १०० डलर सम्म हुने गरेको छ । अधिक इभेण्टहरु आयोजना हुन मध्येमा पर्छ टेक्सस राज्य । नेपालीहरु संख्या पनि बाक्लो भएकाले इमेण्ट र रात्री मनोरञ्जनस्थल फस्टाउदो छ । समाजले २०१६ देखि २०१७ को यो अवधि सम्म ८० भन्दा बढी इभेण्टहरु गरिसकेको समाजका पुर्व उपमहासचिव्ँ सुमन काजीले जानकारी दिए । ‘प्राय हुने इभेण्टहरुभमा नेपाली युवाहरुको सहभागिता उत्साहजनक नै हुने गरेको छ’ उपमहासचिव कार्कीले भने– ‘राती अबेर सम्म डिजे नाईटमा झुम्नेहरुको तछाडमछाड हुन्छ ।’मनोरञ्जनका लागी नेपाली रेष्टुराहरु पनि रहेका छन् । लाइभ म्युजिकल इभेण्ट देखि फेसन शो तथा ब्युटीकन्टेष्टहरु पनि त्यतिकै मात्रमा आयोजना हुने गरेको छ । युवासंग सम्बन्धीत इभेन्टहरु पनि त्यतिकै हुन थालेका छन् ।लेट नाईट कोही क्यासिनोतिर पनि रमाउछन् ।नेपालीकालागी खोलिएका रेष्टराहरुमा पनि गेदरिङ हुने गर्छन् । विभिन्न संघ संस्थाको आयोजनामा च्यारिटी शो कार्यक्रम यहा“ बढी मात्रमा हुने गरेको छ । यस्ता कार्यक्रममा नेपालीहरु उपस्थिति बाक्लो हुन्छ । प्राय कार्यक्रमहरु हाउसफुल नै हुन्छन् । युवा पुस्ताका तन्नेरीहरु यस्ता इभेण्टहरुमा सहभागित हुन मन पराउछन् ।
युवाहरुकै रुचीलाई ध्यानमा राखेर पछिल्लो पटक यहा“ विभिन्न नाममा स्पेशल डिजे धमाका नाईट पनि धमाधम भइरहेका छन् । चाडपर्वको समयमा झनै बग्रेल्ती रुपमा इभेण्टहरु हुन्छन् । सौन्दर्य प्रतियोगितामा मिस युसए, मिस क्यालिफोर्निया लगायतका नाममा हुदै आएको छ ।
अमेरिकाको व्यस्त सहर मध्येको न्युयोर्क जहा“ नेपालीहरु पनि अधिकै बसोबास गर्छन् । यहा“पनि इभेण्टहरु बग्रेल्ती हुन्छन् । ‘पब्लिक होलिडे, न्यु एयर तथा चाडपर्वमा नेपाली मनोरञ्जनात्मक कार्यक्रमहरु लस्कर लाग्छ’ उत्तर अमेरिका संस्कृति संघका संयोजक बिक्रान्त बस्नेतले भने, ‘संगीत,सौन्दर्य, फेसन र डान्सपार्टिका कार्यक्रमहरुको क्रमिक रुपमा भइरहन्छ ।’ संघले पनि विभिन्न नाममा त्यस्त इभेण्टहरु गदै आएको छ । टिकट विक्री र प्रायोजकको सहयोगले नै यहा“ आयोजकलाई कार्यक्रम गर्न सहयोग पुगेको छ । लोक ,आधुनिक पप, प्रहसन देखि नृत्य समेटिएका सांगीतिक कार्यक्रमहरु भने नियमित हुदै आएका छन् ।
नेपाली सिनेमाका च्यारिटी शोहरु पनि त्यतिकै मात्रमा यहा“ आयोजना हुन्छन् । च्यारिटी शो भएका नेपाली सिनेमाले यहा“ राम्रै कमाई गर्छन् । इभेण्टहरु प्राय आयोजना भइरहने हुनाले पनि नेपालका कलाकारहरु प्राय यहा आईरहेका हुन्छन् । गीतसंगीत देखि सिने तथा हास्य कलाकाहरु यहा“ आउछन् । पछिल्लो समय मुन्द्रे अर्थात जितु नेपालले अधिक मात्रमा अमेरिकाका विभन्न राज्यहरु प्रहसन कार्यक्रम देखाएर प्रवासीको मन जितेका छन् ।
पटक– पटक दोहोराएर अमेरिकामा नेपालबाट कलाकार आउने जाने भइरहन्छ । अमेरिकाको न्युयोर्कमा रहेका लोकप्रिय पप गायक तिलकबम मल्लले गन्तव्य स्थल जस्तै रहेको बताए । ‘धेरै सांगीतिक कार्यक्रम हुने र कलाकारलाई त्यतिकै सम्मान यहा“ हुने गरेको छ’ उनले भने, ‘यसैले जति आए पनि कलाकारलाई धित नपर्ने ठाउ“ रहेछ अमेरिका ।’
यकीन संख्या नरहे पनि अधिक नेपाली बसोबास अमेरिकाका विभिन्न सहरमा छरिएर रहेका अधिकांश ग्रिनकार्ड बहाक हुन । मनोरञ्जनकालागी यस्तै इभेण्टहरुमा धेरैको भेटघाट हुने माध्यम पनि बनिदिएको छ ।रातभर मनोरञ्जन प्रेमीहरु अग्रेजी हिन्दी अनि नेपाली रिमिक्स गीतहरुमा झुमीरहेका हुन्छन् । नेपालीसंग सम्बन्धीत यस्ता इभेन्टहरुले यतिबेला सहरमा बेग्लै आनन्द प्रदान गरिरहेको छ । कन्र्सट फेसन शोको प्रस्तुतीसंगै अन्त्यमा हुने डिजे सेसनले रातलाई गुलजार बनाईदिन्छ ।
इभेन्टका हस्ती रायन, (नेप्सिने, कार्यकारी अध्यक्ष)
धेरै अगाडी देखि नेपाली समाज टेक्ससले यहा“ कन्र्सट लगायत विविद्य संगीत संग सम्बन्धीत कार्यक्रम गदै आएको हो । हाम्रो इभेन्ट संस्था नेप्सिनेले २००७ देखि अमेरिकामा प्राय राज्यमा लाइभ म्युजिकको कन्र्सट गर्न थालेको हो ।
तर संस्थानै कानुन सम्मत ढंगले २०१३ देखि इमेन्टहरु गर्न थालेका हौ । अघिल्लो वर्ष मात्रै हामीले अमेरिकाभरी ३० वटा कन्र्सट गरेका थियौ । नेपाली संगीत र सिनेमालाई विदेशमा पनि प्रर्वद्धन गर्ने उद्देश्य सहित हामी अघि बढेका छौ । ५० देखि ६० जना दर्शक सहभागी हुने कन्र्सटमा हिजोआज २ हजार दर्शक पनि सहभागी भइरहेका छन् ।
हामीले प्राय गीत संगीतमा चलेका लोकप्रिय कलाकारहरुलाई अमेरिकामा निम्त्याएर दर्शकलाई फरक फरक स्वाद पस्कने प्रयास गरेको छौ । यस्ता कार्यक्रमहरुमा दर्शकहरुको सहभागी बढीरहेको छ । वर्षमा अहिले ७ देखि ८ वटा इभेन्टहरु भइरहेका छन् । इभन्टेहरु ७० प्रतिहशत सफल भएको अवस्था छ । अमेरिकामा पनि इभेन्टको ठुलो बजार भनेको टेक्ससको ड्यालस हो । यो क्षेत्रमा अधिक नेपालीहरुको बसोबास छ । हामीले इभन्टेलाई नेपालीहरु बसोबास रहेको अमेरिकाका सबै राज्यहरुमा बिस्तार गरेर नेपाली समुदायलाई मनोरञ्जन दिदै आएका छौ । सबै खालका संगीतका हस्तीहरुलाई प्रस्तुत गरेर मनोरञ्जन दिने प्रयासमा लागेका छौ ।
तस्विर ः युमेश श्रेष्ठ÷वान एण्ड वान क्रिएसन