कोभिड डेन्जर जोन” का रिपोर्टरको भोगाई
सन्तोष अधिकारी/युराेप
सांच्चै नै संकटको यो घडीमा फ्रन्टलाईनमा रहेर जोखिम उठाएका छन त केवल स्वस्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीले । ती मध्य पनि विश्वका अर्र्बेौ मानिसको ध्यान एकैपटक कसैले खिचेको छ भने त्यो सञ्चारमाध्यम र सञ्चारकर्मीले नै हो । घरको चौघेरामा थुनिएर बसेका आम मानिसलाई मिनेट मिनेटमा सुसुचित गराउने, ताजा जानाकारी दिन खटिएका विश्वका “डेन्जर जोन”मा रहेर स्थलगत रिपोर्टिड गरी राखेका सञ्चाकर्मीहरुको भोगाई र अनुभव भने कम रोचक र कम चुनौतीपुर्ण छैन । हरेक कामको परीक्षा संकट र चुनौतीकै माझमा हुने गर्छ ।
इटलीको पनि सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र लोम्वर्डिमा स्थलगत रिपोर्टिडमा खटिएकी छन स्टेफानिया बाटिस्टेनि । सिरीया देखी टर्कीको कुर्दिश आतंकाकारीको समेत रिपोर्टिडमा अनुभव बटुली सकेकी बाटिस्टेनीको यसपटक “ भाइरस रिपोर्टड”को भोगाई भने भिन्न छ । सि पि जे का लागि युरोप प्रतिनीधी अतिला मोडगलाई दिएको अन्तरबार्तामा बाटिस्टेनि ले भनेकी छन “ मैले मेरो घरमा रहेका बृद्धा बाबा आमा संग नभेटेको धेरै भइसक्यो, किनकी यो अवस्थामा फिल्डमा रिपोर्टिड गरेर बाबु आमा लाई भेटदा थप अर्को जोखिम निम्तीन सक्छ भन्नेमा म सचेत छु । त्यती मात्र होईन हाम्रो आर ए आई च्यानलको क्रु मेम्बर हेडक्वार्टर पनि गएका छैनौं किनकी हामी सबै भन्दा बढी इन्फेक्सनको जोखिम मोलेर पनि बाहीरी फ्रन्टलाईनमा काम गरेका छौं । केवल हामी ब्यस्त छौ त स्थलगत रुपमा यथार्थताको नजिक गएर सुचना संकलन गर्ने काममा मात्र । ” उनले थपेकी छन “ जब म पहिलो पटक अस्पतालमा रिपोर्टिडका लागि गएं, त्यो नरक जस्तै लागेको थियो, डाक्टर नर्स सबै शशंकित अनि त्रसित देख्थें भने, उनीहरुलाई थाहा थियो उपचार गरी राखेका धेरै जना मर्नेछन, अनि बिरामीको आंखामा देखिएको आंशु र चित्कारले धेरै नरमाईलो लागेको थियो” । उनले थपेकी छन “ हुन त मैले सिरीया र टर्कीको द्धन्द्धमा रिपोर्टिड गर्दा लकडाउन, कर्फयु, बम बिस्फोट धेरै पटक आंखै अगाडी भोगेको छु तर अहिलेको यो अदृश्य आतंका भने बिल्कुल फरक छ, हाम्रा लागि जता पनि जति बेला पनि शत्रु अर्थात भाईरसले आक्रमण गर्न सक्छ ।” उसोभए यस्तो अवस्थामा कसरी सुरक्षित भएर फिल्ड रिपोर्टिड गरेकी छौ त भन्ने अतिलाको जिज्ञासामा भने उनले आफनो काम गर्ने कम्पनीले सबै सुरक्षा सामग्रीको प्रबन्ध र ग्यारेण्टी गरेको भन्दै आफुहरु संग पर्याप्त मात्रमा मेडिकल्ली प्रोटेक्टीभ इक्वापमेन्ट भएको उल्लेख गरेकी छन । अब यहां जिज्ञासा उठछ, के नेपाली सञ्चारकर्मी पनि यो अवस्थामा आफुलाई पुरा सुरक्षित राख्दै ढुक्क संग रिपोर्टिड गर्न सक्ने अवस्थामा छन त ? धेरैको जवाफ आउने छ छैन्न । तर यो बिगतको जस्तो कुनै द्धन्द्ध या प्रकोपमा रिपोर्टिड गर्दा जस्तो सञ्चारकर्मीको पोशाक लगाएकै भरमा सुरक्षित भईने अवस्था भने अवश्य होईन । बाटेस्टिनीले खाशमा आम सञ्चारकर्मी माझ प्रवाह गर्न खोजेको सन्देश पनि यसैमा केन्द्रित छ त्यसलै त उनको टिम अहिले परिवार संग पनि फिजिकल्ली सम्पर्कमा आएका छैन्न अनि हेडक्वार्टर पनि गएका छैन्न । उनको पेशा प्रतिको खटाई भने जति तारीफ गरेपनि पुग्दैन अनि कम चुनौतीपुर्ण पनि छैन । उनको एउटा भनाईले भने उनमा पत्रकार बन्नुमा कति गर्ब र जिम्मेवारबोध रहेछ भन्ने प्रष्ट हुन्छ, भनेकी छन “ मलाई प्रत्यक दिन देखेको मृत्यु सम्झंदा डर नलाग्ने होइन तर आफनो पेशा सम्झन्छु अनि आफैले आफै लाई प्रश्न गर्छु म पत्रकार किन बनेको, आखिर मेरो आवश्यकता देश समाजले यतिबला नै महसुस गरि राखेको छ ” ?े (–बिस्तृत जानकारीका लागी हेर्नुहाेस (M Mong A, Q & A : R.A.I JOURNALIST STEFANIA BATTISTINI ON COVERING ITALYS CORONAVIRUS OUTBREAK, cpj.orj, 26 mar 2020)
उनको यो उर्जाशिल भनाईहरुले आम पत्रकारलाई उत्साहित बनाउने त छ नै संगै जिम्मेवार र सत्यतथ्यमा केन्द्रित भएर सुसुचित गर्न प्िररत पनि गरेको छ ।
अहिले विश्वको अर्को कोरोना बाट अति प्रभावित देश भित्र पर्छ स्पेन । स्पेनको म्याड्रिडमा रहेर पत्रकारीता गर्दै आएकी मेरीया रेमरेजले नेइमन रिपोर्टस अनलाइनमा लेखेकी छन “यो बिषम परिस्थितीमा म सके सम्म पत्रकारीताको माध्यम बाट सकरात्मक सन्देश प्रवाह गर्न चाहन्छु । मेरा हरेक समाचारमा डिजास्टर, क्राइसिस, कोहएस, क्याटास्ट्रोफ, नाइटमेयर जस्ता बिशेषण हटाउने प्रयत्न गर्छु किनकी अहिलेको यो संकटमा यस्ता नकरात्मक शब्दको प्रयोगले पत्रकारीता मार्फत आम मानिसमा उत्साह, आशा सञ्चार गर्न सकिंदैन भन्ने बुझेको छु ।” मेरीयाले भनेकी छन “ म सकेसम्म आशा जगाउने खालका अप्टिमेस्टिक बाईटहरुलाई समाचारमा प्रथामिकता दिन्छु, समाचार मार्फत जनस्वस्थ्यमा योगदान दिनुलाई कर्तब्य ठान्छु । त्यसैले मेरो रोजाईमा भ्याकसिन, ट्रिटमेन्ट, सोलिडारीटी, इनोभेसन
जस्ता शब्दहरु पर्ने गर्छन जसले मान्छेलाई इन्स्पाएर गरोस” । म्याड्रिडबाट वासिंगटनपोष्टमा समेत योगदान पुरयाउदै आएकी मेरीयाले लकडाउन पछि सञ्चामाध्यमले भोगेका समस्याको बारेमा पनि चर्चा गरेकी छन (–बिस्तत अध्ययनका लागि हेर्नुहोसः
(M Ramirez M,in spain Eldiario.es uses public se
to fight coronavirus, niemanreporters.org, mar 25 2020_ .)उसो भए म्यारीयाले भने जस्तै हामीले पनि स्केयाण्डललाई भन्दा जिम्मेवार पत्रकारीतामा जोड दिएका छौ त ? अहिले संबेदनसिल बन्नुपर्ने बिषय हो यो । हो वास्तवमा कहिलेकांही बिकाउ समाचार बनाउदा तत्कालका लागि चर्चा कमाउन सकिएला तर यसले समाजलाई क्षती पनि पुरयाउने गर्छ । यस्तो संकटमा केहि नेपाली मिडिया पनि कतै बहकिएका त छैन्न भन्ने जिज्ञासा र गुनासो पनि नसुनिएको होईन । जनताले बनाउने हरेक मानसिकता सञ्चारमाध्यम ले दिएको सुचनामा आधरीत हुने गरेको कुरामा दुइमत छैन । अहिले आम सञ्चारमाध्यमको पहुच बिकसित देखि हाम्रो जस्तो बिकासोन्मुख देशका नागरीक सम्म सहज रुपमा पुगेको छ । वास्तवमा भावनामा बहेर इमोशनल ब्ल्याकमेलिड गराउने उदेश्यले बनाइएका समाचारले पनि सर्बसाधरणको ध्यान खिचेको हुन्छ । तर बिपत्तीमा गरिने यस्तो मिसनले मेरीयाले भने जस्तो जनता प्रति उतरदायी पत्रकारीताको भाव प्रकट हुन सक्दैन । विश्वका धेरै सञ्चारकर्मी अहिले सकरात्मक समाचार संप्रेषण गरेर आम जनमानसको आत्मबल दरिलो बनाउन केन्द्रित भइ राखेको पनि देखिएको छ । भनिन्छ नि मनोबल बलियो छ भन्ो आधा रोग त्यसै निको हुन्छ भनेर । तर कतै हामी कोरोना संक्रमितको बारेमा समाचार बनाउदा उनीहरुले स्वदेश आएर ठुलै अपराध गरेजस्तो, सिगो देशलाई बर्बादी गरे जस्तो ढांचामा संक्रमित र अरु को पनि मनोबल गिराउने रुपमा समाचार त बनाइ राखेका छैनौं ? एकपटक नेपाली सञ्चारकर्मीले आफुले पस्कि राखेको समचारलाई दोहोरयाएर हेर्ने कि । फेरी यो यथार्थता हो विश्वका अरु धेरै देशका सञ्चारकर्मीको तुलनामा सेवा सुविधा देखि श्रोत साधानको उपलब्धतामा पनि नेपाली सञ्चारकर्मी धेरै सिमितताको बिचमा रहेर काम गर्न बाध्य छन । तर यो बिषमतामा जवाफदेही बनेर संप्रेषण गरीने समाचारले राज्य र जनता दुबैलाई उत्तरदायी बनाउन सक्छ सायद । राज्यका कमजोरी लाई त खबरदारी गर्नै पर्छ तर स्वस्थ्या सम्बन्धीका समाचारमा सर्बसाधारणलाई निराशा भन्दा पनि आत्मबल बढाउने सन्देश प्रवाहमा सञ्चारकर्मी थप गम्भिर बन्नै पर्छ कि । खाशमा मेरीयाको सन्देश पनि यसैमा केन्द्रित छ ।
चिनको बुहानको सामाचार संकलन गरेका फ्रिलान्सर तथा चिनिया नागरीक पत्रकार चेन कुइसीको भोगाई र अनुभव भने कम रोचक र चुनौती पुर्ण छैन । हडकडमा चलि राखेको प्रदर्शनको रिपोटिड गरि राखेका चेन लाई एकाएक बुहानमा आउटब्रेक भएको कोरोनाले ध्यान खिच्यो तर त्यहां रिपोर्टिड गर्न त्यती सहज थिएन । एक त भाईरसको डर अर्को तर्फ चिनिया कम्युनिष्ठ सरकारको कडा सेन्सरसिप । उनले आफु धेरै पटक चिनिया सुरक्षाकर्मी बाट जोगिंदै स्थलगत रुपमा भिडियो खिच्न जोखिम मोलेर पुगेको स्मरण गरेका छन । क्वार्जका लागि जेनी लि लाइ दिएको अन्तरबार्तामा भनेका छन “ चिनिया सुरक्षकर्मीै घरमै गएर मेरा बुबाआमा संग समेत सरकारका काममा केहि पनि नकरात्मक कुरा नफैलाउनका लागि मलाई भन्नु भनेका रहेछन । तर उनीहरु जांदा म घरमा थिईन यदि म हुन्थे भने सायद मलाई पक्राउ गर्ने थिए । साथै म पनि केहि गलत सुचना कतै संप्रषित हुन पुग्छ कि भनेर अति नै धेरै चिन्तित र गम्भिर थिएं ।” उनले थपेका छन “मैले पोष्ट गरेका केहि भिडियोले चीनका सोसल मिडियाको ध्यान खिचेको थियो तर मलाई निरन्तरता दिई राख्न सहज थिएन किनकी युटयुव ब्लक गरिएको थियो भने मैले स्पेशल सफटवेयरको प्रयोग गरेर काम गरेको थिएं (बिस्तृत अध्ययनका लागि हेर्नुहोसः (MLi J, I have seen bodies: A Chinese citizen journalist reporters on the coronavirus from wuhan, Quartz, qz.com, feb 6 2020_. Pgn )
उनले आफनो सुरक्षाको लागि भने पर्याप्त मात्रमा फेस मास्क , सुरक्षित ग्लोब, अनि कोटको प्रयोगमा भने संधै सचेत रहेको उल्लेख गरेका छन ।
चेनको यो अनुभव बिशेष गरेर चीनको राज्य नियन्त्रीत सुचना संप्रेषण निती संग बढी सम्बन्धित छ । अर्थात चीनले सुचना संप्रेषण मा अपनाएको एकद्धार प्रणली र कठोरताले गलत सुचना जान बाट रोक्यो भन्ने एउटा समुह छ भने सुचनामा सेन्सरसिप गरयो भनेर आलोचना गर्ने अर्को जमात पनि सक्रिय नभएको होईन । यस्ता संकटमा हतार र अफवाह फैलाउने खालका सुचना जनमानस सम्म जान नदिएर नै तुलनात्मक रुपमा कम क्षतीमा नै चीन कोरोना भाईरसलाई जित्ने अवस्थामा पुगेको त होइन भनेर प्रशंशा गर्ने को संख्यामा पनि कमी छैन । अर्का तर्फ फ्रिलान्सरको रुपमा काम गर्दै आएका चेनहरु पनि प्रत्यक सुचना, समाचार अपडेट गराउदा चीनले अख्तियार गरेको कडा नितीका कारण पटक पटक क्रसचेक गर्दै भेरीफाईड गर्न बाध्य हुन्थे । हो कहिले कांही राज्यले लिने कडा नितीले जिम्मेवार बन्न उत्प्रेरित गराउछ भन्ने प्रमाण पनि हो चेनको अनुभव । यो परिस्थिीतीमा नेपाली सञ्चार माध्यमले पनि सुचना संप्रेषणको अधिकार प्रयोग गरि राख्दा राज्य बाट नियन्त्रित हुन नपरेपनि सेल्फ सेन्सरसिप भएर क्रसचेक र भेरीफाईडमा ध्यान दिंदा अझ बढी राम्रो हुन्छ कि ।
यी बाहेक द गार्डियानका बेइजिड ब्युरो चिफ लिलि क्वु, हेल्थ एडिटर सराह बोस्ले र इटली रोम की संबाददाता एन्जेला गिफ्रिडाको कोभिड १९ को रिपोर्टिड अनुभव कम चुनौती पुर्ण देखिंदैन । १४ मार्चमा गार्डियानको अनलाईन संस्करणमा प्रकाशित उनीहरुको अनुभव होस या १ अप्रिलमा टि आर टि वल्र्डमा प्रकाशित इटालियान पत्रकार फ्रान्सेस्का म्याननोकीको रिपोर्टर्स डायरी कम सन्देशमुलक छैन । अनि द गार्डियानका लागि इजिप्ट प्रतिनीधी रुथ मिकल्सनलाई आफनो देशको कोरोनाको रिपोर्टिडमा अफवाह फैलाएको आरोप लगाउदै इजिप्सीयान सरकारले देश छोडन जारी गरेको उर्दीले फेरी केहि देश सञ्चारलाई राज्य नियन्त्रीत गराउन सदा प्रयत्नरत छन भन्ने पुष्टी पनि गरेको छ (विस्तृत अध्ययनका लागि हेर्नुहोस(pgnEgypt forces guardian journalist to leave after coronavirus story, Gurdian,theguardian.com, mar 26, 2020] .बाटिस्टेनि, मारीया र चेन तीनै जनाको साझा अनुभवले यो पुष्टी गरेको छ कि चुनौती त धेरै छंदैछ तर सत्यताको नजिक पुगेर समाचार संप्रेषण गरे मात्रै आम मानिसको मन जित्न सकिन्छ । संकटको यो महासंग्रममा कारोना अति प्रभावित क्षेत्रको डेन्जर जोनमा रहेर स्थलगत रिपोर्टिड गरि राखेका ‘सञ्चारर्मीको भोगाई र अनुभवले यो पनि सन्देश दिएको छ कि यो पेशा जती चुनौतीपुर्ण छ त्यो भन्दा बढी अझ रुचीकर र गर्ब गर्न लायक पनि ।
(नोटः विस्तृत अध्ययनका लागि माथी उल्लेखित श्रोतहरुमा गुगल सर्च गर्न सक्नु हुनेछ । यो आलेख बिबिध सञ्चार माध्यम तथा जर्नलहरुमा प्रकाशित सामग्रीको अध्ययन पछि तयार पारिएको हो ।)