प्रिया राना

ब्राजिल-अाेहाे  कोरोना कोरोना चारै तिर कोरोनाको त्रास।  जताततै यसकै कुरा, घर देखि चोक, बजार, शहर, देश, बिदेश सम्म कोरोनाको चर्चा छ । टिभी हेरौ कोरोना सम्बन्धि, मोबाईल मा नेट खोली हेरौ कोरोना को समाचार , पत्रीका हेरौ कोरोना सम्बन्धि समाचार जता नि कोरोनोको चर्चा छ । अनि जो सग बोलौ, जसको कुरा सुनौ मान्छे पिच्छे कुरा अनि फरक फरक धारणा छ। कोरोना यस्तो, कोरोना उस्तो, हल्लै हल्लाको बिचमा पनि कोरोना शब्द यति भयानक र भयावह भयो कि बन को बाघले भन्दा मन को बाघले बढी हामी पीडित र त्रसित  भयौ । नहुनु पनि कसरी दिनकै हजारौं मानिसहरु मरिरहेका छन् , हजारौं मानिसहरू संक्रमीत भएका छन् । रोकथाम को कुनै उपचार छैन, हेर्दा हेर्दै झण्डै दुई महिना भित्र संसार भरी एक लाख भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । लाखौ मानिसहरू संक्रमीत भएर अस्पतालको कोशैय्यामा मृत्यु सग लडाइँ गर्दै छन् , कम हुने त के कुरा झन दिन कै बिरामी र मृत्युको संख्या बढी रहेको छ । 

 हो सबै को पिडा सबैको दुख यो बेला एउतै छ । कसरी यो भाइरस देखि सुरक्षित बस्ने र बच्ने, आफुलाइ नलागोस, कसैलाई नलागोस भन्ने । अहिले सब भन्दा बढी मारमा परेका छन् बिदेशमा बस्ने दाजुभाइ दिदीबहिनीहरु । बाध्यताले बिदेशीएका लाखौ नेपाली दाजुभाइ दिदिबहिनीहरु अर्काको देशमा कसैको सहारा बिना यो भाइरस सग कसरी त्रासीत भएर आफुले आफैलाइ एउटा कोठा भित्र कैद गरि राख्नु परेको छ । त्यसै त बिदेशीनेहरुलाइ आफ्नो जन्मभुमी आफ्नो परिवार सब छोडेर अर्काको देश मा पसिना बगाउन परेको छ । आफ्नो परिवार को खुसिको लागि त्यति धेरै टाढा गएर दुख गर्ने को पिडा त दुख गर्नेलाइ मात्र थाहा हुन्छ । त्यसै त पिडा छ बिदेश मा बस्नेहरुलाई झन अहिले त यो कोरोना भाइरसको महामारिले दुखेको घाउमा नुन चुक छर्किदिएको छ । अहिले बिदेशीएका लाखौ दाजुुुभाइ दिदीबहिनीहरुको एउतै पिडा छ यो भाइरस बाट सुरक्षीत बचेर आफ्नो जन्म भुमी जान पाइन्छ कि नाइ ?

आफ्नै जन्मभुमि मा बस्नेहरु जति त्रसित भए नि कमसेकम आफ्नै नेपाली काखमा, आफ्नै माटोमा, बस्नु भएको छ । आफ्नै घर आगनमा, आफ्नै परिवार सग, दुख सुख सात्दै बस्नु भएको त छ , आफ्नो पिडा पोख्ने आफ्नो परिवार छ दायाँ बायाँ छिमेकी आफन्त छ । तर बध्याताले बिदेसिएका नेपालीहरु जसको बिदेशमा कोहि छैन , उनीहरुलाइ झन यो कोरोना भाइरस को माहामारिले कति पीडित र त्रासित भएका छन्  । त्यो पिडा बिदेशीएका नेपाली दाजुभाइ दिदिबहिनी लाई मात्र यो थाहा छ । बिदेशमा न आफन्त छ, न साथी भाइ , दुख परेको बेला पनि सानो सहयोग गर्ने साथी पनि भेताउन गाह्रो हुन्छ बिदेसी भुमिमा । हामी नेपाली सानो कुरामा पनि आतिने मान्छे अहिले कोरोनाको प्रकाेपमा  कति पीडित भएर बस्नु परेको छ । देशभर लक दाउन छ । सबै एअरपोर्ट बन्द छ। न उनीहरु आफ्नो देश फर्किन सक्छन् न सरकारले उनीहरुलाइ आफ्नो देश फर्किने बेवस्था गर्न सक्छ । सांसार को सबै कुनामा बसेका दाजुभाइ दिदिबहिनीहरु को सबै को एउतै बेहाल भएको छ, बाचिने हो कि होइन ? बाचेर आफ्नो जन्म भुमी जान पाउने हो कि होइन? परिवार देखि टाढा भएकाहरु अब परिवार सग भेटीनेे हो कि होइन सधै यहि चिजले दिमागमा घोचिरहेको हुन्छ , 

हो अहिले हाम्रो सिङ्गो संसार रोइ रहेको छ , धर्ती रोइराखेकी छिन् , चारै तिर कोलाहल छ । नसोचेको घटना भैरहेको छ। न त यस बाट टाढा भाग्न सकिएको छ न त यसलाई निर्मुल पार्न सकिएको छ ।

अहिलेको अवस्थामा बिश्वको सवै कुनामा छरिएर बसेकाहरु यो आपत र दुखत घडीमा एक जुट हुनु पर्छ । ठुलो सानो देश, पैसा ठुलो सानो भन्ने होइन कि अहिलेको अवस्थामा सबैको पिडा एउटैै हो । अहिले एक अर्कालाई हौसला र साथको आवस्यकता छ । भोलि के हुने हो कोलाइ के थाहा छ र तर आज को दिनमा आएर भोलि लाई हेर्ने होइन आज कसरी सुरक्षीत बस्ने र बाच्ने भन्दा अरु सोच्न सक्ने अवस्था छैन ।

हो हामी अहिले रोइ रहेका छौ । बिदेसमा बस्ने लाखौ मानिसहरू यो दुख को सन्कटमा , टाढा बसेर एक अर्कोलाई सहानुभुती दिनु भन्दा अरु केही गर्न सकिएको छैन। हरपल आफ्नो जन्मभुमी र परिवार सम्झिदै बस्नु परेको छ ।

यो पिडा एकातिर छ भने संसार भरीको देशमा रोजगार को लागि पुगेकाहरु अहिले कोरोना भाइरस को महामारीको कारण सब काम काज थप्प छ । साच्चिकै बिदेशमा बस्नेहरु पैसा कमाउन त गएका हुन्छन् , दुख गरेर पसिना चुहाएर बिदेशी भुमीमा केही पैसा पनि कमाउछन् । त्यो पैसा आफ्नो घर परिवार को खुसी को लागि सात समुन्द्र पार गएर दुख गरेर कमाएका हुन्छन् । बिदेशमा काम गर्यो पैसा पाइन्छ । काम गरेन रित्तै । जहाँ पनि उहीँ पिडा हो ।अहिले यो कोरोना भाइरस को महामारीले गर्दा देश लक दाउन को अवस्था छ , सब ब्यापार बिजनेश बन्द छ। सबै जना बेरोजगारी भएर बस्नु परेको छ । कतिपय सग पैसा हुदैन , कति पए भर्खर रिन गरेर बिदेश आएको छन् , अनि यो बेला बिदेश मा काम बिहिन भएर बस्नु पर्दा , घर मा साहुको रिन गरेर आएका दाजु भाइ दिदी बहिनि को आखामा कति आँसु आए होला । दिन प्रति दिन रिन गरेर आएको पैसाको ब्याज बढिरहेको छ,  काम सुचारू हुने त के कुरा भएका सबै बन्द छ , खोलिने कहिले हो केही ठेगान छैन। सबैको  सपनाहरू अहिले भताभुङ भएको छ । के गर्ने कसो गर्ने राम्रो सग सोच्न पनि सकिएको छैन । कोरोनाको प्रकोप ले कम्पनीहरु बन्द हुदा लाखौं ब्याक्तीहरु बिरोजगार भएर बिदेशी भुमिमा छटपटीरहेका छन् । अहिलेको अवस्था कोरोना भाइरस को प्रकोपले विशेष गरि खाडी मुलुकमा गएकाहरुलाई एकदम पिडा दिएको छ । काम नभएसी पैसा छैन अनि भोक भोकै बस्नु परेको छ । सबैजना हार गुहार गरिरहेका छन् । सक्नेहरु, सहयोगि मनहरु थोरै भए नि सहयोग गरिराखेका छन् । तर कुनै देशको राजदुतावास ले सहयोग गरेको पाइएको छैन । लगातार लक दाउनले उनीहरु सडकमा कहिले सम्म बाच्न सक्छन् ? अहिले सम्म सरकारले स्वदेश फर्काउने कुनै पहल गरेको छैन । आफ्नो देशमा बसेर बिदेश मा त पैसा भैहाल्छ , खाइहाल्छ, राम्रै होला भन्ने सोचाइ पनि कतिपयको हुने गर्छ। तर यो गलत सोचाइ हो । बिदेशमा बस्ने भोग्नेलाइ मात्र थाहा हुन्छ बिदेशी भोगाइ, बरु आफ्नो देशमा कुटाे कोदालो गर ।

कुटाे कोदालो गरेर आफ्नै बारिमा जे जस्तो नि फलाएर ढिदो सिस्नो जे खाए नि खान सकिन्छ , मन पनि संतुष्ट हुन्छ तर बिदेश मा बस्नेहरुलाई त्यति सजिलो कहाँ पो छ र ? काम गरे खान पाइन्छ, नत्र दुख पाइन्छ । कोरोना महामारीको प्रकोप बाट लगाएको लक दाउन ले गर्दा अहिले संसार भरीनै कामदार हरु एक महिना देखि बेरोजगार भएर बसेका छन् । यो समय कहिले सम्म लम्बिने हो कुनै ठेगान छैन । अति आवश्यक समानहरु महँगो मूल्य तिर्न बाध्य भएका छन् । पैसा बचत छैन, भएका केही  पैसा नि सकि सकेको अवस्था छ । आफ्नो जन्मभुमी मा बस्नेहरु त कम से कम आफ्नै देशमा शान्तिले सास फेर्न पाउँछन् तर यस्तै पारा हो भने बाध्यताले बिदेशीएकाहरु अर्काको देशमा यो कोरोना भाइरस ले भन्दा बढी अभाव र चिन्ता ले पो छिटाे ज्यान लैजाला भन्ने दिन नाउला भन्न सकिन्न । सबै जना पिडा मा छन् न त घर बाट बाहिर निक्लन सक्ने अवस्था छ न त आफ्नो देश फर्किने अवस्था छ ।

अहिलेसम्म रोजगारि का लागि बिदेशीएका 30 जना नेपालीको कोरोना भाइरस को संक्रमणले मृत्यु भएको छ । यो दु:खद घटनाले सबै नेपालीहरुलाई मर्माहित पारेको छ । 1100 जना नेपाली यो भाइरस बाट संक्रमीत भएका छन् । कस्तो दुख लाग्दो घटना छ तर पनि हामी केही गर्न सकेका छैनौ । यस्ता घटना देखेर लाखौ नेपालीहरू आफ्नो देस फर्किन चाहान्छन । आफ्नै देशमा गएर शान्ति को सास फेर्न चाहान्छन् , मरे पनि आफ्नै जन्म भुमीमा आफ्नै परिवार सग मर्न चाहान्छन् । त्यसैले अहिले बिदेशमा भएकाहरु यो आपत को घडीमा एकजुट भएर एक अर्कालाई सन्त्वना र हौसला दिन अति आवस्यक छ, साथै यो कोरोना भाइरस सग जुधेर अघाडी बढनु पर्छ। हामी नेपालीहरु हार्न जान्दैनौ, झुक्न जान्दैनौ । त्यसैले हामी यो भाइरस डराएर होइन सामना गरेर होशियार अपनाएर यो भाइरस देखि टाढा बस्न सक्नुपर्छ । त्यसै गरि अहिले बिदेशमा बसेका लाखौ दाजुभाइ दिदिबहिनीहरुलाइ आफ्नै जन्म भुमिमा बस्नु भएका तपाइहरुको साथ र हौसला को आवस्यक छ । हो पिडा, यो बेला सबैको एउटै छ तर पनि  बिश्व भरि नै भएका नेपालीहरुले यो समय मा एक अर्कोलाई हौसला र साथ दिनु होला । साथै यो रोग बाट संक्रमीत भएकाहरुको शिघ्र स्वस्थ्य लाभ को कामना गर्दै जहाँ भएनी जता गएनी हामीलाई हाम्रै देश प्यारो लाग्छ। हामीलाई आफ्नै आमाको काख प्यारो लाग्छ ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected