खुशी फर्काउन भगवानसँग प्रार्थना गर्दै सोभित बस्याल (भिडियो सहित)

पोखरा -पन्ध्र वर्षको उमेरमा ‘ब्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा उदाएका गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरे । पहिलो गीतबाटनै उनको चर्चा भयो । फलस्वरुप त्यतिबेला पोखरा आसपासमा हुने कार्यक्रममा उनको सक्रियता बढ्न थाल्यो ।
श्रोता दर्शकको माया र साथले उनी हौसीए पनि । २०६३ मा ‘छुटिने बेला’ बोलको गीत रेकर्ड गरे । यसले पनि उनलाई धेरै माझ चिनायो । अब उनमा एल्बम निकाल्ने हुटहुटी मनमा आायो । अनि जन्मियो ‘न्युरोड’ एल्बम ।
आजभन्दा झण्डै ९ वर्ष अगाडि आएको पहिलो एल्बम न्युरोडले उनको साँगीतिक भविष्य सुमधुर बन्ने संकेत गरेको थियो । पप प्याटर्नका दश गीत समावेश गरीएको यस एल्बममा मनकामना, तिमी विना, कुन दुरी, जानीनौ, आउछेउकी, तिम्रोमाया, मायालु, जति टाढा, छुटीने बेला तथा पोखराको बारेमा वर्णन गर्दै मेरो पोखरा बोलको गीत समावेश थियो ।
गीतका भिडियोले समेत उनको चर्चा सो समयमा बढायो । तर उनले व्यवसाय क्षेत्रको यात्रा सुरु गरिसकेका थिए । उनले त्यतिबेला साँगीतिक क्षेत्रमा भन्दा व्यवसायिक क्षेत्रमानै आफ्नो भविष्य देखे । कारण त्यतिबेला नेपाली साँगीतिक फाँट ओरालो लागेको थियो । एल्बम विक्रि शुन्य तर लगानी बढ्दै गएको कारण आर्थिक रुपमा सुक्ष्म हुने नदेखेरेनै उनले साँगीतिक क्षेत्रको यात्रालाई रोकेर व्यवसायिक क्षेत्रतर्फको यात्रालाई अगाडि बढाए । यसमा उनले सफलता पनि पाए । उनी सफल हुनुमा उनको मेहनत र साथीभाईको सर्पोट मुख्य कारक थियो ।
सम्बन्धित खवर
-
अमेरिका-विवाहित महिलाको ...
-
टेक्सस-नेपाली समाज टेक्ससले ...