अमेरिकामा बन्यो हलिउड शैलीमा नेपाली म्युजिक भिडियो (भिडियाे सहित)
अमेरिका– अमेरिकामा नेपाली समुदायले बनाउने सिनेमा होस या म्युजिक भिडियो स्तरीय हुदैन भन्नेहरु पनि छन् ।
तर यो भनाईलाई गलत सावित गरिदिएको छ अमेरिकामा बनेको यो गीतको म्युजिक भिडियोले । म्युजिक भिडियोको निर्देशन, छायाङकन देखि सम्पादन र कलरिङले पनि यसलाई सत्य सावित गरिदिएको छ ।
अमेरिकामा नेपाली भाषी भुटनिज समुदायको लोकप्रिय गायक रन मगरले गाएको मायालु प्रियसी बोलको गीत शुक्रबार देखी ओएस आर डिजिटलको युटयुब च्यानलबाट रिलिज भएको छ ।
यसरी रिलिज भएको गीतको भिडियो सबै दृष्टिकोणले उत्कृष्ठ बनेको छ । अमेरिकामा बन्ने नेपाली भिडियोलाई हल्का रुपमा लिनेहरुलाई यसले जवाफ दिएको छ । रिलिज भएको छोटो समयमै गीत लोकप्रिय बन्दै गएको छ । सानफ्रान्सिसकाे लाेकप्रिय नेपाली ब्यान्ड द साइलेन्ट मन्कले भिडियाेमा फिचरिंग गरेकाे छ ।
गीत अमेरिकाको सनफ्रान्सिसको तथा पेन्सलभेनिया राज्यका रमणीय स्थानमा छायाङक्न गरिएको हो । गीतलाई अमेरिकामा लामो समय देखि बसेर अमेरिकन फिल्म तथा भिडियो निर्देशन र छायाङकन गदै आएका कर्मा ब्यान्डका चर्चित गायक सुरेन्द्रमान सिंह गरेका हुन । गीतलाई उनको सम्पादन र मिक्सिङले उत्कृष्ठ बनाएको छ ।
पप फेवरको गीतलाई गायक रन मगरले तन्नेरी दर्शकलाई तान्ने किसिमले गाएका छन् । अमेरिकामा बसेर उनले नेपाली गीतसंगीतलाई संरक्षण गदै गायन क्षेत्रमा निरन्तर क्रियाशिल रहेका छन् । गीतलाई लेखन तथा निर्देशन प्रजीत रानाले न्याय गरेका छन् । गीतमा चर्चित गायक जेम्स प्रधानले संगीत भरेका छन् । गीतको भिडियोमा भानु तिवारी, सुनिशा क्षेत्री, लक्ष्मी अधिकारी तथा नन्दु मिश्रले अभिनय गरेका छन् । नया अनुहार भए पनि सबै कलाकारले गीतमा खारिएकाे अभिनय गरेका छन् । गीतकाे निर्माण नन्दु मिश्रले गरेका हुन ।