न्युयोर्कको टाइम्स स्क्वायरमा किन राखियो ‘ट्रम्प डेथ क्लक’

अमेरिका– अमेरिकामा कोरोना महामारीबाट मुत्यु हुनेको जिम्मेवारी केहीले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मान्न थालेका छन् ।
सर्वसाधारण का अनुसार राष्ट्रपतिले समयमा उचित कदत चालेको भए यो अवस्था नआउने दाबी गरिएको छ । मुलुकभर लकडाउन गरेको भए अमेरिकामा यतिका मान्छेको मुत्यु नहुने बताइएको छ । मुलुकमा भइरहेको मुत्युलाई यतिबेला उनिहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार मानिरहेका छन् ।
अहिले संसारभरमा कोरोनाबाट मर्नेहरुको एक तिहाई संख्या एक्लो अमेरिकामा रहेको छ । यतिबेला अमेरिकाको न्युयोर्क स्ति टाइम्स स्क्वायरमा सिनेकर्मि युजिन जरेकी ले डिजाइन गरेको एउटा घडी लगाइएको छ ।
जुन घडीलाई नाम दिइएको छ– ‘ट्रम्प डेथ क्लक’ । यो घडीमा अमेरिकामा कोरोनाबाट मुत्यु हुनेको संख्या देख्न सकिन्छ ।
न्युयोर्कको टाइम्स स्क्वायरमा लगाइएको यो घडीमा अमेरिकामा कोरोनाबाट मुत्यु हुनेको संख्या देखिने गरेको छ । तस्विर मा देखिएको डाटा पुरानो भए पनि अपडेट हुने गरेको छ । यो घडीमा हरेक दिन मुत्यु हुनेको संंख्या थपिदै जान्छ । अहिले सम्म अमेरिकामा कोरोनाबाट मुत्यु हुनेको संख्या ८६ हजार भन्दा बढी पुगेको छ ।
यो घडी सिनेकर्मि युजीन जरेकीद्धारा निर्माण गरिएको हो । उनले यो घडी टाइम्स स्क्वयार भवनको छतमा स्थापित गरेका हुन । ५६ फिटको यो बोड गत शुक्राबार अनवावरण गरिएको थियो । न्युयोर्क निवासी सिनेकर्मिले दुई पटक सनडान्स फिल्म फेस्टिबलमा अर्वाड समेत पाइसकेका छन् । घडी लगाएपछि उनले त्यसमा एउटा पोष्ट पनि गरेका छन् । जसमा लेखिएको छ – ‘यदि राष्ट्रपिित ट्रम्पले यो कोरोनाभाइरसलाई गंभीरतापुर्वक सोचेर लकडाउन र अन्य अन्य तरिकाले यसलाई रोक लगाउने काम गरेको भए यतिकाको मुत्यु हुने थिएन ।’
अहिले राष्ट्रपति डोनाल्ड ट्रम्प बजार खुलाउने र लडकडाउन सहज बनाउने तर्फ लागीरहेका छन् ।