अमेरिका– अमेरिकामा कोरोनाभाइरस संक्रमणकामे डरबाट यहा प्रत्येक दिन लाखौ पशुपक्षी मारिने क्रम बढेको छ ।
अमेरिकाको पशुपक्षी फार्ममा मासुका लागी नभएर यिनिहरुको संख्या कम गर्न हरेक दिन मारिन थालेका हुन । कोरोना संक्रमणका कारण अमेरिकामा पशुपक्षीको वधशाला बन्द छ । समाचार स्रोतका अनुसार सटडाउनका कारण मासुको कोरोबारमा ठप्प भएको छ । एकातिर मासुको कमी र अर्कोतर्फ मुल्यमा गिरावट आएको छ । यसैका कारण किसानहरुलाई आफनो पशुपक्षीको संख्या कम गर्न तिनिहरुलाई मार्नु परेको छ ।यसरी मारिनेमा कुखुरा बढी रहेका छन ।
द गार्जियनको एक रिपोर्ट अनुसार अमेरिकामा २० भन्दा बढी पशु वधशाला बन्द गरिएका छन् । अहिले तिनिहरु मध्ये केहीलाई फेरीबाट संचालन गरिएको छ। । गत मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कानुनी आदेश पारित गदै वधंशाला खोल्ने आदेश दिएका थिए । ट्रम्पका अनुसार यसले मासुको कारोबार गर्ने कम्पनीलाई फाइदा हुनेछ र कारोबार चलीरहनेछ । एक तथ्याङ्क अनुसार अमेरिकामा २० लाख पशुपक्षी फार्ममा मारिएको छ । यो तथ्याङ्कन अरु बढनेछ र पशुपंक्षीको ंसंख्या कम गर्न उनिहरुलाई मार्ने क्रम बढेको छ ।
अमेरिकामा दुई तरिकाले पशुपक्षी मारिएको खबर छ । एउटा गला फममा हालेर घाटी थिचेर र अर्को हावा आउने व्यवस्था बन्द गरेर मारिएको छ ।
एक रिपोर्टका अनुसार कोरोना संंक्रमण सबै भन्दा बढी खतरा कुखुरामा रहेको बताईन्छ । त्यसपछि सुंगुरको बच्चा रहेको छ । अहिले सबै भन्दा धेरै मारिएको पशुपंक्षीमा कुखुरा रहेको छ । अहिले सम्म मारिएको कुखुरा यसको संख्या नियँत्रणका लागी हो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected