अमेरिका– कोरोनाभाइरस संक्रमणबाट यतिबेला सबैभन्दा धेरै मुत्यु अमेरिकामा भएको छ ।
कोरोनाबाट धेरै उमेर पाकेकाले ज्यान गुमाएको समाचार आइरहेको छ । तर अमेरिकाको न्युयोर्क पछि कोरोनाबाट अति प्रभावित न्युजर्सि राज्यमा एक १०८ वर्षिया वृद्धा महिला सिल्भिया गोल्डशोलले भने कोरोनाभाइरसलाई जितेकी छिन् ।
झण्डै एक महिनाको उपचार पछि उनले कोरोनालाई जितेर नया जीवन पाएकी छिन् । समाचार एजेन्सीहरुले उनलाई विश्वकै सबैभन्दा बढी उमेरकी कोरोनालाई जितेकी महिलाको रुपमा दाबा समेत गरेका छन् ।
१०८ वर्षिया सिल्भियाले १९१८ देखि अहिलेको कोरोनाभाइरस महामारीको साची बन्न पुगेकी छिन् । उनलाई फलु देखि अहिलेको कोरोनाको बताउछिन् । अमेरकाको न्युजर्सिको एक नर्सिङमा रहने सिल्भियाले अहिले कोरोलाई हराउदै आफुले जीत हासिल गरेकी छिन् ।
१९१८ मा जब स्पेनिश फ्लु आएको थियो, त्यो बेला सिल्भिया सात वर्षकी मात्र थिइन । जुन फ्लुबाट विश्वमा ५ करोड को ज्यान गएको थियो । जुन बेला पनि उनी सही सलामत रहीन ।
उनले स्थानिय एक मिडियामा भनिन– ‘म त्यो फलुबाट बाहिर निस्के किनकी म दुढ थिए ।’ चार भाइबहिनीमा सबै भन्दा जेठी सिल्भिया २० वर्ष अघि न्युजर्सि आएर बस्न थालेकी हुन । न्युजर्सिका गर्भनर फिल मर्फिले समेत ट्वीट गदै लेखेका छन्– सिल्भियालाई सलाम छ । बढ्लो संक्रमणका बीच पनि सहासले कोरोनालाई जितिन ।’
सम्बन्धित खवर
-
अमेरिका-अमेरिकाको ...
-
अमेरिका-ॲाखामा ॲासु हातमा ...