न्यूजर्सीमा आज बाट लकडाउन खुकुलो, शुक्रबार देखी सामुन्द्रिक तटहरू पनि खोलीने
कुमारजंग कार्की
न्युजर्सि-न्युजर्सि राज्यमा गत २ महिना देखि जारी लकडाउन आज बाट खुकुलो पारिएको छ । कोरोनाको माहामारी संगै गत मार्च २१ देखि न्यूजर्सीमा लकडाउन लागू गरिएको थियो । कोरोना प्रभाबित राज्य हरु मध्य अमेरिकामा न्यूजर्सी दोस्रो राज्यमा पर्दछ । कोरोना कै कारण यस राज्यमा १० हजार भन्दा बढिको ज्यान गै सकेको छ भने करिब १ लाख ४६ हज़ार भन्दा बढि संक्रमित रहेका छन । लकडाउन खुकुलो पारिए संगै आज देखि सम्पूर्ण अत्याबश्यक बाहेकका पसलहरु पनि खुल्ने छन भने निर्माण कार्य हरू पनि पुन सुचारु हुनेछन । तर पसलहरु खुले पनि ग्राहकहरु लाइ पसल भित्र प्रवेश गराउन भने पाइने छैन कर्ब साइड पिकअप गर्नु पर्नेछ ।
यसै बीच यही मे २२, शुक्रबार देखि न्यूजर्सी राज्य अन्तरगतका सम्पूर्ण सामुन्द्रिक तटहरू पनि सर्बसाधारणका लागि खुला गरिने भएको छ । मेमोरियल डे को सप्ताअन्त पारेर तटहरू खोल्न लागिएको हो । गत बिहिबारको नियमित प्रेस ब्रीफ़िंग मा गभर्नर फ़िल मर्फीले सो जानकारी गराएका हुन । “सामुन्द्रिक तटहरू न्यूजर्सी राज्यकै मुख्य केन्द्र हुन , हामी चहान्छौ मानिस हरू यो समरमा पनि सुरक्षित तरिकाले मनोरंजन लीन सकुन” मर्फीले बताए ।
तटहरू खोलिए पनि सामाजिक दुरी कड़ाईका साथ लागु गर्नु पर्ने , पिकनिक, क्याम्प जस्ता बिशेषगरि समुहगत कार्यक्रमहरू गर्न नपाईने उनले प्रस्ट पारे । साथै तट हरूमा निश्चित संख्या मा प्रबेश दिइने र कतीजना सम्मलाई प्रबेश दिने भन्ने निर्णय गर्ने अधिकार सम्बंधित सिटी तथा टाउनहरू लाई नै दिईएको उनले जनाए । यस अघि मे २ देखि नै बन्द रहेका पार्क तथा गल्फ़ कोर्स हरू सर्बसाधारणका लागि खुला गरि सकिएका छन् ।