प्रिया राना 

ब्राजिल-दक्षिण अमेरिकाको सबै भन्दा ठुलो देश ब्राजिलमा अहिले कोरोना भाइरस निकै द्रुत गतिमा फैलिएको छ । मार्च महिना बाट सुरु भएको यो भाइरबाट याे  समाचार तयार पार्दा सम्म १६८५६ ले ज्यान गुमाइसकेको छ भने सङ्क्रमित को संख्या २लाख ५६ हजार पुगेको छ। सुरुका दिनहरुमा खासै संक्रमीत को संख्या नदेखिए पनि केही समयपछि संक्रमितको संख्या हवात्तै बढेकाे छ । अहिले ब्राजिलले अति संक्रमित देश बेलायत , इटालि र स्पेनलाई पछि पार्दै बिश्वको तेस्रो ठुलो कोरोना भाइरसको संक्रमण देश बन्न पुगेको छ । 

अमेरिका, रसीया पछि ब्राजिल तेस्रो स्थानमा छ । यो हिसाबले हेर्ने हो भने ब्राजिल अबको केही समय मै पहिलो नम्बरमा नाउला भन्न सकिदैन । सुरुमै  ब्राजिलमा कोरोना भाइरस देखिना साथ यहाँ लकडाउन गरिएको थियो । तर मानिसहरू लक दाउनको उल्लंघन गरि मन परि हिसाबले हिडडुल गर्दा, सावधानी नअपनाउदा एकदम द्रुत रूपमा यो भाइरस फ़ैलिन पुग्यो । समान्य बिरामी हुँदा हस्पिटल नजाने अनि रोगले च्यापे पछि बल्ल हस्पिटल जाने हुदा पनि यो भाइरस छिटो फ़ैलिन पुगेको हो । जसको कारण ब्राजिलले अहिले यति धेरै क्षति बेहोर्नु परेको छ ।

ब्राजिलका स्वास्थ विशेषज्ञका अनुसार परीक्षण अभावको कारण देशमा पुष्ठि भएको संक्रमणको संख्या आधिकारिक रेकर्ड भन्दा बढी रहेको जनाएका छन् । ब्राजिलले खाली अस्पतालमा भर्ना भएकोहरुको मात्र परीक्षण गरिरहेको छ । अहिले संक्रमीतको संख्या दिन प्रति दिन बढ्दै गएकोले परीक्षण प्रक्रियाको क्षमता माग भन्दा कम भएको पनि जनाएका छन् । ब्राजिल को सबै भन्दा ठुलो शहर साओ पाउलो सबभन्दा बढी प्रभावित भएको ठाउ हो । यहाँ बिरामी को संख्यालाई थेग्न गाह्रो भैरहेको स्वास्थ बिभागले जनाएका छन् ।

नेपाली थोरै भएको यो देश अहिले सम्म सबै नेपालीहरु सुरक्षीत छन् । दुई महिना देखी लकडाउनको पालना गर्दै सबै नेपालीहरु घरमै क्वारेन्टाइन बस्दै आएका छन् । तर लक दाउनले ब्यापार ब्यावसाय बन्द हुदा उनीहरुलाई मर्का परिरहेको छ । विशेष गरि ब्यापार ब्यावसय गरि बस्नेहरुलाइ यो लक दाउनले गर्दा एकदमै पिडा दिएको छ । काम बन्द भएसि भाडा तिर्न, खान गाह्रो भैरहेको र लक दाउनले गर्दा कहि कतै जान नपाउनु अनि कोठामा बस्दा बस्दा दिप्रेसन को सिकार हुन लागेको भन्दै केही नेपालीहरुले आफ्नो पिडा पोखेका छन् । कहिले यो भाइरसको समाधान होला र आफ्नो काम फेरि सुचारु गर्ने भनेर दिन गन्दै बसेका उनीहरुले बताए । तर यस्तो समस्या सबै ठाउमा सबैलाइ परेको छ अहिले। यो हामी सबैको बाध्यता हो । चाहेर नि केही गर्न सक्दैनौं ।अहिले को अवस्थामा हाम्रो लागि पैसा भन्दा आफ्नो ज्यान ठुलो भएको छ । 

कोरोना को प्रभावले अहिले ब्राजिल सरकारमा उथलपुथल ल्याएको छ । एक महिना अघि मात्र स्वास्थ मन्त्री बनेका नेन्सल तिच विवाद को कारण राजिनामा दिएका छन् । यस अघिको स्वास्थ मन्त्री लुइज हेनरिक मन्देतालाई पनि कोरोना सम्बन्धि विवाद हुदा उनलाई राष्ट्रपति जयर बोल्सोनारोले बर्खास्त गरेर नया स्वास्थ मन्त्री मा नेल्सन तेचलाई नियुत्त गरेका थिए ।

ब्राजिलमा कोरोनाको महामारी एकदमै फैलिरहेको तर नयाँ स्वास्थ मन्त्रीले केही उल्लेखनीय गर्न सकेको थिएन । चारै तिर बाट बिरोध आएसि उनले राजिनामा दिएका हुन् । ब्राजिलको रास्ट्रपति जयर बोल्सोनारो सुरुवाती दिन देखि नै विवादमा आएका छन् । उनको ब्राजिल मा चारैतिर बाट सबैले बिरोध गरिरहेका छन् ।टब्राजिलमा कोरोना भाइरसको प्रकोपलाई रोक्न नसक्नु सरकारको कमजोरी हो । सुरुवाती दिन देखि नै खुकुलो लक दाउनको बेवास्ता गरि मन परि हिंडडुल गर्दा, साबधानी नअपनाउदा अहिले यो अवस्था आएको छ। अझ सरकारले अर्थतन्त्रमा गिरावट नआओस भनेर ब्यापार ब्यावसाय सुचारु गर्ने आदेस पनि दिएका थिए । ब्युटी पार्लर , जिम हल जस्ता चिजहरु खोल्न लगाएका थिए । तर यहाँका जनताहरुले यसको बिरोध गरि बोल्सोनारो को निरन्तर राजिनामा पनि माग गरिरहेका छन् । अहिले ब्राजिलको अर्थतन्त्रमा एकदम गिरावट आएको छ ।

दुई महिना देखि भएको लक दाउनले ब्राजिल को जीवन अस्तब्यस्त बनेको छ। महँगिले डाडाे काटेको छ । दिन प्रतिदिन अवस्था भयवाह हुँदै गएको छ । सुरुका दिनमा खासै सबाधानी नअपनाउदा यो अवस्था आएको हो । अहिले बल्ल सबैमा थोरै चेत आएको छ। मानिसहरू घर बाट बाहिर निक्लन पनि डराइरहेका छन् । अहिले हरेक ठाँउमा कोरोना भाइरस संक्रमीत विरुद्ध सावधानी अपनाएका छन् । कतै काम विशेषले जानेहरु पनि एकदम साबधानी अपनाएर हिँड्न थालेका छन् । सडकहरु सुनसान देखिन्छ । सवारी यातायातमा पनि एकदम कमि आएको छ । अहिले मानिसहरु एकदम त्रसित देखिन्छन् । सबैलाई आफ्नो ज्यान कसरी सुरक्षीत राख्ने भन्ने ध्यानमा छन् ।

यस्तै गत महिना देखि ब्राजिल सरकारले बेरोजगार भएर बस्नेहरूलाई केही रकम स्वरुप राहत बाडेको छ भने केही संघ सस्थाहरुले पनि राहत प्याकेज स्वरूप केही घरायसी उपभोगका समानहरु पनि बाढीरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected